ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विद्यालयमा बस सेवाका लागि महानगरले छुट्यायो एक करोड

-किशोर खनाल

by चितवन पोष्ट
२०७७ पुष २८, मंगलवार १०:२५ गते
in प्रमुख समाचार
0
विद्यालयमा बस सेवाका लागि महानगरले छुट्यायो एक करोड
14
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनका सामुदायिक विद्यालयहरुले बस सेवा सञ्चालन गर्न थालेका छन् । कतिपय विद्यालयले आफ्नै आन्तरिक स्रोतबाट बस चलाएका छन् भने कतिपय विभिन्न स्वेदेशी तथा विदेशी दाताहरुको सहयोगबाट बस सेवा चलाइरहेका छन् ।

चितवनका स्थानीय तहले पनि सामुदायिक विद्यालयमा बसको सुविधा दिन थालेका छन् । भरतपुर महानगरले यसै शैक्षिक सत्रको लागि पाँच वटा विद्यालयलाई बस खरिदको लागि रकम उपलब्ध गराउने भएको छ । माडी नगरपालिकाले यसअघि नै दुई वटा सामुदायिक विद्यालयमा बस सेवा सञ्चालन गरिसकेको छ ।

संस्थागत विद्यालयहरुले बस सेवा दिएर विद्यार्थी ओसार्न थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कमी हुने सङ्केत देखिन थालेपछि स्थानीय सरकार बस सेवा सञ्चालन गर्न लागिपरेका हुन् ।

‘भरतपुर महानगरले यसै शैक्षिक सत्रमै बस उपलब्ध गराउन पाँच वटा विद्यालयको लागि एक करोड निकासा भएको छ’ भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले भने, ‘महानगरमा बस सेवा पाउनेमा प्राविधिक धार चलेको, विज्ञान विषय सञ्चालन भएको र अत्याधिक विद्यार्थी संख्या रहेका पाँच विद्यालय छनौटमा परेका छन् ।’

चितवनमै सबैभन्दा बढी विद्यार्थी संख्या भएको भरतपुर १० को नारायणी नमुना मावि, सिभिल इन्जिनियरिङको कक्षा चलाएको भरतपुर २५ को प्रभात मावि, प्राविधिक धारको विषय चलाएको भरतपुर २० को भीमनगर मावि, साइन्स विषय चलाएको भरतपुर २३ को लक्ष्मी मावि र भरतपुर २९ को कविलास माविले महानगरबाट बस सेवा पाउने भएका छन् ।

‘एउटा विद्यालयको लागि बस खरिद गर्न २० लाख उपलब्ध गराउँछौँ, केही रकम नपुगे विद्यालयले आफ्नो स्रोतबाट थप गर्नुपर्ने अवस्था पनि आउन सक्छ’ महाशाखा प्रमुख पौडेलले भने । घण्टौँ हिँडेर विद्यालय जानुपर्ने अवस्थालाई निराकरण गर्न सामुदायिक विद्यालयमा बस सेवा उपलब्ध गराएको उनी बताउँछन् । उनका अनुसार भरतपुर महानगरपालिकाका सबै विद्यालय इन्टरनेटको सुविधासमेत उपलव्ध छ । हरेक आधारभूत तहका विद्यालयलाई एउटा ल्यापटपको व्यवस्था पनि महानगरले गरेको छ ।

बस सेवा उपलव्ध गराएपछि शैक्षिक गुणस्तर बढ्ने विश्वास गरिएको छ । बस सेवाको मूल्यांकन गरी आवश्यकतानुसार क्रमशः त्यसको संख्या वृद्धि गर्दै जाने उनको भनाइ छ । टाढाबाट विद्यालय आउने जाने गर्दा विद्यार्थीहरुले गृहकार्य गर्न नपाउने, धेरै समय त्यसै खेर फाल्नुपर्नेलगायत समस्यालाई ध्यानमा राख्दै सामुदायिक विद्यालयमा स्कूल बस उपलब्ध गराउन लागिएको हो ।

सरकारले सामुदायिक विद्यालयलाई बस खरिदमा कर छूट दिएको छ । यस्तो छूटको व्यवस्था सरकारले गत वर्षको बजेट सुनाएदेखि लागू भएको हो । सामुदायिक विद्यालयको प्रयोगका लागि बस खरिद गर्न कुनै किसिमको कर लाग्नेछैन । विद्यालयले पैठारी गर्ने तीस सिट वा सो भन्दा बढी क्षमता भएको प्रति विद्यालय एक थान बसमा बुझाउनु पर्ने कर महशुलमध्ये ७५ प्रतिशत भन्सार महशुल तथा अन्त शुल्क र मूल्य अभिवृद्धि कर पूरै छूट दिने व्यवस्था सरकारले गरेको छ ।

Related Posts

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

उपभोक्ता संरक्षण ऐन परिमार्जन गर्न किराना व्यवसायीको माग

अम्ब्रेला स्ट्रीटमा आन्तरिक पर्यटक बढ्दै

चितवनमा कोरोना : ४१ हजारको परीक्षण, १६ प्रतिशतमा संक्रमण, दुई प्रतिशतको मृत्यु

Discussion about this post

अन‌ि यो पनि

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर
राजनीति

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै बुधबारका लागि तय भएको छ ।...

Read more
पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रतिनिधिसभा विघटन : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In