नारायणगढ । सामुदायिक सेवा केन्द्रले नारायणगढमा रहेका होटल व्यवसायमा आचारसंहिता पालना भए नभएको बारे अध्ययन सुरू गरेको छ ।
केन्द्रले होटलमा कामदारको अवस्था, महिला र बालबालिकाको प्रयोग, सेवा सुविधा, गुणस्तरीयता, दर्ता भए नभएको लगायतका विषयमा अध्ययन थालेको केन्द्रकी अध्यक्ष मीना खरेलले जानकारी दिनुभयो ।
केन्द्रले सम्पूर्ण विवरण समेटेको फाराम होटललाई वितरण गरेको छ । ती फारामहरुको संकलनपछि प्रहरी, होटल व्यवसायी संघ र सामुदायिक सेवा केन्द्रले संयुक्त रुपमा अनुगमन गर्ने केन्द्रका सूचना सञ्चार एवम् प्रकाशन संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
०६४ सालमा जिल्ला प्रशासन, प्रहरी, होटल व्यवसायी र सामुदायिक सेवा केन्द्रसहितको समझदारीमा तयार भएको आचारसंहिता कार्यान्वयन गराउन आफूहरुको अभियानले सहयोग पु¥याउने केन्द्रका उपाध्यक्ष महेशकुमार पौडेलले बताउनुभयो ।
१९ बुँदे आचारसंहितामा राति ११ बजेसम्म मात्र होटल सञ्चालन गर्न पाउने, बालश्रम प्रयोग गर्न नपाउने, स्वस्थकर खानेकुरा बिक्रीवितरण गर्नुपर्ने, कामदारलाई उचित पारिश्रमिक दिनुपर्ने, दर्ताका कागजात देखिने गरी राख्नुपर्ने, ग्राहकको अभिलेख गर्नुपर्नेजस्ता प्रावधान राखिएका छन् ।
अनुगमनका अभावमा आचारसंहिता कार्यान्वयनमा समस्या आउने गुनासो बढेपछि केन्द्रले अध्ययन थालेको हो । होटल अध्ययनको क्रम आगामी साउन महिनासम्म सकिने लक्ष्य राखिएको छ । पहिलो चरणमा नारायणगढ बजार क्षेत्रका ३ सय होटलको अनुगमन गर्ने केन्द्रले जनाएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र नारायणगढ बजारलाई शान्त, सभ्य र सुरक्षित बनाउन चेतनामूलक अन्य कार्यक्रमहरु पनि सञ्चालन भइरहेको केन्द्रले जनाएको छ । लागू पदार्थ दुव्र्यसनी सम्बन्धी विद्यालयहरुमा सचेतना कार्यक्रम भएका छन् ।
त्यस्तै समुदायमा हुने झैझगडा, ठगी, घरेलु हिंसाजस्ता समस्याहरुमा पीडितका पक्षमा समन्वय गर्दै आएको केन्द्रका सूचना संयोजक अधिकारीले जानकारी दिनुभयो ।
यता, जिल्ला प्रहरी कार्यालय चितवनले सामुदायिक सेवा केन्द्रले सभ्य समाज स्थापनाका लागि मह¤वपूर्ण भूमिका निर्वाह गरी शान्ति सुरक्षा कायम गर्न मह¤वपूर्ण सहयोग प्राप्त भएको जनाएको छ ।
हालै चितवनमा सरुवा भई आउनुभएका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले सामाजिक अपराध न्यूनीकरणमा जनताको सहयोग अपरिहार्य भएको बताउनुभयो । उहाँले जनताको सहयोग नभए प्रहरी एक्लो हुने धारणा राख्नुभयो ।
प्रहरी नायव उपरीक्षक कोइरालालाई केन्द्रले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । नारायणगढ स्थित कार्यालयमा भएको कार्यक्रममा स्थानीय समुदायको उलेख्य सहभागिता रहेको थियो ।
Discussion about this post