ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

वैकल्पिक आम्दानीको श्रोत बन्दै माछापालन

by चितवन पोष्ट
२०७१ जेष्ठ ३१, शनिबार ०२:४८ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

धादिङ । माछापालनबाट छोटो समयमा राम्रो आम्दानी लिन सकिने भएपछि धादिङका किसानहरु व्यावसायिक माछापालनतर्फ आकर्षित हुनेक्रम बढेको छ ।
परम्परागत खेती गर्दै आएका कृषकहरु कम मेहनत तथा छोटो समयमा माछापालनबाट राम्रोे आम्दानी हुने देखिएपछि व्यावसायिक रुपमा माछापालनतर्फ लागेका हुन् । धादिङ जिल्लामा मात्र बार्षिक १२२ क्विन्टल माछा व्यावसायिक रुपमा उत्पादन हुने गरेको छ ।
घरायसी प्रयोजनका लागि जिल्लामा बर्षौंदेखि माछापालन हुँदै आएको भएपनि चार पाँच बर्षयता भने ठूलो लगानी गरेर माछापालन गर्ने किसानको संख्या जिल्लामा बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ ।
पृथ्वीराजमार्गको मलेखु र अन्य बजार खण्डमा व्यावसायिक रुपमा माछाका परिकारहरु बनाएर बिक्री गर्ने पसलहरु खुल्नेक्रम बढेपछि स्थानीय किसानहरु माछापालनतर्फ आकर्षित भएका हुन् । माछा प्रोटिनयुक्त हुने भएकोले माछाको माग बजारमा बढ्दो छ ।
राजमार्ग र आसपासका गाउँबस्तीमा सुरू गरिएको माछापालन केन्द्रमा माछा किन्नका लागि व्यापारीहरु पोखरीमा नै आउने भएपछि माछाको बजारीकरणमा समस्या नभएको किसानहरु बताउँछन् । परम्परागत खेतीमा निकै लगानी र समय खर्चिदा पनि उपलव्धि सोचेजस्तो हुन छाडेपछि वैकल्पिक पेसाका रुपमा व्यावसायिक माछापालन सुरू गरेका बैरेनी–९ का विष्णुप्रसाद अधिकारी थोरै समयमा पाछापालन व्यवसाय गरेर राम्रो आम्दानी लिन सकिने बताउँछन् ।
धादिङमा पछिल्ला बर्षमा व्यावसायिक माछापालन गर्ने किसानहरुको संख्या बढ्न थालेको छ । माछाको परिकारमा रमाउने उपभोक्ताहरुको संख्या बढ्न थालेपछि गाउँगाउँमा व्यावसायिक माछापालन पनि फस्टाउन पुगेको हो ।
बजारको समस्या नहुने भएकाले राजमार्गका छेउछाउ, सदरमुकाम आसपास र ग्रामीणभेगहरुमा समेत व्यावसायिक माछापालन हुने गरेको छ ।  घरवरिपरि खेर गएको पानीलाई पोखरीमा जम्मा गरेर माछापालन गर्ने किसानको संख्या धादिङमा धेरै भएपनि एक रोपनी भन्दा बढी जग्गामा व्यावसायिक रुपमा माछापालन गरिरहेका किसानको संख्या अहिले १४ जना पुगेको जिल्ला कृषि विकास कार्यालय धादिङका कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थी बताउँछन् ।
घरायासी प्रयोजनका लागि माछापालन गरिरहेका किसानको संख्या जिल्लामा निकै भएपनि कार्यालयले चालु आर्थिक बर्षका लागि जिल्लामा ५ हेक्टर क्षेत्रफलमा माछापालन विस्तार गर्ने लक्ष्य लिएर काम गरिरहेको पनि पन्थीले बताए । कार्यालयले माछापालनका लागि उपयुक्त देखिएको स्थानमा पोखरी बनाएर आउने किसानलाई प्रतिरोपनी १० हजारका दरले अनुदान सहयोग उपलव्ध गराउँदै आएको छ ।
स्थानीय उत्पादनले नधानेको कारण अझैपनि वीरगन्ज, जनकपुरलगायतका स्थानबाट ल्याएका माछाले मलेखुको बजार लिएको माछा पसलेहरु बताउँछन् । मलेखुमा मात्र माछाको परिकार बनाउने  एक सयभन्दा बढी होटलहरु संचालनमा रहेका छन् ।
कृषकलाई माछापालन व्यवसायतर्फ आकर्षण गर्न प्रोत्साहन स्वरुप नयाँ पोखरी निर्माणका लागि अनुदान सहयोग उपलब्ध गराएपछि यस पेसामा आउन चाहने किसानको संख्या बढ्दै गएको पन्थीले बताए ।

Related Posts

Chitwan Post

विद्यार्थीलाई स्वीटर वितरण

Chitwan Post

महिलालाई बाख्रापालन तालिम

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

Discussion about this post

अन‌ि यो पनि

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने
कला

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन । चलचित्र पत्रकार संघ चितवन शाखाले तीन जना पत्रकार तथा एक जना कलाकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाको...

Read more
महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

देशभरका ६२ अस्पतालमा कोरोनाविरुद्धको १२० खोप केन्द्र

देशभरका ६२ अस्पतालमा कोरोनाविरुद्धको १२० खोप केन्द्र

Chitwan Post

निर्माण सामग्री व्यवसायीको साधारण सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In