भरतपुर । वाल्मीकि स्काउट ट्रुप भरतपुर–६ वैदिक नगरले ट्राफिक नियमसम्बन्धी चेतना अभिवृद्धि कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय भरतपुरका ट्राफिक प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र घिमिरेले युवाहरुलाई लक्षित गरी समय–समयमा ट्राफिक नियमसम्बन्धी जानकारी गराइएमा सडक दुर्घटना न्यूनीकरण हुने बताउनुभयो । कार्यक्रमको विशिष्ट अतिथिमा विद्यालयका प्राचार्य देशबन्धु अधिकारी रहनुभएको थियो ।
Discussion about this post