ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कक्षा ११ : अनिर्णयको बन्दी नबनोस्

–डा. धनपति कोइराला

by चितवन पोष्ट
२०७७ पुष २४, शुक्रबार १०:१६ गते
in विचार
0
जननिर्वाचित प्रतिनिधि छोटे राजा नबनून्
3
SHARES
Share on FacebookShare on Twitter

नेपाल सरकार शिक्षा मन्त्रालयले गत वर्ष नै कक्षा ११ र १२ को पाठ्यक्रम तयार पारी कार्यान्वयनमा ल्याउन प्रयत्न गरे पनि छपाइसकेका पुरानो पाठ्यक्रममा आधारित पाठ्यपुस्तक बिक्री गर्न धेरै बाँकी रहेको हुँदा पाठ्यक्रम तयारी नपुगेको, समय घड्किसकेको आदि इत्यादि कारण देखाइएपछि सरकार पछि हट्न बाध्य भयो । यसवर्ष भने सरकार दृढ भएर यसवर्षबाट लागू गर्ने निर्णय गरी सम्पूर्ण नगरपालिका र गाउँपालिकास्थित शिक्षा विभाग र शिक्षा समन्वय एकाइ समितिलाई निर्देशन दिएपछि सर्वत्र नयाँ पाठ्यक्रमअनुरुप पठनपाठन आरम्भ भयो ।
झन्डै पठनपाठन आरम्भ भएको महिनादिन घर्कन लाग्दै गर्दा कोरोनाको कहरलाई मुख्य कारण बनाउँदै पुरानै पाठ्यक्रम लागू गर्न आदेश जारी होस् भन्दै सरकारविरूद्ध मुद्दा परेपछि शैक्षिक संस्थाहरु पुरानो र नयाँ कुन पाठ्यक्रमअनुुसार शिक्षण गर्ने भन्ने अन्योल अन्योलमै झन्डै डेढ महिना बितिसक्दा पनि मुद्दाको पेसी चढ्ने र प्रक्रिया पु¥याउने तथा प्रमाण जुटाउनमा नै सीमित छ ।
आगामी पौष २७ गते बहस पैरवीका निम्ति मिति तोकिए पनि फैसला आउन त्यसपछि पनि केही दिन लम्बिन सक्छ । यसरी हेर्दा झन्डै अढाईदेखि तीन महिनासम्म पठनपाठन अन्योलमा रहनु साँच्चै नै विडम्बनापूर्ण देखिन्छ । हुन त, सरकारले नयाँ पाठ्यक्रमअनुरुप शिक्षण गर्न निर्देश गरेकाले प्रायः शैक्षिक संस्थाहरुले नयाँ पाठ्यक्रम शिक्षण गरिरहेका छन् । कतै अदालतले पुरानै पाठ्यक्रम पढाउन निर्देशन दियो भने समस्या हुने हो कि भन्ने चिन्ता हुने गरेको बुझिएको छ । त्यसै पनि यसवर्ष कोभिड–१९ का कारण ढिला गरी पठनपाठन आरम्भ भएको स्थितिमा झन् तीन महिना ढिला भएमा हालत के होला ? राजनीतिलाई उच्च मह¤व दिने तर लाखौँ किशोरकिशोरीहरुको भविष्यसँग जोडिएको अत्यन्तै संवेदनशील विषयमा चाहिँ ढिलासुस्ती गर्ने प्रक्रिया नै दुःखद छ । यसले अध्ययनरत विद्यार्थी, अध्यापक, शैक्षिक प्रशासन र अभिभावक सबैलाई निकै चिन्तित तुल्याइरहेछ । तर, यस मामिलामा सम्बन्धित निकाय मौनता साधिरहेछ ।
तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बललिँदो परिवेशअनुकूल तयार पारिएको नयाँ पाठ्यक्रमको मर्म र उद्देश्यलाई बुझेर अदालतले फैसला गर्नेमा आपूm पूर्णतः आशावादी रहेको अभिव्यक्ति दिएका थिए । तर, शैक्षिक समस्याबारेमा तत्काल फैसला गरी अन्योलता हटाइहाल्नुपर्नेमा रबरझैँ तन्काउँदै लैजानु दुःखद लाग्दछ । अहिले पाठ्यक्रमअनुरुप पाठ्यपुस्तकसमेत छापिएर बिक्रीवितरण भइसकेको स्थिति छ । भोलि फैसला पुरानै पाठ्यक्रम शिक्षण गर्ने आयो भने ती बच्चाले किनेका पाठ्यपुस्तक फिर्ता हुने स्थिति न्यून नै रहन्छ भने अर्को पाठ्यक्रम सुरूबाटै पढ्नुपर्दा उनीहरुमा शिक्षक, शिक्षण संस्था र वर्तमान शैक्षिक व्यवस्थादेखि सम्मानित अदालतप्रति हेरिने दृष्टिमा समेत नकारात्मक प्रभाव पर्न जाँदा त्यसको क्षतिपूर्ति कहिल्यै पनि पूरा गर्न सकिने छैन ।
