भरतपुर । इमेज इन्स्टिच्युट प्रालिद्वारा चौथो शाखा शुभारम्भ गरिएको छ । शुक्रबार मेघौलीको तेलौली बजारमा चौथो शाखा शुभारम्भ गरिएको प्रालिका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं २७ का वडाध्यक्ष गोविन्द तामाङले इमेजको चौथो शाखा रिबन काटेर शुभारम्भ गरिएको थियो । कार्यक्रममा वडाध्यक्षले इमेज इन्स्टिच्युटको मेघौली पश्चिम चितवनमा शाखा खोलेपछि यहाँका विद्यार्थीहरु लाभान्वित हुने बताए ।
प्रबन्ध निर्देशक बुढाथोकीका अनुसार शहीदचोकबाट सुरू गरिएको इमेज इन्स्टिच्युटले पहिलो शाखा गोर्खा, दोस्रो १६ नं नवलपुर, तेस्रो कावासोती र चौथो शाखा मेघौलीमा सुरू गरिएको हो ।
वैदेशिक शिक्षाका लागि विद्यार्थीको चाप बढ्दै गएपछि उनीहरुको मागलाई मध्यनजर गर्दै शाखाहरु बिस्तार गर्दै लगिएको प्रबन्ध निर्देशक बुढाथोकीको भनाइ छ । पश्चिम चितवनका विद्यार्थीहरुलाई सेवा दिने लक्ष्यअनुसार मेघौलीमा शाखा खोलिएको उनले भने ।
मेघौलीमा शाखा बिस्तारले सहरमा विद्यार्थीहरुको आवातजावत गर्नुपर्ने झन्झट र मितव्ययिताका हिसाबले पनि सजिलो हुने उनको बुझाइ छ । इमेज इन्स्टिच्युटले चितवनमा विगत १५ वर्षदेखि सेवा दिँदै आइरहेको छ ।
कार्यक्रममा इमेज मेघौली शाखाका प्रमुख बद्री पौडेल, स्थानीय बुद्धिजीवी रमाकान्त भण्डारी, जानकी माविका प्रधानाध्यापक दुर्गाप्रसाद सापकोटालगायतले मन्तव्य दिएका थिए । कार्यक्रम सुजिना सिंह बुढाथोकीको सभापतित्वमा भएको थियो ।
Discussion about this post