भरतपुर । गृह सचिव सूर्य सिलवालले निर्वाचनको समयमा सुरक्षा व्यवस्था मजबुत बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
यही असार ८ गते चितवन क्षेत्र नम्बर ४ मा हुने संविधानसभा सदस्य उपनिर्वाचनको तयारीका विषयमा जानकारी लिन सोमबार चितवन आउनुभएका सचिव सिलवालले मातहतका कर्मचारीलाई यस्तो निर्देशन दिनुभएको हो ।
निर्वाचनको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राख्दै सो क्षेत्रको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । रासस
Discussion about this post