रत्ननगर । फिल्मी पाटी मिडियाको प्रस्तुतिमा सञ्चारकर्मी सागर ढुङ्गाना र मुस्कान काप्रीले नेपाली वेब सिरिज ‘कलेज लाइफ’ निर्माण सुरू गरेका छन् ।
कलेज जीवनमा आउने उतारचढावमा आधारित सिरिजको चितवनमा पत्रकार सम्मेलन गरी आधिकारिक निर्माण घोषणा भएको छ । सिरिजमा कुशल भट्टराई, अविरल श्रेष्ठ, राज क्षेत्री, वन्दना तिवारी, अञ्जना ढुङ्गाना, दीपक अधिकारी, एलिना बर्देवा, अस्मिता क्षेत्री, प्रकाश सिके, निकेश कँडेललगायतको मुख्य भूमिका रहनेछ ।
सिरिजको छायाङ्कन चितवन र पोखरामा गरिनेछ । करिब १५ दिन छायाङ्कन समय तोकिएको यस सिरिजको आभास रानाले निर्देशन गर्दैछन् भने सहनिर्मातामा सुरज पोख्रेल रहेका छन् । सम्पादन पिक्सेल प्यालेस स्टुडियोमा हुने भएको छ । सिरिजको कथा राजेन्द्र मोरले लेखेका हुन् ।
सिरिजलाई इन्टरनेटमा सार्वजनिक गर्नुअगाडि केही कलेजमा च्यारेटी गरिने निर्माण युनिटले जानकारी दिएको छ । प्रत्येक भाग करिब १५ मिनेटको लामो हुने यस सिरिजको १२ भागसम्म निर्माण हुनेछ ।
Discussion about this post