जगतपुर । पश्चिम चितवनको जगतपुरका युवाहरुलाई पशुपालन व्यवसायमाफर्त आत्मनिर्भर बनाउन पशुपालनसम्बन्धी तालिम दिइएको छ ।
युवा तथा साना व्यवसाय स्वरोजगार कोष चितवनले जगतपुरका २५ जना युवालाई दिइएको ६ दिने तालिममा दुहुनो गाईभैँसीको छनोट गर्ने तरिका, जीवाणु तथा वंशानुगत रोगहरु र त्यसका रोकथामका उपायहरु, घाँस व्यवस्थापनजस्ता विषयमा जानकारी गराइएको छ ।
तालिममा सहभागी गीतानगर–९ का विष्णुप्रसाद आचार्यले दूधको मूल्य कम हुनु, लागत बढी पर्नुले किसानलाई मार परेको बताउनुभयो । उहाँले मकैचरी, सामा, नेपियर, डालाघाँसको खेती गरिएपनि पशुका लागि घाँस पर्याप्त हुन नसक्दा उत्पादनका कमि आउन सक्ने बताउनुभयो ।
भेटेरिनरी डा. अर्जुन चापागाईले पशुपालन व्यवसायले आत्मनिर्भर बन्न सकिने भएपनि जानकारी लिएर पशुपालन गरे आम्दानीमा वृद्धि गर्न सकिने बताउनुभयो । उहाँले पशुपालन व्यवसायमा आउने चुनौतिको सामना गर्न स्वयम् कृषकहरुलाई नै सक्षम बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।
चितवनमा युवा तथा साना व्यवसायी स्वरोजगार कोÈवाट लगानी भएको मध्ये ७५ प्रतिशत रकम गाईपालन, माछापालन, तरकारी खेती, बंगुरपालनमा लगानी भएको जनाइएको छ । कोषका जिल्ला प्रतिनिधि रामचन्द्र लम्सालले ३ वर्षे सम्झौताको कार्यक्रम सकिएलगत्तै नयाँ सहकारीलाई समेत थप्ने योजनामा रहेको बताउनुभयो ।
६ सय ५० जना युवाहरुले सो कोषबाट सहकारीमार्फत प्रवाह भएको ऋण लिएर व्यवसाय सुरू गरेका छन् ।
Discussion about this post