ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नारायणगढ बजार पुरानै अवस्थामा : फुटपाथ व्यवस्थापनमा महानगर असफल

–तुलमान गुरूङ

by चितवन पोष्ट
२०७७ पुष २६, आईतवार ०७:५५ गते
in प्रमुख समाचार
0
नारायणगढ बजार पुरानै अवस्थामा : फुटपाथ व्यवस्थापनमा महानगर असफल
209
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । भरतपुर महानगरपालिकाको सबैभन्दा मह¤वाकांक्षी योजनाभित्र पर्छ ‘स्मार्ट सिटी’ । स्थानीय तहको निर्वाचनमा महानगरको नेतृत्व गर्न उमेदवारी दिएका सबै नेताहरुले ‘स्मार्ट सिटी हाम्रो परिकल्पना’ भनेर महानगरवासीलाई ठूलो लोभ देखाएर भोट मागे । रेनु दाहालको नेतृत्वमा स्थानीय सरकार आइसक्दा पनि त्यो नारा भने अहिलेसम्म नारामै सीमित छ । अझै पनि मेयर, उपमेयरलगायतका जिम्मेवार व्यक्तिहरुले यही नारा सुनाउँदै आइरहेका छन् । तर, महानगरले अहिलेसम्म नारायणगढ बजारलाई व्यवस्थित सहरको रुपमा विकास गर्न सकेको छैन । कोरोनाको सन्त्रास फैलिनुभन्दा अगाडि बजारले थोरै भए पनि स्वरुप परिवर्तन गर्ने सम्भावना देखिए पनि लकडाउनयताको बजार हेर्दा उही पुरानै अवस्थामा फर्किएको छ ।

जिल्ला प्रशासन, जिल्ला प्रहरी, भरतपुर महानगर, ट्राफिक प्रहरी र उद्योग वाणिज्य संघबीच बजार व्यवस्थापनको विषयमा कैयौँपटक छलफल भइसकेको छ । तर, अहिलेसम्म दिगो समाधान निकाल्न सकेको छैन । जसले गर्दा अहिले पनि नगर प्रहरी र फुटपाथ व्यवसायीबीच लुकामारी चल्ने क्रम जारी छ भने ट्राफिक प्रहरीले सवारीसाधनमा ‘ह्वील लक’ गर्ने कामले पनि निरन्तरता पाइरहेको छ ।

अस्तव्यस्त पार्किङ र फुटपाथ व्यवसायका कारण बजार दिनानुदिन कुरुप बन्दै गएको व्यवसायी लक्ष्मीनारायण श्रेष्ठले बताए । नीति–नियम कार्यान्वयन गर्न महानगर आधिकारिक निकाय भए पनि महानगरले कडाइका साथ लागू गर्न नसक्दा यो समस्या सधैँ उस्ताको उस्तै भएको उनले बताए । जथाभावी सवारी पार्किङ र सडकमै बसेर व्यापार गर्नेहरुलाई व्यवस्थापन गर्न नसक्दा व्यवसायमा असरसँगै पैदलयात्री समस्यामा परेको उनको भनाइ छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भए पनि बजारको अस्तव्यस्तताले व्यापार माथि उठ्न नसकेको उनले बताए । ‘फलफूलको डोको र ठेलासँगै अस्तव्यस्त पार्किङको समस्याले बजारको भीड बढाए पनि व्यापार बढ्न सकेको छैन’, उनले भने, ‘हेर्दा भीड बढेको देखे पनि व्यापार ३५ प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन ।’

बीचमा साप्ताहिकरुपमा एकतर्फी पार्किङ गरे पनि अहिले दुईतर्फी पार्किङको समस्याले बजार नै कुरुप बनेको उनको भनाइ छ । ‘बाटोमा दुईपाङ्ग्रे सवारीसाधन बढी हुने हुँदा एकतर्फी पार्किङको व्यवस्थामात्रै गर्न सकेको भए पनि बजारको सुन्दरता बढ्थ्यो’, उनले भने । भरतपुर महानगरपालिकाले नियमनकारी निकायले गरेको निर्णयलाई आमनागरिकले नै कार्यान्वयन नगरिदिँदा समस्या जारी रहेको बताएको छ । भरतपुर महानगरपालिकाले सवारीसाधन पार्किङ र फुटपाथ व्यवस्थापनका लागि विकल्प दिँदा पनि कार्यान्वयन नगरिदिँदा समस्या जस्ताको तस्तै रहेको महानगरकी उपमेयर पार्वती शाह ठकुरीले बताइन् ।

