ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नेकपा विभाजनका कारक पक्षहरु

–गंगाधर खराल

by चितवन पोष्ट
२०७७ पुष २८, मंगलवार ११:०३ गते
in विचार
0
नेकपा विभाजनका कारक पक्षहरु
5
SHARES
Share on FacebookShare on Twitter

बयलगाडा राजनीतिक इतिहासको सच्चाइको प्रतिबिम्ब हो भने अर्को पक्ष अराजनीतिक प्रतिबिम्बको नमुना हो । दरबारलाई दाम चढाउने भन्ने आरोप पनि आफैँमा पुष्टि भएको घटना हो । धरहरा, रानीपोखरी इन्जिनियरले बनाएका हुन् भन्नु उचित होइन । कुरा नै गर्ने हो भने जनताको पैसाले बनेको हो, तर मुख्य कुरा कुन कसको नेतृत्वमा बन्यो भन्ने कुराको लेखाजोखा हुन्छ राजनीतिमा । मूलतः नेतृत्वको सवाल नै मुख्य हो । जसले जे बोले पनि मान्नेवाला जनता छैनन् । एक्काइसौँ शताब्दीका जनता धेरै अगाडि छन् र छाडा छोडिदिए अराजक पनि हुन्छन् । धेरै वाक्य पूरा गर्दा लेख लामो र झन्झटिलो हुने भएकोले बेतुके प्रश्नहरुको उत्तर खोज्ने प्रयत्न गर्दछु । अहिलेको राजनीतिक परिघटना र अस्थिरताको आमन्त्रण हुनुमा दुवै पक्ष र प्रतिपक्ष पनि उत्तिकै दोषी छन् ।
प्रचण्ड पक्ष
पार्टी पद्धति बारम्बार रगड्ने, पार्टीमा जनजीविकाका कुरा कहिल्यै नगर्ने, भ्रष्टाचारीलाई कारबाहीका कुरा नउठाउने, शान्ति प्रक्रियाका बाँकी मुद्दा कहिले टुङ्ग्याउने भनी प्रश्न उजागर नगर्ने, यहाँ विकासको गति कमजोर भयो कमरेड नभन्ने, कोभिडको समयमा जनपरिचालन गरी आफ्नै तरिकाले सरकारलाई सहयोग नगर्ने, सरकारले प्रहरी खटाएर बाहिरी सडक बन्द गराउने र भित्रभित्र कुनै पनि पक्ष पुग्न नसक्नु, सधैँ वामदेवको सांसद् पदलाई बढी मह¤व दिनु, माधव नेपालले इगो साधेर भागबन्डा खोजिरहनु, एक व्यक्ति एक पद भनिरहनु तर आफ्नो पक्षमा त्याग गरेर नदेखाउनु, एमसिसीलाई सकारात्मकभन्दा नकारात्मक व्याख्या बढी गर्नु र प्रचण्ड यसमा अलिक बढी मौन बस्नु, भ्रष्टाचारको विरोध गर्दा कानुनी उपचारभन्दा पनि हल्ला र सामाजिक सञ्जालको सहारा लिनु, अन्तिमतिर बहुमतको नाममा सचिवालय, स्थायी समिति हुँदै केन्द्रीय समितिसम्म कारबाहीको तयारी हल्ला चल्दा विचलित हुनबाट नरोक्नु, प्रचण्डले अरबौँ रकम लुकाएको प्रचार आइरहँदा छानबिनको चुनौती दिन नसक्नु, बुहारीको कार्यसम्पादन राम्रो नदेखिँदा पनि काखी च्यापी आफन्तवादबाट मुक्त नहुनु, ललिता निवासको सवालमा माधव नेपालको प्रस्टता कमजोर हुनु, भारतको उक्साहटलाई मौन समर्थन गर्नुजस्ता कारणले ओली बिच्किएका हुन् । जनताको पक्षबाट प्रचण्ड समूहलाई बढी उद्वेलित बनाउनुमा वा आलोचना गर्नुमा जनयुद्धको महान् लक्ष्यतिरभन्दा सानातिना विषयमै अल्झिनु र मूल क्रान्तिको स्प्रिट छोडिनु वा समयमा नै समातेर युद्धपीडितको व्यवस्थापन नगरिनु, आफू सरकारमा हुँदा पनि अलिक स्पष्ट देखिने गरी युद्धपीडितका पक्षमा प्याकेज वा समूहगत काम हुन नसक्नुकै कारण नै जनता रूष्ट हुनु स्वाभाविक हो । प्रचण्ड समूहमा जनयुद्धको एकल ठेक्का प्रचण्डले मात्र लिनु, बाबुराम, विप्लव र बैद्यहरुले छोड्नु अनि सँगै भएकाले आफैँ जिम्मा लिने वा जिम्मेवार नबनाइनु तथा आफैँ सङ्गठन व्यवस्थापन गर्न सक्षम नहुनु नै हो । प्रचण्डमा नेतृत्व क्षमता भए पनि व्यवस्थापन र पारदर्शिताको क्षमता नहुनुले यति धेरै विवाद आएका हुन् ।
