ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सस्तो मूल्यको महँगो पुस्तक ः ‘संसार जित्ने सूत्र’

by चितवन पोष्ट
२०७१ जेष्ठ ३१, शनिबार ०२:४६ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

हरिहर दवाडी
‘हाम्रो शरीर नै एउटा सानो संसार हो । स्वयम्लाई जित्नु नै एक प्रकारले संसार जित्नु हो । मनमा चाहे राम्रा विचार आऊन् वा नराम्रा, तिनलाई हेरेर केवल मुस्कुराइदिऊँ । तपाईँ हाम्रो मुस्कानमा घृणा र दुर्वृत्तिलाई पनि पानीपानी बनाउने रसायन छ ।’— यी वाक्यांशहरु चितवन पोष्ट दैनिकका नियमित स्तम्भकार एवम् जीवन–मूल्यवादी साहित्य लेखनमा पृथक् पहिचान बनाएका लेखक आचार्य लक्ष्मण भण्डारीको भर्खरै प्रकाशित पुस्तक ‘संसार जित्ने सूत्र’ बाट साभार गरिएका हुन् ।
करिब डेढ दशकअघिदेखि मानवमात्रलाई जीवनमूल्य, अध्यात्म विज्ञान र जीवनका गहन कर्तव्यप्रति प्रेरित गर्ने, जीवनप्रति सकारात्मक चिन्तनप्रधान लेखन तथा वाचन क्षेत्रका प्रवीण युवा हस्ताक्षर हुन्, लक्ष्मण भण्डारी । नेपाली र अङ्ग्रेजी दुवै विषयमा स्नातकोत्तर उनले संस्कृत, इतिहास, पुराण विषयमा पनि आचार्य उपाधि हासिल गरेका छन् । नीति, धर्म, आदर्श र स्वस्थ जीवन–दर्शनका लागि समर्पित भण्डारीको लोकप्रिय रेडियो कार्यक्रम जीवनगङ्गा नेपालका दर्जनौँ एफएम रेडियोहरुमार्पmत दैनिक गुञ्जने गरेको छ । ‘अनमोल दृष्टान्त’, ‘सनातन जीवनदर्शन’ र ‘जीवनमूल्य’ जस्ता मह¤वपूर्ण कृतिहरु प्रकाशित गरिसकेका भण्डारीले हालैमात्र फेरि दुईवटा पठनीय र प्रेरक कृतिहरु सँगसँगै सार्वजनिक गरेका छन् । बजारमा उपलब्ध भइसकेका आचार्य लक्ष्मण भण्डारीका यी नवसृजित दुई कृतिहरु ‘संसार जित्ने सूत्र’ र ‘हामी हाँसे संसार हाँस्छ’ हुन् ।
‘संसार जित्ने सूत्र’ आचार्य लक्ष्मण भण्डारीको सार्थक जीवनयापनको लागि गहन दृष्टान्तहरु तथा अद्भुत प्रेरणादायी लेखहरुको सङ्ग्रह हो । विद्यार्थी पुस्तक भण्डार, भोटाहिटी काठमाडौँद्वारा प्रकाशित तथा वितरित भण्डारीको ‘संसार जित्ने सूत्र’ आकर्षक श्यामवर्णको भित्रपट्टि उज्यालो गोलाकारमा मानिस जागिरहेको कलेवरमा प्रस्तुत भएको छ भने ३० वटा अध्यायहरुमा मार्मिक एवम् जीवनप्रेरक निबन्धहरु समावेश गरिएका छन् । विद्यार्थी पुस्तक भण्डारका प्रमुख शान्त गौतमले मानवलाई सकारात्मक दिशामा प्रगतिशील बन्न अत्यावश्यक अध्यात्म एवम् जीवनदर्शनका रुपमा लक्ष्मण भण्डारीको ‘संसार जित्ने सूत्र’ सफल एवम् सार्थक बन्ने विश्वास आफ्नो प्रकाशकीयमा व्यक्त गरेका छन् । लेखकीयमा लेखक आचार्यले संसार जित्नको लागि अति जटिल महँगो युद्धको आवश्यकता पर्दैन, स्वयम्ले आफ्नो मनमाथि विजय हासिल गरेर भौतिक मह¤वाकाङ्क्षाहरुका किल्लाहरुलाई भत्काउन सकेमा नै संसार जितेको प्रत्यक्ष अनुभूति हुने तथ्य उल्लेख गरेका छन् ।
