ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नारायणी डेभलपमेण्ट बैंकको खस्कँदो आर्थिक कारोवार, धमाधम निक्षेप फिर्ता

by चितवन पोष्ट
२०७१ असार ३, मंगलवार ०२:३९ गते
in अर्थ, समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
रत्ननगर । चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको नारायणी डेभलपमेण्ट बैंकले धमाधम निक्षेप फिर्ता गरिरहेको छ । हालसम्म २४ करोड निक्षेप बाँडी सकिएको र ५८ करोड फिर्ता गर्न अझै बाँकी रहेको बैंकका नवनियुक्त सीईओ मुक्तिनाथ पौडेलले बताए ।
नेपाल राष्ट्र बैंकले २ वर्षअघि नै बैंकको खस्कदो आर्थिक कारोवारका सम्बन्धमा चेतावनी दिएपनि तत्कालीन अध्यक्ष र महाप्रबन्धकले बेवास्ता गर्दा अहिले यस बैंक समस्यामा परेको हो । बैंकका पूर्व संचालक समितिका अध्यक्ष दिव्यकुमार श्रेष्ठ र महाप्रबन्धक वीरेन्द्रकुमार श्रेष्ठले बैंकमा निक्षेप भएको रकम व्याजबाट आम्दानी हुने लोभमा काठमाडौंमा रहेको क्रिष्टल फाइनान्सलाई ३० करोड निक्षेप राख्नका लागि दिएको पाइएको छ ।
अध्यक्ष श्रेष्ठ बैंकिङ कसुरको अपराधमा हाल पुर्पक्षका लागि थुनामा छन् । त्यस्तै तत्कालीन महाप्रबन्धक वीरेन्द्रकुमार श्रेष्ठको समयमा बैंकको रकम खराब ठाउँमा लगानी भएकाले अहिले समस्या आएका कर्मचारीहरु बताउँछन् ।
अध्यक्ष श्रेष्ठले आफू पदमा रहँदा काठमाडौंको क्रिष्टल फाइनान्सलाई ३० करोड निक्षेपका लागि दिएको पाइएको छ । उल्लेखित रकममध्ये १६ करोड उठ्न बाँकी रहेको सीईओ पौडेलले बताए । ‘असुरक्षित ठाउँमा ऋण प्रवाह वा निक्षेप गर्नुले बंैकले यस्तो समस्या भोग्नुपरेको रहेछ,’ पौडेलले भने ।
यस बैंकको स्थापना विसं २०५८ सालमा भएको हो । यस बैंकको गत जेठ महिनासम्मको निक्षेप ५८ करोड ५७ लाख ७४ हजार रुपैयाँ रहेको बैंकका सीईओ पौडेलले बताए । उनकाअनुसार कर्जा ३७ करोड ८ लाख ९३ हजार र बैंक व्यालेन्स १६ करोड ६५ लाख ९० हजार रहेको छ । बैंकको व्याज उठ्न बाँकी रकम ९ करोड रहेको उनले जानकारी दिए । बैंक जग्गाबाट १० करोड असुल गर्न बाँकी छ । त्यस्तै खराब ऋण १२ करोड रहेको छ ।
गत वैशाख १६ गते बैंकको संचालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गरेको हो । बैंकिङ क्षेत्रमा ३२ वर्ष लामो अनुभव बटुलेका पौडेलले समस्यामा रहेको यस बैंकको पुनर्उत्थानका लागि आफू मेहनतका साथ लागिरहेको बताए ।
गत चैत्र २६ गते राष्ट्र बैंकले एक पत्रमार्फत बंैकलाई निक्षेप नलिन भनेको थियो । उनकाअनुसार डेढ महिनाको बीचमा ३ करोड ९२ लाख रुपैयाँ ऋण असुल गरिएको छ । पौडेलका अनुसार ऋणीहरुबाट असुलउपर गर्नका लागि धितो लिलामको काम भटाभट थालिएको छ । उनकाअनुसार बैंकमा नयाँ लगानीकर्ताको खोजी भइरहेको छ ।
त्यस्तै बैंकको लगानी क्षेत्र पनि स्पष्ट पार्न लागिएको छ । बैंकले निकट भविष्यमा साना किसान लक्षित बिमा समेटिएको लगानीको कार्यक्रम ल्याउन लागिएको जानकारी दिए । ‘संस्थापक सेयरका लागि पब्लिकबाट पछिल्लो समय ४ करोडको प्रतिबद्धता आइसकेको छ’, सीईओ पौडेलले भने ।
‘ख’ वर्गको यस बैंकको कार्यक्षेत्र चितवन, नवलपरासी र मकवानपुर रहेको छ । बैंकको पाँचवटा शाखाहरु रहेकामा सबै चितवन जिल्लामा रहेका छन् । रत्ननगर, पर्साबजार, भरतपुर क्यान्सर परिसर, भरतपुर अस्पताल परिसर र पुल्चोक नारायणगढमा शाखा संचालनमा छन् । एउटै मात्र एटीएम सुविधा क्यान्सर शाखाबाट दिइँदै आएकोमा पछिल्लो समय निक्षेप फिर्ता गर्न थालिएपछि बन्द गरिएको सीईओ पौडेलले बताए ।
यस बैंकका निक्षेपकर्ताहरु आफ्नो निक्षेप फिर्ता लिन दैनिक बैंक धाउने गरेका छन् । बैंकमा दैनिकजसो निक्षेप फिर्ता लिनेको भीड लाग्ने गर्छ । समस्यामा परेपछि बैंकले अहिले हप्तासूची बनाइ निक्षेप रकमको आधारमा धमाधम निक्षेप फिर्ता गरिरहेको छ । हप्ताको एकपटक प्रति ग्राहकलाई रकम फिर्ता गरिएको बैंक सम्बद्ध कर्मचारीले बताएका छन् ।
दुई लाखसम्म दस हजार, दुई लाखदेखि पाँच लाखसम्म बीसहजार रुपैयाँ हप्ताको एकपटक फिर्ता गरिएको छ । ५ लाखदेखि दस लाखसम्म तीस हजार । दस लाखदेखि २५ लाखसम्म ५० हजार र २५ लाखरुपैयाँ माथि निक्षेप भएकालाई हप्ताको एक लाख रुपैयाँ निक्षेप फिर्ता गरिएको बैंकले जनाएको छ ।
खराब कर्जाका कारण बैंकको निक्षेप संकलन र ऋण लगानी दुवै कारोवार चैतदेखि नै बन्द गरेको छ ।

निक्षेप फिर्ता लिन लाइनमा बसेका ग्राहकहरु ।

Related Posts

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

Discussion about this post

अन‌ि यो पनि

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
प्रमुख समाचार

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगर १० स्थित हरिहर मन्दिर अगाडि मिनिबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको...

Read more
सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In