ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निर्वाचनको विधि सकारात्मक, अपूरो अभ्यास कायमै

by चितवन पोष्ट
२०७१ असार ३, मंगलवार ०२:१६ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

विष्णु ओस्ती
केन्द्रीय कार्यालयमा भएको पोलिटब्युरो स्थायी समिति र पदाधिकारीहरुको निर्वाचन प्रक्रियाद्वारा चयन गरिएको एमाओवादीको अभ्यास सकारात्मक मान्नैपर्ने हुन्छ । तर, केही समयअघि विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्यहरुको चयन प्रक्रिया निर्वाचनकै विधिबाट गर्नुपर्ने आवाज कार्यकर्तामा उठे पनि निर्वाचन हुन सकेन, गराइएन । बाबुराम भट्टराई समूहले सम्मेलन नै बहिष्कार गरेर हिँेडेपछि अध्यक्ष प्रचण्डद्वारा पुरानै टीके प्रथा प्रक्रियाबाटै केन्द्रीय समिति गठन गरिएको थियो । पछि बाबुराम समूहमा स्थायी समिति र पदाधिकारी चयनका क्रममा पुनः विवाद र खटपट हुन पुग्यो ।
एमाओवादीले नेतृत्व छनोटमा चुनावी प्रक्रिया अख्तियार गरेर गरिएको निर्वाचन सकारात्मक भए पनि विवादित बन्न पुगेकाले बाहिर राम्रो सन्देश जान सकेन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुनसुकै पार्टीले पनि आफ्नो नीति र नेतृत्वको अनुमोदन राष्ट्रिय महाधिवेशनबाट गर्ने प्रचलन छ र गर्छन् पनि । महाधिवेशनमा वैचारिक कार्यदिशाबारे छलफल तथा बहस हुनुपर्छ र गरिन्छ पनि । लोकतान्त्रिक विधिको विकास गरिनु अनिवार्य नै छ । एमाओवादीले आन्तरिक लोकतन्त्र बलियो बनाउन नीति र नेतृत्व अनुमोदन गर्न महाधिवेशनबाटै चुनावी प्रक्रियाको अभ्यास गर्दा यो वा त्यो प्यानल, गुट–उपगुट नभनी र नबनाई स्वतन्त्र रुपले तल्लो तहदेखिकै कार्यकर्तालाई सहभागी गराउनुपथ्र्यो, त्यो हुन सकेन ।
मुख्य कुरा के हो भने विराटनगर सम्मेलनमा निर्वाचन प्रक्रियाबाटै केन्द्रीय सदस्यहरुको निर्वाचन गराउन सकेको भए आन्तरिक लोकतन्त्रको विकासमा एउटा उच्च अभ्यासको उपलब्धि हुन्थ्यो र मानिन्थ्यो । तर, केन्द्रीय सदस्यहरुलाई मात्र मतदान अधिकार दिएर पोलिटब्युरो, स्थायी समिति पदाधिकारी छनोट गर्दा निर्वाचन विधि पूर्ण नभै अपूरो अभ्यास भयो र गरियो ।
एमाओवादीले नेपाली राजनीतिमा एकपछि अर्को प्रयोग गर्दै आएको छ । दस वर्षसम्म सशस्त्र संघर्ष, अनि पछि शान्ति प्रक्रियामा, अनि क्षणक्षणमा उत्साहित र निराश हुने बुर्जुवा जीवनशैलीमा रमाउने अभ्यास । माओवादीले न सहरियाको मन जित्न सक्यो, न पार्टीमा लागेर सर्वस्व तन, मन र धन गुमाउनेहरुप्रति नै न्याय ग¥यो । अन्य पार्टीबाट विद्रोह गरेर आएका कार्यकर्ताहरुको मन पनि जित्न नसक्दा उनीहरु अहिले निराश भएर पश्चात्ताप गर्न थालेका छन् ।