भण्डारीको ‘विपरीत एकान्त’ बाट सुरू भई ‘यसरी हुँदोरहेछ दया पनि अपराध’ को अन्तिम शीर्षकसम्मको जम्मा तीसवटा निबन्धहरुको सङ्ग्रहमा प्रत्येक अध्यायमा सुन्दर र दुर्लभतम दृष्टान्तहरु एवम् तिनीहरुका दर्शनमाथि गरिएका वैज्ञानिक व्याख्यानहरु सरल र ग्रहणीय छन् । अनेकन् अप्ठ्यारा र तनावका कारण उत्पन्न निराशा र जटिलताका बीचमा पनि कसरी शान्ति र धैर्यताका साथ समस्याहरुको समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही आमपाठकलाई प्रशस्त जीवनदायिनी प्रेरणा, परामर्श र ऊर्जा प्रदान
गर्नु आचार्य भण्डारीको लेखकीय वैशिष्ट्य हो ।
संसार जित्ने यात्राका समस्त सहभागीहरुलाई समर्पित ‘संसार जित्ने सूत्र’ को पहिलो अध्यायमा नै पाठकहरु आफ्नो मनको वास्तविकताप्रति गम्भीर भई जीवनको रुपान्तरण गर्न प्रेरित बन्छन् । किनकि, विपरीत एकान्तको मनोवैज्ञानिक र कटु सत्यलाई लेखकले मानवको अन्तर्मनभित्रै पसेर केलाउँदै सकारात्मक दिशातर्फ समाधानका उपायसमेत सुझाएका छन् । समूहमा जति भद्र–भलाद्मी देखिए पनि अधिकांश मानिसहरु एकान्तमा भने भोग र रागको संसारमा नै चुर्लुम्म डुबुल्की मार्छन् र परिणाममा मात्र अशान्ति र पीडा भोग्न विवश
हुन्छन् । तसर्थ, लेखक भण्डारीले आन्तरिक मान्छेलाई बाहिरी मान्छेभन्दा सभ्य र अनुशासित बन्न सदृष्टान्त विवेकपूर्ण मर्यादित एकान्त निर्माण गर्ने उपाय प्रदान गरेका छन् ।
‘स्वर्गलाई नर्क बनाउने धर्महरु’ शीर्षकमा लेखकले विविध धर्महरुको साम्प्रदायिकताभन्दाभित्रको प्राकृतिक धार्मिकताको अवलम्बन गर्न प्रेरित गरेका छन् भने ‘गतिशील अध्यात्मवाद’ शीर्षकमा धर्म र अध्यात्मको वैज्ञानिक एवम् व्यावहारिक बहस पेस गरेका छन् । उनका अनुसार अध्यात्मले कसैलाई पनि गाली गर्दैन । सच्चा अध्यात्मले न पैसालाई घृणा गर्छ, न धनसम्पत्तिलाई घृणा गर्छ, न परिवारलाई घृणा गर्छ, न त समाजलाई नै । अध्यात्ममात्र यस्तो दर्शन हो, जहाँ सबै सहभागी हुन सक्छन्, सबै सम्मानित हुन सक्छन् र सबै सन्तुष्ट हुन सक्छन् । नजिकको तीर्थ हेलाँ भनेझैँ आफ्नो घरभन्दा अर्काको घर राम्रो देख्ने, आफ्नी श्रीमतीभन्दा अर्काकी श्रीमती राम्री देख्ने, आफ्नो श्रीमान्भन्दा अर्काको श्रीमान् राम्रो देख्ने, स्वदेशभन्दा विदेश राम्रो ठान्ने आदि कमजोर मानसिकताको पर्दाफास गर्दै लेखक भण्डारीले आफ्नो शरीरलाई मन्दिरसमान, आफ्नो घरलाई स्वर्गसमान र आफ्नो देश र गाउँलाई दर्शनीय तीर्थस्थल बनाउन आत्मविश्वास, प्रेम, स्नेह र समर्पणको पाठ पढाएका छन् ।
