शैक्षिक सत्र सुरू भएको दुई महिनासम्म पनि चितवनलगायत विभिन्न जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन । निमावि तहसम्मका केही थान पुस्तक बिक्री नभएर जनक शिक्षा सामग्री केन्द्रको गोदाममै रहे पनि मावि तहका पुस्तकको भने अभाव देखिएको छ । विद्यालयमा पढाइ सुरू भएको दुई महिना बितिसक्दा पनि पुस्तक अभावले गर्दा विद्यार्थीहरु मर्कामा परेका छन् । केन्द्रको क्षेत्रीय कार्यालय भरतपुरले कक्षा नौ र दसका करिब ३० हजार थान किताब अभाव रहेको स्वीकार गरेको छ । केन्द्रले ऐच्छिक विषयका पुस्तकहरुमात्रै अभाव रहेको बताए पनि विभिन्न विषयका पुस्तक नपाउँदा विद्यार्थीहरु निराश हुन थालेका छन् । मावि तहको पुस्तक अहिले जनक शिक्षाको केन्द्रबाट मात्रै बिक्रीवितरण हुँदै आएको छ । निमाविसम्मको पुस्तक भने निजी क्षेत्रबाट पनि बिक्रीवितरण हुने भएकाले पुस्तक सहज रुपमा आपूर्ति भएको पाइएको छ । भरतपुर केन्द्रले नारायणी र लुम्बिनी अञ्चलका ११ जिल्लामा साढे २२ लाख पुस्तक आपूर्ति गरिसके पनि पुस्तक अभाव यथावत् नै छ ।
चितवनका विभिन्न विकट गाउँमा पुस्तकको सहज ढंगले आपूर्ति हुन नसक्दा विद्यार्थीहरु पीडित भैरहेका छन् । अधिकांश विद्यालयमा वितरित पुस्तक पनि कम गुणस्तरको भएको विद्यार्थीहरुले गुनासो गर्न थालेका छन् । जनक शिक्षाबाट वितरण भएका पुस्तक अत्यन्त कमसल रहेको पाइएको
छ । चितवनमै पाठ्यपुस्तकको अभाव छ भने सुदूरपश्चिम तथा विकट पहाडी क्षेत्रहरुका विद्यार्र्थीले पुस्तक नपाएर कति सास्ती भोग्नु परेको होला, त्यो सहजै अनुमान गर्न सकिन्छ । अझै पनि सबै जिल्लामा गरी १३ लाख पाठ्यपुस्तक अभाव रहेको छ । जनक शिÔा सामग्री केन्द्रको धनगढीस्थित Ôेत्रीय कार्यालयमा अझै ५० प्रतिशत पाठ्यपुस्तक आपूर्ति हुन सकेको छैन । सुदूरपश्चिममा निमावि तहको सेट ५० प्रतिशत पनि पुगेको छैन । कÔा ६ देखि १० सम्मका विद्याथीलाई अझै पनि ७ लाख पाठ्यपुस्तक अभाव देखिएको छ । ८ का लागि ४० प्रतिशत र ९÷१० को २० प्रतिशत आपूर्ति हुन बाँकी नै छ ।
शैक्षिक सत्र सुरू भएपछि विद्यार्थीलाई पाठ्यपुस्तकबिनै कÔारम्भ गर्नुपर्ने बाध्यता देखिएको छ । सबै कÔाका पाठ्यपुस्तक अपर्याप्त भएको महिनौँ हुँदासम्म पुस्तक आपूर्ति सहज बनाउन नसक्नु वितरकको गम्भीर लापरबाही हो । नेपालमा सबैभन्दा धेरै समस्यामा बाजुरा, दार्चुला, अछाम, बझाङ र बैतडीका विद्यार्थीहरु पर्ने गर्दछन् । पुस्तक अभावले गर्दा विद्यार्थीको पढाइमै समस्या उत्पन्न हुँदै आएको छ । सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर कायम हुन नसक्नुमा पुस्तक अभाव पनि एउटा कारण मान्न सकिन्छ । कतिपय विद्यार्थीले शैक्षिक वर्षको अन्तिमसम्म पनि पुस्तक नपाएर विद्यालयमा पढाएको आधारमा नै परीक्षा दिनुपर्ने बाध्यता छ । यस्तो स्थितिमा सामुदायिक विद्यालयमा शैक्षिकस्तर कसरी उकास्न सकिन्छ ? विद्यार्थीले समयमै पुस्तक प्राप्त गर्नु उनीहरुको नैसर्गिक अधिकार हो । सरकारले समयमै पुस्तक आपूर्ति गरी विद्यार्थीहरुको समस्या निराकरण गर्नु आवश्यक छ ।
Discussion about this post