यद्यपि, पुरानो पाठ्यक्रम कक्षा ११ र १२ दुवै गरी १००० पूर्णांकको छ भने नयाँ १२०० पूर्णांकको । शिक्षक र कक्षाकोठा आदि इत्यादि व्यवस्थापनमा पुरानो केही सहज देखिन्छ तर समय सान्दर्भिक पाठ्यवस्तु सिकाएर दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा अझै झन्डै १० १२ वर्षअघि निर्मित पाठ्यक्रमकै पुनरावृत्ति गर्ने गरी मुद्दा हालिनु नै आत्मघाती बम प्रहार गर्नुजत्तिकै लाग्दछ ।
हुन त, पाठ्यक्रम सन्तुलित भएन भनेर आपत्ति जनाउनेहरुको पनि लामै पङ्क्ति छ यहाँ । ११ र १२ कक्षाको पाठ्यभारदेखि विषयहरु समावेश नगरिएको भन्नेसम्मका गुनासाहरु छन् । त्यसमा जसरी १० कक्षासम्म आधारभूत ज्ञानका निम्ति विज्ञान विषय समावेश गरिएको छ त्यसरी नै ११ र १२ मा पनि विज्ञान राखिनुपर्ने, गणित विषय राखिनुपर्ने, स्वास्थ्य तथा वातावरणजस्ता विषय र नेपाली विषयको पाठ्यभार बढाउनुपर्नेजस्ता आदि इत्यादि माग र गुनासाहरु पनि छन् । यी विषयहरुमा विशिष्टीकरण गर्न चाहनेहरुले ऐच्छिकरुपमा पढ्न र पढाउन सकिने व्यवस्था पनि भएकाले हुनसक्छ, उल्लिखित गुनासाहरु सम्बोधन नगरिएका ।
यद्यपि, वर्तमान पाठ्यक्रमले विशिष्ट र उच्च उद्देश्य राखेको भए पनि परीक्षामुखी शिक्षण हाबी भइसकेको हाम्रो मुलुकमा अपेक्षित उद्देश्य पूरा हुन कठिन देखिएको छ । आधारभूत तहमा उदार कक्षोन्नतिको नीति आफैँमा आत्मघाती सिद्ध भइरहेछ । जुन अपेक्षा, उद्देश्य र सङ्कल्प गरी उदार कक्षोन्नति लागू गरिएको थियो त्यो प्रतिफलित हुनुको सट्टा झन् त्यसले अधोेमुखी परिणति बोकेर आइरहेको छ ।
शिक्षकले कर्तव्यनिष्ठ भई कम्तीमा पनि तोकिएको निर्धारित २२० दिन सिकाइ र मूल्याङ्कनमा सहभागी भएपछि बालबालिका निर्धारित पाठ्यक्रमअनुरुप सक्षम हुन्छन् भन्ने पाठ्यक्रमले परिकल्पना गरेको छ । त्यस्ता बालबालिकालाई परीक्षा र मूल्याङ्कनको आधारमा रोकेर राखिरहनु नपर्ने भन्ने मान्यतालाई कतिपय शैक्षिक संस्थाहरुले गम्भीररुपमा नलिँदा सिकाइ प्रभावकारी हुन सकेन । विद्यालयमा विद्यार्थी उपस्थित भए पनि शिक्षकले कक्षामा उपस्थित भई सिकाइमा सक्रिय नहुने, झारा टार्ने गरी कक्षामा सहभागी हुने, पढ पढ भनेर आपूm कक्षामा उपस्थित भए पनि गृहकार्य नदिने, दिए पनि नहेरिदिनेजस्ता कार्यले विद्यार्थीहरु सिकाइमा उदासीन भइदिँदा शारीरिक परिपक्वता बढे पनि सिकाइ क्षमता बढ्न सकेन । आधारभूत तहमा सिकिनुपर्ने विषयवस्तुको ज्ञान सिक्न नपाउँदा माध्यमिक तहमा समाविष्ट पाठ्यक्रमअनुरुपका विषयहरु ग्रहण गर्न र गराउन कठिन हुन पुगिरहेछ । त्यस्तालाई कम्तीमा पनि माध्यमिक तहमा उत्तीर्ण गराउन परीक्षामुखी शिक्षण गर्दै गर्दा अरु सक्षम पनि परीक्षाकेन्द्रित बन्न पुगिरहेछन् ।
अझ अक्षराङ्कन पद्धतिले जे परिकल्पना गरेको थियो त्यसको ठीकविपरीत नतिजा देखाइरहेछ अहिले । यसका सकारात्मक पक्षलाई समाएर अघि बढ्नुपर्नेमा नकारात्मक चरलाई समाएर अघि बढिरहेछ शैक्षणिक गतिविधिहरु । अनुत्तीर्ण हुनै नपर्ने भएपछि मन लागे पढ्ने, मन नलागे नपढ्नेदेखि लिएर जटिल विषयहरु हेर्दै नहेर्ने, त्यस्ता शिक्षकका आज्ञा र सल्लाहलाई टेरपुच्छरै नलगाउनेसम्मका कार्य भइरहेछन् । २०४५÷०४६ सालअघि १० कक्षासम्म राखिएको पाठ्यक्रम र तदनुरुप लिइएको एसएलसीमा उत्तीर्ण जनशक्तिको क्षमता र कार्यकुशलता आज १२ कक्षा उत्तीर्णले पनि दिन नसकिरहेको परिस्थिति छ वर्तमानमा । परीक्षा, परीक्षण प्रणाली र नतिजा प्रकाशन प्रणालीमा पनि आइरहेछन् कमीकमजोरीहरु ।
