ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मनाङमा आगलागी, डेढ महिनासम्म निभेन आगो

by गोविन्द अर्याल
२०७७ पुष २८, मंगलवार १४:२४ गते
in समाज
0
शिवम् सिमेन्ट उद्योगमा आगलागी
5
SHARES
Share on FacebookShare on Twitter

मनाङ, २८ पुस (रासस) । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ ।

आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन । तर जडीबुटी र वन्यजन्तुमा कति असर प¥यो भन्ने लेखाजोखा छैन । आगलागी भएको क्षेत्र लमजुङको सदरमुकाम बेँसीशहरबाट ५५ किलोमिटर र सदरमुकाम चामेबाट डेढ घण्टाको दूरीमा पर्दछ । प्रशासनले आगो नियन्त्रणमा तदारुकता नदेखाउँदा हजारौँ हेक्टर जङ्गल डढेलोले सखाप बनाएको छ । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को संरक्षणमा रहेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको बताए । “हाम्रो प्रयत्न छ । हामी नियन्त्रणको प्रयास गरिरहेका छौँ । मानवले गर्न सक्नेसम्म जति हामी गर्छौं । मानव बस्तीसम्म आउन नदिने हाम्रो प्रयास हुनेछ”, उनले भने, “अन्तिम अवस्थामा हेलिकोप्टरसम्मको प्रयोग पनि हुनसक्छ ।”

अर्का स्थानीय तथा यस क्षेत्रका सिएमसीका अध्यक्ष याद घलेले हिमाली क्षेत्रको जङ्गलमा लामो समयदेखि लागेको आगोबाट महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप भएको बताए । “प्रशासन र जनप्रतिनिधिले पनि सहयोग गरेनन्, छिमेकी पनि मुकदर्शक बने”, उनले भने । आगलागी भएको क्षेत्र जङ्गलमा थार, घोरल, कस्तुरी, मृग, हिउँचितुवा जस्ता वन्यजन्तु र पाँचऔँले, निरमसी, कुट्की, पदमचाल, यार्सागुम्बालगायत जडीबुटी पाउने गरिन्छ ।

आगलागी फैलँदै जाँदा नजीकैको ताचै गाउँ जोखिममा परेको छ । ताचैमा ६० घरपरिवारको बसोबास रहँदै आएको छ । डेढ महिनामा मात्र प्रशासनको उपस्थिति देखिएको छ । स्थानीयवासीले हारगुहार गर्दासमेत प्रशासनले नसुनेको बताउँछन् । सोमबार मात्र प्रजिअ, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र एक्यापका प्रतिनिधि आगलागी भएको क्षेत्रमा पुगेको छ । आगलागीले मानव बस्ती जोखिममा पर्ने अवस्था आएपछि मात्र प्रशासनले आफ्नो उपस्थिति देखाएको हो ।

स्रोतसाधन अभाव
स्रोतसाधन अभाव र भौगोलिक विकटताले आगो नियन्त्रणमा चुनौती थपिएको छ । स्थानीयवासी र सुुरक्षा निकायले स्याउलाको प्रयोग गरेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । यसबाहेक सुरक्षा निकायसँग रहेको सामान्य साधनबाहेक अरू केही छैनन् । जसले आगो नियन्त्रणमा चुनौती थपेको छ ।

किन हुन्छ आगलागी
आगलागीका कारण महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप हुने अवस्था आउँदा जैविक विविधतालाई समेत असर पर्ने देखिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का जिल्ला प्रमुख लेखनाथ गौतमले आगलागीबाट जैविक विविधतामा गम्भीर असर पु¥याउने बताए । “हिमाली क्षेत्रमा लामो समयसम्म लागेको आगोले वनस्पति र वन्यजन्तु लोप हुन्छन् । यसले जैविक विविधतालाई असर पार्छ उनको भनाइ छ । हिमाली जङ्गलमा आगलागी हुनुमा जङ्गली जनावरको चोरीशिकारी, गुच्चीच्याउर नयाँ घाँसका लागि आगलागी हुने गर्छ ।

Related Posts

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In