अनुकरण गर्नै परे पनि सकारात्मक पक्षको नै गरौँ भन्ने भावका साथ ‘साधुको नाटक गर्ने चोरको कथा’ ले एक पटक हरेक पाठकको आत्मपरिवर्तन गराइदिन्छ । आफूभित्रको असीम सम्भावनालाई चिनेर पुरूषार्थ गर्नु नै वास्तविक लोडसेडिङ हटाउने उपाय हो भन्ने आचार्य भण्डारीको जिकिर छ । सर्वस्वीकृति र लचकता नै जीवन जिउने सूत्र हुन् भन्दै ‘नदीमाथि झारपातको विजय’ शीर्षकमा शिष्टताले नै विशिष्टता हासिल हुने सूत्र प्रतिपादन गरेका छन् । स्वयम् दर्शनको विज्ञानमा लेखकले ‘अप्पदीपो भव’ को मर्मलाई सरल शब्दमा व्याख्या गरेका छन् । स्वनिरीक्षण र सत्कर्मद्वारा नै आत्मशान्ति मिल्ने तथ्यलाई भण्डारीले धर्मको मर्म ठानेका छन् ।
शक्ति, सम्पत्ति र सफलताबाट नबिग्रने मानिस अत्यन्त थोरै हुन्छन्, किनकि शक्ति र सफलताको आकर्षणमा मान्छेले मूल्य, आदर्श र अनुशासनको सीमारेखा उल्लङ्घन गर्ने सम्भावना बढी हुन्छ । ‘सिकाउन बाँकी दाउपेच’ शीर्षकको मार्मिक लेखमा भण्डारीले घमण्ड र अहङ्कार हटाएर सरल र स्वाभाविक जिन्दगी जिउन सार्थक प्रेरणा दिएका छन् । महावीर र उनको नग्नताको रहस्य गहिरो आत्मबोध र सांसारिक अनाशक्तिको परम प्राप्तिको अवस्था हो भन्ने सन्देश प्रस्तुत गर्दै भण्डारीले ‘वास्तविक सन्न्यास’ शीर्षकमा सत्यमा स्थित रहनु अर्थात् रागहरुबाट माथि उठेको अवस्था नै सन्न्यास हो, गेरूवस्त्र र कमण्डलु नै मात्र सन्न्यासीको खास लक्षण होइन भन्ने गहन आध्यात्मिक सन्देशबाट पाठकहरुलाई पे्ररित गरेका छन् । फूलको आँखामा फूलै संसारको मर्मलाई उजागर गर्दै लेखकले अभावमा बाँच्नेहरुलाई घृणाको बदलामा प्रेम र पे्ररक सहयोगको खाँचो रहेको औँल्याउँदै पे्रम, स्नेह, स्वपरिवर्तन, सहयोग, दया, सर्वस्वीकृति, परिश्रम र सरलतालाई नै संसार जित्ने सूत्रको आधार निरुपण गरेका छन् । केवल मुस्कान र सहिष्णुताको हतियारले नै सम्पूर्ण घृणा र दुर्वृत्तिहरुमाथि विजय प्राप्त गर्न सकिने लेखकको विमर्श छ ।
‘भाग्य ठूलो कि पुरूषार्थ ?’ भन्ने अनिर्णित सवालको चित्तबुझ्दो जवाफमा कर्म अर्थात् पुरूषार्थद्वारा नै भाग्यको निर्माण गर्न हुने तथ्य विश्लेषक लेखकले प्रस्तुत गरेका छन् । आसक्तिलाई त्यागेर संयमपूर्वक कर्तव्य निर्वाह गरेमा घरमै बसेर मुक्तिको बाटो निर्माण गर्न सकिने विश्वास व्यक्त गर्दै उनले ‘मृत्यु ः मान्छे बनाउने औषधि’ शीर्षकमा ‘मृत्यु हाम्रो शत्रु होइन, सत्य हो, मित्र हो, हितैषी हो । हाम्रो जीवन यति प्रितीकर यही मृत्युका कारणले भएको हो । यदि हामीसँग मृत्यु हुँदैनथ्यो भने त जीवन पनि हुँदैनथ्यो । जीवन यही मृत्युका कारण सुन्दर भएको हो, प्रिय र पवित्र भएको हो । यसैले, मृत्यु हाम्रो जीवनको सौन्दर्य हो ।’ भन्ने नितान्त नवीन र सकारात्मक जीवनदर्शनको विज्ञानलाई सरल  स्पष्ट तरिकाले बुझाएका छन् ।
