ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनमा कुष्ठरोगीको संस्था घट्दो

by चितवन पोष्ट
२०७१ जेष्ठ ३१, शनिबार ०२:५८ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । जिल्ला जनस्वाथ्य कार्यालय चितवनले जिल्लामा कुष्ठरोग निवारणको चरणमा रहेको जनाएको छ । रत्ननगरमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्यालयले कुष्ठरोग अन्त्य पनि भइनसकेको र विकराल समस्या पनि नरहेको जानकारी दिएको छ ।
पाँच बर्षअघि एक हजारभन्दा बढी कुष्ठरोगी रहेको चितवनमा त्यो संख्या घटेर ५० मा पुगेको छ । पाँच बर्षको तथ्याङ्क र अहिलेको तथ्याङ्क हेर्दा चितवनमा ९५ प्रतिशतले कुष्ठरोगीको संख्या घटेको कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीले बताउनुभयो ।
नेपाल सरकारले कुष्ठरोगको उल्मूलनको लागि बहुऔषधि उपचार पद्धति लागू गरेपनि चितवनमा कुष्ठरोग निवारणको अवस्थामा पुगेको उहाँले बताउनुभयो । शरीरमा नचिलाउने खालको लाटोफुस्रो दाग आउनु कुष्ठरोगको लक्षण हो ।
कुष्ठरोग सर्ने र नसर्ने दुई प्रकारको छ । शरीरमा ५ वटाभन्दा कम दाग आयो भने त्यो नसर्ने र ५ भन्दाबढी दाग देखिए त्यो सर्ने खालको रोग हो भनेर सजिलै पहिचान गर्न सकिने क्षयकुष्ठ अधिकृत दुवाडीले बताउनुभयो । नसर्ने रोग भएका व्यक्तिले ६ महिना नियमित र सर्ने रोग भएका व्यक्तिले एक बर्ष नियमित औषधि सेवन गरे रोग पूर्ण रुपमा निको हुने उहाँले बताउनुभयो ।
कुष्ठरोग निवारणको लागि जिल्लामा सुरू गरिएको अभियान सफल भएको क्षयकुष्ठ अधिकृत दुवाडीले बताउनुभयो । कुष्ठरोगको नियमित औषधि सेवन गरेर रोग निको भएकाले सरकारले प्रोत्सहान स्वरुप एक हजार दिने गरेको छ । औषधि खाएर कुष्ठरोग निको हुने भएपनि औषधि खाँदै गरेका र निको भइसकेकाहरुले पनि अङ्गभङ्ग हुनबाट बच्न दैनिक जसो सावधानि अपनाउनु पर्ने विज्ञहरु बताउँछन् ।
औषधि खाँदाखाँदै पनि समस्या आउने भएकाले नियमित रुपमा रोगी स्वास्थ्य संस्थाको सम्पर्कमा हुनुपर्ने क्षयकुष्ठ अधिकृत दुवाडीको भनाइ रहेको छ । कुष्ठरोगीहरुको समस्या सामधानको लागि पूर्वी चितवनमा कुष्ठरोगीहरुले समूह बनाएका छन् ।
‘स्थानीयस्तरमा आउने समस्यालाई समाधान गर्न समूह बनाइएको हो’, उहाँले भन्नुभयो, ‘औषधि सेवन नगर्ने, आर्थिक समस्या पर्ने अवस्था आए समूहमार्फत सामाधान गरिन्छ । कुष्ठरोगको औषधि सरकारले निःशुल्क वितरण गर्दै आएको छ ।

 

Related Posts

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

Discussion about this post

अन‌ि यो पनि

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा
प्रमुख समाचार

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क भइसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र...

Read more
सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In