ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘क्षेत्र नंं ४ लाई कोइरालाले धोका दिए’

by चितवन पोष्ट
२०७१ असार ३, मंगलवार ०२:२९ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्व ऊर्जा मन्त्री गोकर्ण विष्टले काँग्रेसका सभापति एवम् वर्तमान प्रधानमन्त्री सुशील कोइरालाले चितवन छाडेर यहाँका जनतालाई धोका भएको आरोप लगाउनुभएको छ । चितवनको क्षेत्र नम्बर ४ लाई एमालेको विशेष मह¤वका साथ हेरेको भन्दै उहाँले ‘खोला त¥यो लौरो बिर्सियो’ भनेझैँ विगतका विजेताहरुले चितवन ४ लाई हेँला गरेको अनुभूति एमालेलाई भएको बताउनुभयो ।
मंगलपुरको विजयनगरमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले नेता विष्टले चितवनको क्षेत्र नम्बर ४ को विकासका लागि महिला नेत्री पार्वती रावललाई यस पटक विजयी गराएर मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । युवा, महिला, दलित, जनजाति सबैको साझा उम्मेदवारका रुपमा पार्वती रावललाई पार्टीले अघि सारेको उहाँले बताउनुभयो ।
पार्वती रावल देशकै प्रतिभाशाली युवा महिला नेत्री भएकाले क्षेत्र नम्बर ४ को विकासमा सहयोग पु¥याउन मन्त्री बनाइ छाड्ने अठोट व्यक्त गर्नुभयो । ‘केन्द्रमा जाने रहर नगरी क्षेत्रमै मरिमेटेर जनताको सेवामा लाग्ने प्रतिभाशाली महिलालाई मन्त्री बनाउन मैले पार्टीमा प्रस्ताव गर्नेछु, यसलाई पार्टीले सर्वसम्मत स्वीकार्ने छ’, विष्टले भन्नुभयो ।
नारायणी नदीमा तटबन्ध गर्ने कार्यक्रम एमालेबाट अर्थमन्त्री भएका सुरेन्द्र पाण्डेले ल्याएको जिकिर गर्दै नेता विष्टले रसुवादेखि माडी–ठोरीसम्मको सडक र स्वर्गीय मदन भण्डारीको शव फेला परेको स्थान गुञ्जनगरको गाजीपुरलाई व्यवस्थित ढंगले विकास गर्ने योजना एमालेले ल्याउन लागेको बताउनुभयो ।
कार्यक्रममा एमाले नेत्री रामकुमारी झाँक्रीले पार्वती रावललाई जिताएर महिलालाई दास सम्झनेहरुलाई जवाफ दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले क्षेत्र नम्बर चारका सम्पूर्ण महिलाहरुलाई सशक्त महिला उम्मेदवार पार्वती रावलको पक्षमा एकजुट हुन आह्वान पनि गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एकबहादुर रानामगरले जनजातिको अधिकारको स्थापनाको पक्षमा रहेको एमाले पार्टीले अघि सारेको महिला उम्मेदवारलाई सहयोग गर्न सबै जनजाति तयार रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा चितवन क्षेत्र नम्बर ४ का उम्मेदवार पार्वती रावलले पूर्वी चितवनको तुलनामा पश्चिम चितवन विकासमा ठगिएको बताउँदै यसको खाडल आफूले पुर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार सुरेश कार्की, एमाले मंगलपुर गाउँ कमिटीका अध्यक्ष बद्री चापागाईंले मन्तव्य राख्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु देवी ज्ञवाली, झिल्लु तिवारी, जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, जिल्ला नेता विजय सुवेदीलगायत सहभागी हुनुहुन्थ्यो । नेकपा एमालेले चितवनको क्षेत्र नम्बर ४ मा विजयनगर, शरदपुर, गीतानगर र चनौलीमा चुनावी सभा सम्पन्न गरेको जिल्ला प्रचार विभाग प्रमुख अरुण पीडित भण्डारीले जानकारी दिनुभयो ।

Related Posts

कांग्रेस नेता जोशीलाई मस्तिष्काघात

कांग्रेस नेता जोशीलाई मस्तिष्काघात

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

वैज्ञानिक समाजवादी युवा लिगको राष्ट्रिय भेला चितवनमा

वैज्ञानिक समाजवादी युवा लिगको राष्ट्रिय भेला चितवनमा

Discussion about this post

अन‌ि यो पनि

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन
विश्व

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

वासिङ्टन, १४ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेका कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी...

Read more
पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

कांग्रेस नेता जोशीलाई मस्तिष्काघात

कांग्रेस नेता जोशीलाई मस्तिष्काघात

पटिहानी फुटबल क्लब र बतास ब्रदर्शबीच सम्झौता

पटिहानी फुटबल क्लब र बतास ब्रदर्शबीच सम्झौता

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In