माथिदेखि जिल्लासम्मका मुख्य नेता भनौँदाहरु र उनका भारदारहरु समयसमयमा फरकफरक नाटक मञ्चन गर्न सिपालु छन् । मुख्य एउटा व्यक्तिले जे भन्यो, जे ग¥यो त्यही ठीक भन्दछन् । चितवन जिल्ला समिति निर्वाचन प्रक्रिया र केन्द्रको पोलिटब्युरो स्थायी समिति अनि पदाधिकारीहरुको चयन प्रक्रियाको नाटक व्यक्तिगत मानसिकताको परिणाम हो । एमाओवादीको समिति चयन गर्ने विषयमा विराटनगर राष्ट्रिय सम्मेलनदेखि पार्टी केन्द्रीय कार्यालयसम्म आइपुग्दा, पोलिटब्युरो स्थायी समिति र पदाधिकारीहरुको चयनको प्रक्रिया विधि हेर्दा राजपरिषद्कै अर्को संस्करण स्मरण गराउने खालको भएको बाहिर बजारमा सुनिन्न्छ ।
निर्वाचन विधिको प्रक्रियाको अभ्यास हेर्दा जानेर हो वा नजानेर, उम्मेदवारी नै दर्ता नगराउने निर्वाचन प्रक्रियासँगै असहमति राख्नेलाई पनि जिताउने एमाओवादीको निर्वाचन विधिले विश्व हँसाउने काम गरेको भन्ने चर्चा बजारमा आएको छ । मुख्यमुख्य आफ्ना गुटका व्यक्तिलाई जिताउने र हराउने मनसायले गरिएको उक्त निर्वाचनको कुनै तुक नभएको कुरा सुन्नमा आएको छ । गणतन्त्रको ६ वर्ष बितिसक्दा पनि नेताहरुको कार्यशैलीले गर्दा एमाओवादी विघटनतिर त जाँदैन ? भन्ने धेरैको गुनासाहरु बाहिर पोखिन थालेका छन् । संस्थापन पक्षले आफूलाई मात्र पार्टी सत्ताको मुख्यमुख्य स्थानमा बसाइराख्ने चाहना पूर्तिका लागि अपनाइएका हथकन्डाको फल भोग्ने दिन नजिकै आउँदै छ । उनीहरुमा अहिले भारदारी जनवादको अभ्यास भइरहेको छ, लोकतान्त्रिक विधिको अभ्यास होइन ।
देशको राजनीतिक विषयको त कुरै छोडौँ, एमाअ‍ोवादीको आफ्नो संरचना र भावी गन्तव्यका पेचिला विषयमा समेत कुनै निर्णय गर्न नसक्ने गरी थिलथिलो हुन पुगेको छ । सञ्चारमाध्यमदेखि बाटाघाटाका बजारका चियापसलहरुमा समेत ऊ नेपालको राजनीतिमा लगभग असान्दर्भिक हुन थालेको चर्चा सुनिन्छ । किनभने, उसको राजनीतिक भिजनका कारण आमजनताको अपेक्षामाथि सम्बोधन हुन नसक्नु र उसको आफ्नै मुद्दालाई लिएर जनताको जनजीविकाको ससाना प्रश्नमा पनि सम्बोधन हुन नसक्नु एमाओवादीको असफलताको रुपमा पुष्टि हुन्छ । उसले आफ्नो मुद्दालाई आमजनसमुदायका अपेक्षासँग गाँस्न नसक्दा उसको राजनीतिक भिजन आमजनताको नजरमा बेथितिको कारकका रुपमा स्थापित हुँदै गएको छ ।
अरुभन्दा राजनीतिक मुद्दा जहिले पनि मह¤वपूर्ण हुन्छ । जब आमजनसमुदाय सामान्य जीवनमा फर्कन्छन्, त्यो बेला जनजीविका, शान्ति सुरक्षा, सहभागिता र अधिकारका ससाना प्रश्न मुख्य हुन्छन् । सशस्त्र संघर्ष र त्यसपछिको भिन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि फरक राजनीतिक कार्यक्रम पेस गर्न सकेको भए एमाओवादीको लोकप्रियता कायम रहन सक्थ्यो होला । तर, ऊ यसमा सफल हुन सकेन  । अर्को कुरा, माओवादीले अरुको प्रगतिशील मुद्दामा ऊर्जा त देखायो, तर कसरी त्यसलाई कार्यान्वयन गर्ने भन्नेबारेमा सम्बोधन भने निश्चित गर्न सकेन । प्रगतिशील मुद्दामा चाहिने ऊर्जा बतासियो र ऊ पनि बतासिन पुग्यो । माओवादीको भविष्य अब अनिश्चित देखिन्छ ।
