ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि

–तुलमान गुरूङ

by तुलमान गुरूङ
२०७७ पुष २३, बिहीबार ०९:२१ गते
in अर्थ, प्रमुख समाचार
0
649
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । नेपालमा पछिल्लो केही दिनयता निर्माण सामग्रीमा अस्वाभाविकरुपमा मूल्य वृद्धि भएको छ । विशेषगरी, छड र सिमेन्टमा मूल्य वृद्धि भएको हो । अस्वाभाविकरुपमा मूल्य वृद्धि भएपछि आमउपभोक्ता मर्कामा परेका छन् । तर, के कारणले मूल्य वृद्धि भएको हो भन्ने विषयमा व्यवसायी नै अनभिज्ञ छन् । ‘मैले हार्डवेयर व्यवसाय गरेको १४ वर्ष भयो, यसरी अस्वाभाविक तरिकाले मूल्य वृद्धि भएको थाहा पाएको थिइनँ’, पाण्डव हार्डवेयर धर्मचोकका सञ्चालक कृष्ण खरेलले भने, ‘पहिलोपटक यतिधेरै मूल्य वृद्धि भएको थाहा पाएँ । अहिले के कारणले यसरी मूल्य वृद्धि भएको हो भन्ने हामीले नै थाहा पाउन सकेका छैनौँ ।’
अहिले छड प्रतिकिलो एक सय रूपैयाँको हाराहारीमा बिक्री भइरहेको उनले बताए । तिहारअघिसम्म प्रतिकिलो ७२ रूपैयाँमा बिक्री भएको छड अहिले ९८ रूपैयाँका दरले बिक्री भइरहेको छ । सिमेन्टमा पनि प्रतिबोरा ४० रूपैयाँ मूल्य वृद्धि भएको उनले बताए । पुस १ गते प्रतिबोरा १० रूपैयाँ मूल्य वृद्धि भएको सिमेन्टमा पुस १० गतेदेखि फेरि १० रूपैयाँ बढाएर एउटै बोरामा ४० रूपैयाँ वृद्धि गरेको उनले बताए । लकडाउनअघि ७२ रूपैयाँसम्ममा बिक्री गरेको छड अहिले एक सयको हाराहारीमा पुगेको छ भने पिपिसी सिमेन्ट प्रतिबोरा ६५० र ओपिसी सिमेन्ट प्रतिबोरा ७५० रूपैयाँका दरले बिक्री भइरहेको छ ।
निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएपछि व्यापारमा समेत गिरावट आएको व्यवसायीहरुले बताएका छन् । अत्यधिक मात्रामा मूल्य वृद्धि भएपछि हार्डवेयर व्यवसायमा करिब ३५ प्रतिशसम्म घाटा लागेको व्यापारीहरुको आँकलन छ । कोरोना महामारीको चपेटामा परेको व्यापारमा मूल्य वृद्धिले अर्को समस्या थपेको धौलागिरि हार्डवेयर हाकिमचोकका सञ्चालक विष्णु कँडेलले जानकारी दिए । ‘कात्तिकको २८ गतेसम्म ८० रूपैयाँ प्रतिकेजीमा बिक्री भएको छड अहिले ९८ रूपैयाँमा बिक्री गर्नु परेको छ’, उनले भने, ‘प्रतिकिलो १८ रूपैयाँको दरले मूल्य वृद्धि भएपछि व्यापारमा ठूलो असर परेको छ ।’ काम सुरू गरिसकेका उपभोक्तालाई जसोतसो काम सक्नैपर्ने बाध्यता भए पनि नयाँ निर्माण गर्ने उपभोक्ताले हाललाई थाती राख्ने गरेको उनले बताए ।
कारखानाबाटै मूल्य वृद्धि भएर आएकोले कुनै पनि व्यापारीलाई के कारण यति ठूलो अन्तरमा मूल्य वृद्धि भएको हो भन्ने जानकारी नभएको उनको भनाइ छ । उनका अनुसार पञ्चकन्या कम्पनीले प्रतिकिलो ९८ रूपैयाँ मूल्य तोकेर पठाएको छ भने हिमालको १०४ रूपैयाँ २३ पैसा तोकेरै पठाएको छ । ‘हामीले हिमाल कम्पनीको छड बेच्न सक्ने अवस्थामा छैन’, उनले भने, ‘अहिलेलाई पञ्चकन्याको मात्रै बिक्री गरिरहेका छौँ ।’
काम थालिसकेपछि भएको मूल्य वृद्धिले निर्माण क्षेत्रमा लगानी बढ्दा उपभोक्ता ठूलो समस्यामा परेको धर्मचोककी सावित्री सापकोटाले बताइन् । ‘सुरूमा ७४ रूपैयाँ किलोका दरमा झारेको छड अहिले ९८ रूपैयाँ प¥यो’, उनले भनिन्, ‘मूल्य वृद्धिले ढाड सेकिए पनि थालिसकेको काम रोक्न नमिल्ने, कस्तो अप्ठ्यारोमा परियो ।’ घर निर्माणको काम थाल्दा अनुमान गरेको खर्चको दोब्बरले पनि निर्माण सम्पन्न हुने छाँटकाँट नदेखेको उनले बताइन् ।
निर्माण सामग्री कम्पनीले भने नेपाली बजार भारतीय उत्पादनमा निर्भर रहनु, कोरोनाका कारण मजदुरको अभाव, कच्चा पदार्थकै मूल्य वृद्धिलगायतका कारण त्यसको असर नेपालमा परेको बताएको छ । ‘कोरोनाका कारण खानीमा काम गर्ने मजदुरको अभावमा उत्पादन नै कम हुँदा मूल्य वृद्धि भएको हो’, पञ्चकन्या स्टीलका रिजनल म्यानेजर गोपालप्रसाद वाग्लेले भने, ‘कोरोनाका कारण अधिकांश कम्पनीहरु घाटामा गएकोले पनि घाटा कम गर्न मूल्य वृद्धि गरेको हो ।’ तर, अहिलेको मूल्य वृद्धि स्वाभाविक नै रहेको उनको भनाइ छ । तत्काल घट्न सक्ने सम्भावना नरहे पनि माघ महिनाको अन्त्यतिर केही कम भई स्थिर रहन सक्ने अनुमान रहेको उनले बताए ।

Related Posts

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In