ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भरतपुर महानगरमा कोरोनाको असर : घट्यो राजस्व, बढ्यो खर्च

–किशोर खनाल

by चितवन पोष्ट
२०७७ पुष २९, बुधबार ०९:३१ गते
in प्रमुख समाचार
0
नारायणगढका १२ होटलको स्तरीकरण
10
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । भरतपुर महानगरमा कोरोना भाइरसको सङ्क्रमणको कति असर परेछ भन्ने सातौँ नगरसभामा छर्लङ्ग भएको छ ।
कोरोना भाइरसका कारण ६ महिनाभन्दा लामो समय ठप्प रहँदा महानगरको राजस्व संकलनमा भारी गिरावट आयो । कोरोना नियन्त्रण र रोकथाममा महानगरको खर्च बढ्यो । थालिएका आयोजनाहरु अड्केर बसे ।
सातौँ नगरसभाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगर प्रमुख रेनु दाहालले कोरोना भाइरसका कारण राजस्वमा गिरावट आएको बताइन् । उनका अनुसार २०७७ साल पौष २३ गतेसम्म महानगरको आन्तरिक राजस्व २२ करोड २७ लाख ९९ हजार १४ रूपैयाँ संकलन भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४१ प्रतिशत अर्थात् ९८ लाख ३३ हजार ४३६ सय ४६ ले कमी हुन आउँछ ।
‘विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको प्रभावलगायतका कारण महानगरको आन्तरिक आयमा कमी भएको हो’, प्रमुख दाहालले भनिन्, ‘अब अवस्था सहज हुँदै गएको छ, करको दायरा फराकिलो पार्दै करदातामैत्री प्रणाली विकासमार्फत करको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वास छ ।’
कोरोना रोकथाम तथा नियन्त्रणमा महानगरको खर्च बढेको छ । महानगर प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले कोरोना रोकथाम तथा नियन्त्रणमा हालसम्म चार करोड खर्च भएको बताए । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत जोशीले भने, ‘क्वारेन्टाइन, आइसोलेसन, स्वास्थ्य सामग्री खरिदलगायतमा महानगरको खर्च भएको हो ।’
कोरोनाका कारण महानगरले थालेका आयोजनाहरु तीव्र गतिमा अघि बढ्न सकेनन् । दर्जनौँ आयोजनाहरु सुस्त गतिमा बढे भने कति आयोजनाहरु सेलाएरै बसे । पत्रकार सम्मेलनमा प्रमुख दाहालले कोरोनाका कारण कतिपय आयोजना अघि बढ्न नसकेको स्वीकार गरिन् । उनले भनिन्, ‘कोरोना भाइरसका कारण कतिपय आयोजनाहरुमा बाधा÷व्यवधान आएकै हुन्, ती आयोजनाहरु अब तीव्ररुपमा अघि बढेका छन् ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, नारायणी नदीकिनारलाई सी बिच मोडेलमा विकास गर्ने, हुलाकी सडक निर्माण, कालोपत्रे सडक विस्तार, स्मार्ट सडक बत्ती जडान, महानगरीय रिङरोड निर्माणलगायतका आयोजनाहरुलाई तीव्ररुपमा अगाडि बढाउन कोरोना भाइरसका कारण कहीँ न कहीँ असर परे पनि ती आयोजनाहरु अहिले धमाधम अघि बढेको महानगरको भनाइ छ ।
महानगरले ल्यायो पूरक बजेट
गत असारमा भरतपुर महानगरले छैटौँ नगरसभा गरी एक वर्षको बजेट ल्याएको थियो । त्यसको ६ महिनामै भरतपुर महानगरले सातौँ नगरसभा गरी पूरक बजेट ल्याएको छ । महानगर उपप्रमुख पार्वती शाहले विनियोजन ऐन–२०७७ ले चालू आवका लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकोले पूरक बजेट ल्याउन परेको बताइन् ।
दुई आयोजनाले गति पायो
भरतपुर महानगरले गौरवको आयोजनाभित्र राखेको सिटी हल र पुल्चोक–गोन्द्राङ ६ लेन सडकले गति पाएको छ । सिटी हल निर्माणका लागि ८८ करोड सघन सहरी तथा भवन आयोजनाबाट ठेक्का सम्झौता भई निर्माण कार्य सुरू भइसकेको छ भने पुल्चोक–गोन्द्राङ सडकको एक अर्ब १२ करोडको ठेक्का सम्झौता भएर निर्माण सुरू भएको छ ।

Related Posts

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप

इच्छाकामना र गढीलाई एउटै बाटोले जोड्दै गाउँपालिका

इच्छाकामना र गढीलाई एउटै बाटोले जोड्दै गाउँपालिका

भरतपुर महानगरको बजेट खर्चको स्थिति : मंसिर मसान्तसम्मको बजेट खर्च न्यून

हेलो सरकारमा महानगरका आठ उजुरी

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In