भरतपुर । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्तीको अवसरमा स्वतन्त्र नागरिक समाजले चितवनको भरतपुरमा राष्ट्रिय एकता दिवस मनाएको छ ।
सोमबार साँझ दीप प्रज्वलनसहित आयोजना गरिएको कार्यक्रममा वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख केशवभक्त सापकोटाले देश निर्माण र राष्ट्र बलियो बनाउनुका साथै स्थानीय उत्पादनलाई बढवा दिन पृथ्वीनारायण शाहको भूमिका मह¤वपूर्ण रहेकोले उनको योगदानलाई कसैले पनि भुल्न नहुने बताए ।
क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेम कँडेलले पृथ्वीनारायण शाहले गरेको एकीकरणकै कारण देशमा एकता बलियो भएको बताए । तर, पछिल्लो राजनैतिक घटनाक्रमले पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन भएको उनले बताए ।
कार्यक्रममा सभापतित्व ग्रहण गरेका वयोवृद्ध विष्णु खरेलले राष्ट्रिय एकता कायम गर्न वर्तमान राष्ट्रपतिको भूमिका नदेखिएको भन्दै दुखेसो पोखे । स्वतस्फूर्तरुपमा कार्यक्रममा सहभागी भएका थिए ।
Discussion about this post