ओली समूह
सुरूबाट नै प्रचण्डसँग सहमति गर्ने र धोखा दिने स्वभावका ओली हुन् । उनी एकता प्रक्रियामा पनि पूरै धोखा दिएर माओवादी र माधव समूहरहित नेकपा बनाउनमा उद्यत थिए । समान हैसियतमा आफूलाई पु¥याउन प्रचण्डले निकै कोसिस गरे । सह–अध्यक्षको प्रस्ताव गरिएको थियो, महिनौँ यी पदकै सवालमा वार्तालाप गरे । ओली आफूलाई पहिलो अध्यक्ष व्यवहारमा त बनाए, तर सहमतिमा सो कुरा थिएन । उनले सहमतिलाई स्लो पोइजनका रुपमा मार्न चाहिरहे । सहकर्मी नभई अस्वच्छ प्रतिस्पर्धीका रुपमा प्रचण्डलाई लिए । उनले शक्तिको उन्मादले अध्यक्षको कुर्सी फ्लोरमा पु¥याएर अपमान गर्ने काम पनि गरे । वरिष्ठ व्यक्तित्व, पहिल्यै पार्टी कमान्ड गरेका, त्यत्रो जनयुद्ध हाँकेर आएका प्रचण्ड र विविध आन्दोलनका माधव र झलनाथलाई कौडीको मूल्यमान्यता पनि नदिइनु पार्टी विभाजनको कारक रह्यो । गम्भीर विषयलाई पनि हल्कारुपमा लिनु, सबै पक्षको ज्ञाता बनी प्रस्तुत हुनु, राष्ट्रपतिलाई विभिन्न अकुत सुविधा दिनु, विभिन्न विधेयक ल्याउँदै विरोध भएपछि फिर्ता गर्दै गर्नु, कुलमानलाई पुनः नियुक्ति नदिनु, मन्त्रीहरुलाई स्वतन्त्र काम गर्न नदिनुु, सबै साना–ठूला काममा आफैँ हात हाली राम्रोसँग सम्पादन गर्न नसक्नु, रोगले अफिस नजाँदा पनि दुवै शक्तिशाली पद ओगट्नु, एमसिसीलाई जीवन–मरणको सवाल बनाउनु र जसरी पनि पास गर्नुपर्छ भनी राष्ट्रिय मतको विपरीत जानु, अरु पक्षकालाई विकास निर्माण र बजेट विनियोजनमा समेत भेदभाव गर्नु, अधिकार प्र्रत्यायोजनलाई वास्ता नगर्नु, काममा अरुलाई लगाउन नसक्नु, राम्रो कार्यसम्पादन गरेका गोकर्ण बिष्टजस्ता फ्याँकिनु, अति कमजोर कार्यसम्पादन भएकालाई निरन्तरता दिनु, आफूलाई सर्वेसर्वा ठान्नु, सांसद् अपहरण, बेमौसममा दल विभाजनको विधेयक अध्यादेशका रुपमा प्रस्तुत गर्नु, विभिन्न काण्डहरु कोरोना लकडाउनका बेलामा मच्चाउनु, प्रधानमन्त्री सधैँ षड्यन्त्रमा छन्, उनका सामु निर्दोष वा सामान्य दोषी व्यक्ति पनि ठूलै अपराधी बन्न सक्छ भनी महराबाट सन्देश दिनु, पश्चिमतिरका काण्डहरु, निर्मला पन्त काण्डमा सरकारको नैतिक दायित्व नदेखाउनु, कुतर्कमा रमाउनु, संसद्मा सांसद्लाई राखेर डाक्टरी प्रशिक्षण दिनु र गगन थापाले आधारभूत प्रश्न सोध्दा मैले भनेँ भनेर अधिनायकवादरुपी प्रवृत्ति देखाउनु, अरुको भाषणमा खिसीटिउरी गर्नु, आफ्नै सहकर्मीलाई बारम्बार टर्चर दिनु, कोरोना व्यवस्थापनमा नलागेर भाषणमार्फत आफैँ विज्ञ बनेर निर्देशन दिनु, सर्वदलीय संरचना बनाउनुहोस् र संयोजक आफैँ बन्नुहोस् भनेर सुझाव