ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

क्षेत्र नंं ४ मा काँग्रेस नै विजयी हुने दावी

by चितवन पोष्ट
२०७१ असार ३, मंगलवार ०२:३१ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले चितवनको क्षेत्र नम्बर ४ मा सभापति सुशील कोइरालाको भन्दा बढी मत ल्याएर संविधानसभा सदस्य उपनिर्वाचनमा काँग्रेस विजयी हुने दावी गर्नुभएको छ ।
चुनाव प्रचारका लागि क्षेत्र नम्बर ४ का चार स्थानमा सोमबार आयोजित अलगअलग कार्यक्रममा सम्बोधन गर्दै उहाँले काँग्रेसको पक्षमा जनलहर बढेको भन्दै अत्यधिक मतले काँग्रेसले निर्वाचन जित्ने दावी गर्नुभयो । उहाँले चितवनको क्षेत्र नम्बर ४ लाई विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
पार्टी सभापति कोइरालालाई दोब्बरभन्दा बढी मतले विजयी गराएको भन्दै यस क्षेत्रलाई नमुना क्षेत्र बनाउन काँग्रेस लाग्ने बताउनुभयो । देशकै मध्य भागमा अवस्थित अन्य ७४ जिल्लाका बासिन्दाको संगम थलो रहेको भन्दै उहाँले यस क्षेत्रलाई नमुना क्षेत्र बनाइने बताउनु भएको हो ।
चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘बजेट रकमान्तर गरेर चितवनमा बढी पारेको भनेर सभापति कोइरालालाई एकातिर घेराबन्दी गर्ने, अर्कोतर्फ जितेर के ग¥यांै भनेर प्रश्न गर्ने कम्युनिष्टको कस्तो रवैया हो ।’
सभापति कोइरालाकै निर्देशनमा झण्डै एक अर्ब बजेटको योजना चितवन क्षेत्र नम्बर ४ मा पर्नु यस क्षेत्रका बासिन्दाका लागि गर्वको कुरा रहेको नेता पौडेलले बताउनुभयो । उपसभापति पौडेलले रामकृष्ण घिमिरे व्यक्ति नभएर काँग्रेसको उम्मेदवार रहेको भन्दै घिमिरेका एजेण्डा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भरतपुरको बुद्धचोक, चित्रवन नगरपालिकाको गोब्रेनी, फूलबारी र भनपा १३ को आनन्दचोकमा आयोजित अलगअलग सभालाई सम्बोधन गर्दै उपसभापति पौडेलले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । बुद्धचोकमा आयोजित सभा नेपाल महिला संघ भनपा ७ ले आयोजना गरेको हो ।
सो अवसरमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण घिमिरेले संविधान र चितवनको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
यसअघि मझुवा सामुदायिक वन गोब्रेनीमा नेपाल दलित संघ जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको चुनावी सभामा उपसभापति पौडेलले आयोग बनाएर सुकुमबासी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै भनपा १३ आनन्दचोमा आयोजित चुनावी सभामा उपसभापति पौडेलसहित पूर्व सांसद जगन्नाथ पौडेल, नेपाली काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठ र चन्द्रप्रसाद पौडेलले क्षेत्र नम्बर ४ का बासिन्दा भाग्यमानी रहेको भन्दै नमुना क्षेत्र बनाउन सबै लाग्नु पर्ने बताउनु भएको थियो ।

Related Posts

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलिदेखि

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलिदेखि

पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री ढकाल

पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री ढकाल

Discussion about this post

अन‌ि यो पनि

आर्थिक अभावमा रक्त क्यान्सरका बिरामी, सहयोग गरिदिन परिवारको अपिल
समाज

आर्थिक अभावमा रक्त क्यान्सरका बिरामी, सहयोग गरिदिन परिवारको अपिल

भरतपुर । भरतपुर महानगरपालिका वडा नं १० स्थित कोठाभाडामा बस्दै आएका ५४ वर्षका गुणराज पौडेल अहिले क्यान्सर रोगसँग लडिरहेका छन्...

Read more
अनुशासनका लागि भन्दै विद्यार्थीको कपाल मुण्डन

अनुशासनका लागि भन्दै विद्यार्थीको कपाल मुण्डन

पूर्वप्रहरी संगठन चितवनको साधारण सभा

पूर्वप्रहरी संगठन चितवनको साधारण सभा

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In