ज्ञानमुखी हुनुपर्ने सिकाइ परीक्षामुखी बन्न पुग्दा वास्तवमा राष्ट्रिय क्षति पुगिरहेको छ । नोट लेखाउने र त्यसलाई घोकाउने परिपाटी अहिले आधारभूत तहबाटै सुरू भइसकेको छ । त्यसले बालबालिकामा निहित सिर्जनात्मक क्षमतालाई कुण्ठित तुल्याइरहेको मात्र छैन, जे घोक्यो त्यो लेख्न सक्ने अरु थोरै शब्दान्तर गरेर प्रश्न आएमा पनि नबुझेर नलेखीकन आत्तिएर बसिरहने स्थिति पैदा भएको छ । समस्यारुपी प्रश्नलाई हरेक कोणबाट हेर्ने, बुभ्mने र मनन गर्ने, यो पाठका सम्भाव्य प्रश्न र उत्तरहरु यसरी आउन र दिन पनि सकिन्छ भनेर मौलिकरुपमा सोच्ने र अभ्यास गर्ने प्रवृत्ति बच्चाबाटै कुण्ठित भएपछि त्यसको असर माध्यमिक हुँदै उच्च तहमा पनि पर्नु स्वाभाविक नै हो । त्यस्ता बालबालिकाहरु अहिले ब्रोइलर कुखुराजस्तै भइरहेछन् । यस्तो स्थिति प्रायः संस्थागत विद्यालयहरुमा देखिएको छ ।
निबन्ध लेखन प्रतियोगिता होस् वा वक्तृत्वकला प्रतियोगिता होस्, दिइएको शीर्षकमा केन्द्रित रहेर प्रायः गुरूले तयार पारिदिएको सामग्री घोकिरहेका हुन्छन् प्रतियोगीहरु कार्यक्रम स्थलमा नै । आज स्नातक तहमा पढिरहेका अधिकांश विद्यार्थीहरु चाहे अंग्रेजी होस् चाहे नेपाली, शुद्ध र स्पष्ट र वाक्यसंगति मिलेको वाक्य निर्माण गर्न सक्दैनन् । केही सिर्जनशील शीर्षकहरुमा एउटादेखि दुइटा वाक्य लेख्न नसकेर थरर काँप्छन् ।
यस्तो विषम परिस्थितिमा नयाँ पाठ्यक्रमले केही सिर्जनशीलता र राष्ट्रिय उद्देश्य एवं लक्ष्यलाई परिपूर्ति गर्ला कि भन्ने सोचिएको छ, त्यो आगामी भविष्यले देखाउला । तर, वर्तमानमा सबैले त्यसको इमानदारितापूर्वक लागू गर्ने र कक्षा सिकाइ कार्यमा मन, वचन र कर्मले पनि लाग्न सकिएमा १२ उत्तीर्ण विद्यार्थी पाठ्यक्रमले राखेका निर्धारित उद्देश्यअनुरुप तयार हुने आशा राख्न सकिन्छ । यसमा अदालतले वैश्विक शैक्षिक पाठ्यक्रम र परिवर्तनशील परिवेशलाई मनन गरी वर्तमानको यो अन्योलतालाई अन्त्य गरी एउटा सशक्त सिकाइको वातावरण निर्माण गर्न यथाशीघ्र फैसला गरिदिने, सरकार, अभिभावक, शैक्षिक प्रशासन र गुरूजनले पनि ज्ञान र सीपमुखी शिक्षणमाथि नै जोड दिँदै दत्तचित्त भएर शिक्षण गरिदिएमा नै आगामी शैक्षिक भविष्य समुज्वल बन्न सक्छ । dpk2068@gmail.com

Related Posts

त्याग र भोगका कुरा (लक्ष्मणरेखा)

त्याग र भोगका कुरा (लक्ष्मणरेखा)

कम्युनिस्ट एक हुँदैमा कांग्रेस हार्दैन : कोइराला

गैँडालाई चरनको अभाव

योगमा सूर्य नमस्कार आसनको महत्त्व

योगमा सूर्य नमस्कार आसनको महत्त्व

Discussion about this post

अन‌ि यो पनि

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी
समाज

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

इनरुवा । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा मंगलबार माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने...

Read more
प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In