दिँदा सरकार छ, किन चाहियो सर्वदलीय संरचना ? भनी प्रचण्डलाई ओठे जवाफ दिनु, प्रचण्ड–माधवलाई आफ्नो निवासमा सयौँपटक आउन बाध्य पार्नु, आफूले कुनै नेतृत्वको पहल नगर्नु, दलभित्रकासँग हिमचिम कम र बाहिरकासँग बढी हुनु, पचासौँ नियुक्तिहरु रोकेर राख्नु, अन्ततिर पार्टी बैठक नबोलाउनु र बोलाइहाले गएर छिटै आउनु, भ्रष्टाचारको आरोप आए आफैँ तम्सेर खण्डनमण्डन गर्नु, झन्डै दुईतिहाइनजिक रहेको सरकारलाई प्रतिपक्षले लालटिन पनि नबालेको अवस्था, भित्रबाट भागबन्डासहितको सहभागिता खोजेको अवस्था, अझ भनौँ सरकारमा कम्युनिस्ट, विपक्षको काम पनि कम्युनिस्टले र जंगलमा पनि कम्युनिस्ट भएको अवस्थालाई सहजरुपमा लिन नसक्नु, कार्यविभाजन उचित तरिकाले गर्न नसक्नु, मेलम्चीको सन्दर्भमा उचित पहल नगर्नु उनका र उनी पक्षका कमजोरीहरु हुन् । सल्लाहकारमार्फत निरन्तर प्रचण्ड, माधव र वामदेवहरुको बदख्वाइँ गर्नु उनको अर्को गल्ती हो ।
ओली आफैँमा एक उदयीमान नेता पनि हुन् र नेतृत्व क्षमता पनि छ, नेपालीजनले हाँसेकै भरमा पनि उनलाई मत दिन्छन् । तर, उनी भ्रमित पार्न र फट्याइँ गर्न पनि सिपालु छन् भन्ने कुरा एकैदिन फरक–फरक समयमा तीन नेतालाई बोलाएर आफ्नो उत्तराधिकारी तोक्नुले पनि जनाउँछ । उनी पदलोलुप हुन्, किनभने उनी एउटा पद छोड्नुपर्दा अर्को उनकै पक्षकालाई दिएर मिल्नुपर्नेमा पार्र्टीको झगडाको रिस संसद् र जनतासँग फेर्दैछन् । उनी दूरदर्शी र अडिग छन्, तर केका लागि भन्ने कुरा देशको समय त्यसै खेर गइरहेको अवस्थाले जनाउँछ ।
नेपाली कांग्रेस
सत्ताको भोगीका रुपमा सत्तालिप्साको आरोप खेपिरहेको कांग्रेसले यसपटक संविधानले बाटो खोल्दासमेत सरकारको अनेक काण्डका विरूद्ध आफ्नै पार्टीले प्रतिवेदनसहित विरोध गर्दा पनि सडक तताउन सकेन र संसद्का लागि पहल गर्न सकेन । जनताले उसको भद्रतालाई राम्रै मानेका पनि हुन सक्नाले कांग्रेससँग भएको मत विचलित पनि हुन्न । यो उसको अर्को विशेषताको रुपमा रहेको कुरा सही हो । कोभिड व्यवस्थापनमा भने यो पार्टीको जनतामा उपस्थिति र जिम्मेवारी कमजोर देखिएको कुरा पनि सत्य हो ।

g.kharalchitwan@gmail.com

Related Posts

योगमा सूर्य नमस्कार आसनको महत्त्व

योगमा सूर्य नमस्कार आसनको महत्त्व

सामाजिक अभियानमा बखानसिंह गुरूङले पुर्‍याएको योगदान

सामाजिक अभियानमा बखानसिंह गुरूङले पुर्‍याएको योगदान

व्यक्तिवादी इगोमा टुक्रिएको जन मन

व्यक्तिवादी इगोमा टुक्रिएको जन मन

Discussion about this post

अन‌ि यो पनि

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
प्रमुख समाचार

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

हेटौँडा । सत्तारुढ नेकपामा देखिएको विवाद केन्द्र हुँदै प्रदेश तहदेखि स्थानीय तहसम्म देखिएको छ । नेकपाको विवादको सुरुवाती चरणदेखि नै...

Read more
बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In