निर्वाचन विधिकै विषयमा फेरि कुरा गरौँ । एमाओवादीको केन्द्रीय कार्यालयमा भएको निर्वाचन विधिको अभ्यास पूर्ण हुन सकेन । यसका विधि र प्रक्रियामा धेरै नै प्रश्न उठेका छन् । उसले विगतमा लिएको बाटो हेर्दा अहिले गरेको निर्वाचन अभ्यासलाई सकारात्मक लिए पनि पार्टीमा भएको गुट–उपगुटले लोकतन्त्रको विकासलाई माथि उठाउन सकेको छैन । अहिले एमाओवादीले अपनाएको निर्वाचन विधिका कारण स्वयं आफैँ पार्टीभित्र वा बाहिर प्रश्नका झटाराहरु बर्सिन पुगे । बाबुराम समूहले यो निर्वाचन विधिप्रति असहमति जनाउन पुग्यो । स्वतन्त्र ढंगले भन्दा पनि गुटको निर्देशनमा मत हालिएको भनेर टिप्पणीहरु भए ।
यस सन्दर्भमा एकातर्फ अब एमाओवादी संस्थापन पक्षले असहमति जनाउनेमाथि सम्बोधन र व्यवस्थापन गर्न सक्नुपर्छ भने अर्कोतर्फ अहिले सुरू गरिएको निर्वाचन विधिलाई आगामी दिनमा तल्लो तहसम्म पु¥याउने, यो वा त्यो गुट नभनी स्वतन्त्र ढंगले निर्वाचन हुने विधिगत प्रक्रिया अपनाए लोकतन्त्रको विकासमा एउटा ऐतिहासिक खुड्किलो बन्न सक्ने छ । अहिले सुरू गरिएको निर्वाचन विधिलाई पूर्ण रुपमा परिष्कृत गर्दै लोकतन्त्रको विकासमा सहयोग पुग्ने खालको अब्बल लोकतान्त्रिक विधि अख्तियार गर्नुपर्छ । आफ्नो आन्तरिक पार्टीलाई पारदर्शी र एकीकृत बनाई पूर्ण रुपमा स्वतन्त्र ढंगले निर्वाचनमा मत हाल्न पाउने वातावरणको निर्वाचन विधि अख्तियार गर्नुले मात्र लोकतान्त्रिक विधिको औचित्य स्थापित हुन्छ । एमाओवादीलाई चेतना भया ।

Related Posts

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन

भाषामा सीमातीत चीरहरण !

भाषामा सीमातीत चीरहरण !

धर्म जीवनको खोज हो

आफ्नो क्रोधलाई कसरी नियन्त्रण गर्ने !

Discussion about this post

अन‌ि यो पनि

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन
विचार

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन

राणाकालीन समयमा औलो (मलेरिया) लाग्ने क्षेत्रका रुपमा बदनाम चितवन हाल स्वदेशी तथा विदेशी प्रकृतिप्रेमी (नेचर लभर) पर्यटकमाझ अत्यन्त लोकप्रिय छ...

Read more
Chitwan Post

विश्व सम्पदाहरुलाई जोगाऔँ

Chitwan Post

अपाङ्ग सेवा संस्थालाई वासिङ मेसिन

Chitwan Post

रड्स रामपुर र हानामी क्वाटरफाइनलमा

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In