‘फलेको वृक्षको हाँगो ननुहेको कहाँ छ र ?’ भन्ने उक्तिलाई ‘अरुलाई मूल्य दिने विद्वान्’ शीर्षकमा प्रस्तुत दृष्टान्त र त्यसको व्याख्याले मनै छोइदिन्छ । जीवनको विष भनेको आलस्य हो भने विवेकपूर्ण श्रम नै संजीवनीसमान हो भन्दै लेखकले जिजीविषा हुनेहरुलाई उपेक्षा र अस्वीकार होइन, समस्याहरुलाई प्रेम गर्दै सामना गर्न हिम्मत गरेमा नै सफल बन्न सकिने रोचक प्रसङ्ग पुस्तकमा उल्लेख गरेका छन् । सम्पूर्ण जगत् अस्तित्व अर्थात् ईश्वरको रुप भएकाले सार्वभौम ईश्वरलाई स्वीकार्नु नै आस्तिकता हो र आपूmलाई मात्र सर्वेसर्वा मान्दै अर्काको अस्तित्वलाई नकार्नु नै नास्तिकता हो भन्ने तथ्यलाई ‘आस्तिकता अन्तस्करणमा’ भन्ने शीर्षकमा सटीक रुपमा व्याख्या गरिएको छ ।
लेखकले ‘संसार जित्ने सूत्र’ मा जति पढे पनि थकित नहुने र जीवनप्रति अझ जागरूक बनाउने अन्य ऊर्जादायी सन्दर्भहरुलाई पनि विभिन्न शीर्षकमा पुस्तकमा प्रस्तुत गरेका छन् । जन्मनु, बाँच्नु र मर्नुको सार्थकता, कीरा र हीराको कथा, आँखाको ज्योति बढाउने उज्यालो, के ठीक के बेठीक ?, नकटाहरुको सम्प्रदाय, स्वयम्लाई महान् बनाउने अभ्यास, दुष्टतादेखि सावधान एवम् सम्पूर्ण तृप्तिको रहस्यजस्ता शीर्षकहरुमा गहन दृष्टान्त र व्याख्यानयुक्त सन्दर्भले पाठकलाई सस्तो मनोरञ्जनभन्दा आनन्दपूर्ण, सार्थक र सफल जीवन निर्माण गर्न प्रशस्त मार्गदर्शन गरेको छ । विद्यार्थी प्रकाशनले हालै प्रकाशित गरेका दुई जुम्ल्याहा कृतिहरु ‘हामी हाँसे संसार हाँस्छ’ र ‘संसार जित्ने सूत्र’ मध्ये ‘संसार जित्ने सूत्र’ का बारे यहाँ चर्चा गरिएको हो । पुस्तकको आवरण पनि अत्यन्त आकर्षक रहेको छ ।
कुल २०४ पृष्ठ सङ्ख्या भएको पुस्तकको मूल्य जम्मा १७५ राखिएको छ । प्रत्येक पाठकलाई पुस्तकले सफल, आदर्श र चरित्रशील बन्न उच्च प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा कतै सन्देह देखिँदैन । हामीले व्यर्थका काममा सयौँ, हजारौँ रूपैयाँ खर्च गर्ने गर्दछौँ । होटलमा पसेर सामान्य खाजानास्ता खाँदा पनि सयौँ खर्च हुने गर्दछ । तर भण्डारीका पुस्तक पढेर हामीले सस्तो मूल्यमा जीवनका लागि किन्नै नसकिने उच्च प्रेरणा र ऊर्जा प्राप्त गर्न सक्दछौँ । सस्तो मूल्यमा महँगो ज्ञान प्रदान गर्ने ‘संसार जित्ने सूत्र’ पुस्तकका लेखक आचार्य लक्ष्मण भण्डारीको लेखनयात्रा निरन्तर अघि बढोस् । धेरैधेरै शुभकामना !

Related Posts

धर्म जीवनको खोज हो

जीवनमा खुसीको महत्त्व के छ !

धर्म जीवनको खोज हो

धर्म जीवनको खोज हो

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

Discussion about this post

अन‌ि यो पनि

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा
प्रमुख समाचार

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क भइसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र...

Read more
सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In