‘हामीले विकल्प दिए पनि कार्यान्वयनमा केही फितलो भएकै हो’, उनले भनिन्, ‘यस्तो विषयमा हामीले मात्रै भनेर हुँदो रहेनछ, नागरिकस्तरबाटै कार्यान्वयन नगरिदिएपछि त्यसको दोष सबै महानगरले बोक्नुपर्ने बाध्यता छ ।’ बजारलाई कस्तो स्वरुप दिने भन्ने विषयमा आमनागरिक र सम्बन्धित क्षेत्रका व्यवसायीको भूमिका पनि सकारात्मक हुनुपर्ने उनको भनाइ छ । ‘हामीले भनेको कुरा कसैले नमान्ने हो भने समृद्धि कसरी सम्भव हुन्छ र’, उनले भनिन्, ‘बजारमा समस्या देखिए आफैँले गर्न सक्ने समाधानका उपाय अपनाएको पाइँदैन, दिनदिनै महानगरले नगर प्रहरी खटाएर लखेटेर साध्य नै छैन, त्यसैले सरकारलाई नागरिकस्तरबाटै सहयोग नभए कुनै पनि काम सम्भव हुँदैन ।’

व्यवसायीहरुको साझा संस्था उद्योग वाणिज्य संघ–चितवनले भने बजारलाई सुन्दर बनाउने काममा स्थानीय सरकारलाई मात्रै जिम्मेवारी थोपरेर समृद्धि नहुने बताएको छ । बजारको सही र दिगो व्यवस्थापनका लागि सम्बन्धित स्थानका नागरिक र टोल विकास संस्थाको भूमिका पनि मह¤वपूर्ण हुने अध्यक्ष राजु श्रेष्ठले बताए । ‘वाणिज्य संघमा म तृतीय उपाध्यक्ष हुँदादेखि नै फुटपाथ व्यवसायीलाई लेखेट्न थालेको, अहिलेसम्म पनि लखेटिरहेका छौँ’, उनले भने, ‘यसरी हरेक दिन लखेटेर समस्या समाधान हुँदैन भनेर हामीले सम्बन्धित पक्षसँग दिगो व्यवस्थापनका लागि छलफल गरिरहेका छौँ ।’

व्यवसायीले पनि आफूलाई अप्ठ्यारो पर्दामात्रै फोन गरेर वाणिज्य संघ र नगर प्रहरी बोलाउने कामको अन्त्य गरेर आफ्नो अगाडि देखिएको समस्या आफैँले समाधान गरिदिए बजारले मुहार फेर्न सक्ने उनको भनाइ छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण भएको असहज परिस्थितिले बजार व्यवस्थापनमा चुनौती थपिदिएको उनले बताए । बजारलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा ट्राफिक प्रहरीसहित जिल्ला प्रशासन, जिल्ला प्रहरी र महानगरपालिकासँग उद्योग वाणिज्य संघले छलफल गरिसकेकोले चाँडै नै समस्या समाधान हुने उनले बताए ।

Related Posts

नेपालमै पाइलट प्रोजेक्टको रुपमा चितवन छनोट : भरपर्दाे बन्दै कृषि र पर्यटनलक्षित मौसम पूर्वानुमान

नेपालमै पाइलट प्रोजेक्टको रुपमा चितवन छनोट : भरपर्दाे बन्दै कृषि र पर्यटनलक्षित मौसम पूर्वानुमान

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

Discussion about this post

अन‌ि यो पनि

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला
राजनीति

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

मोरङ, ३ माघ (रासस) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई...

Read more
रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In