भरतपुर । भरतपुर १० स्थित बालमन्दिर रोडमा टोयोटा गाडीको सर्भिस सेन्टर सञ्चालन भएको छ । जेन्यून अटो वल्र्डले टोयोटा गाडीको सर्भिस सुरु गरेको हो । सर्भिस सेन्टरको युनाइटेड टे«डर्स प्रालिका जनरल म्यानेजर महेस कुमार ‘एम’ले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा डाइरेक्टर इन्द्र रेग्मीले सेन्टरमा एकै पटकमा चार र दैनिक ६ वटा टोयोटा गाडीको सर्भिस गर्न सकिने बताए । रेग्मीका अनुसार चार जना लगानीकर्ताले दुई करोड लगानीमा सर्भिस सेन्टर तयार पारेका हुन् । जहाँ क्याफेसहितको व्यवस्था छ ।
सर्भिस सेन्टरमा दुई जना अटो मेकालिनकल इन्जिनियरसहित पाँच जना मेकानिक छन् । एकै पटकमा ४ वटा गाडी मर्मत गर्न सकिने व्यवस्था गरिएको छ । उद्घाटन भएको दिनदेखि चार दिनसम्म सर्भिस सेन्टरमा ५ देखि ५० प्रतिशत सम्म छूटको व्यवस्था गरिएको छ । वार्षिक सदस्यता कार्ड पनि वितरण भइरहेको सेन्टरको भनाइ छ । चितवनमा ३५० जनाले टोयोटाका गाडी चढेका अनुमान गरिएको छ । टोयोटाको सर्भिस सेन्टर चितवनको पहिलो रहेको दावी गरिएको छ । देशभर टोयोटाको १२ वटा सर्भिस सेन्टर रहेका छन् ।
Discussion about this post