ADVERTISEMENT
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रकमान्तर गरेर प्रधानमन्त्रीको क्षेत्रमा तटबन्ध

by चितवन पोष्ट
२०७१ जेष्ठ ३०, शुक्रबार ०२:५८ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । आर्थिक वर्ष सकिन लाग्दै गर्दा बजेट रकमान्तरको आरोप खेपिरहेको सरकारले प्रधानमन्त्री सुशील कोइरालाले छाडेको चितवन क्षेत्र नम्बर ४ मा नारायणी नदी तटबन्ध गर्ने गरी बजेट रकमान्तर भएको छ । गुञ्जनगर गाविसको गाजीपुरमा नारायणी नदी नियन्त्रणका लागि अर्थ मन्त्रालयले दुई करोड रुपैयाँ रकमान्तर गरेर बजेट पठाएको हो । जुन बजेटले अहिले ५०० मिटर नदी तटबन्धको काम भइरहेको छ ।
‘प्रधानमन्त्री कोइरालाले छाडेको क्षेत्रमा बजेट रकमान्तर गरेर ल्याइएको छ’, सिँचाइ विभाग श्रोतले भन्यो, ‘बजेट जनताको तटबन्ध कार्यक्रममार्फत् खर्च भइरहेको हो ।’


जनताको तटबन्धन कार्यक्रमअन्र्तगत नारायणी नदीको तटबन्धका लागि सरकारले चालु आर्थिक वर्षका लागि ६ करोड रुपैयाँ यसअघि विनियोजन गरेको थियो । विनियोजित बजेट अपुग भएपछि स्थानीयले बजेट थप गर्न माग गरेका थिए । स्थानीयको मागअनुसार अर्थ मन्त्रालयले सो रकम रकमान्तर गरेर विनियोजित गरेको हो ।
‘नारायणीले बनाएकोे दुईवटा भंगालालाई नदी तटबन्धबाट एउटै बनाउने योजना हो’, स्थानीय उपभोक्ता समितिका अध्यक्ष बुद्धि तामाङले बिहीबार सञ्चारकर्मीसँग भने, ‘नदीको बहाब रोक्नका लागि बजेट थप गराइएको हो । अब नदी नियन्त्रण हुनेमा हामी विश्वस्त छौँ ।’
गत वर्ष पसेका दुईवटा भंगला रोक्ने गरी तटबन्ध भइरहेको छ । अध्यक्ष  तामाङले सो तटबन्धबाट  गुञ्जनगर, दिव्यनगर र मेघौली गाविसका बासिन्दा लाभान्वित हुने जनाए । जनताको तटबन्ध कार्यक्रमले चितवन र नवलपरासीको सिमानामा रहेको नारायणी नदीको तटबन्ध गर्दै आएको छ ।
चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ६२ किलोमिटर तटबन्ध गर्न सकिएमा नारायणी नदीको बाढीबाट दुवै जिल्ला बचाउन सकिने योजनाका साथ जनताको तटबन्ध कार्यक्रम अघि बढाइएको हो । जनताको तटबन्ध कार्यक्रम भरतपुरका इञ्जिनियर शोभाकर पौडेलका अनुसार सो कार्यका लागि १० अर्ब ५१ करोड खर्च लाग्दछ ।
सो कार्यालयका प्रमुख तिलकबहादुर खत्रीका अनुसार हालसम्म दुवैतर्फ गरेर ११ किलोमिटर तटबन्ध गरिएको छ भने ४३ वटा स्पर निर्माण गरिएको छ । जसमध्ये चितवनतर्फ साढे छ किलोमिटर तटबन्ध गरिएको छ । जसका लागि ५७ करोड रुपैयाँ खर्च लागेको प्रमुख खत्रीले जानकारी दिए । यो तटबन्ध कार्यक्रम सफल भए चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्र ३५ हजार हेक्टर जमिन सुरक्षित हुने बताइएको छ ।
बजेट रकमान्तर भएर पनि नदी नियन्त्रण गर्न थालिएपछि सर्वसाधारण खुसी भएका छन् । स्थानीय बासिन्दाहरु भन्छन्, ‘अब नारायणी नदीले बर्षेनि दुःख दिने छैन ।’

Related Posts

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

अवैध मालसामान बरामद

अवैध मालसामान बरामद

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

भाषामा सीमातीत चीरहरण !

भाषामा सीमातीत चीरहरण !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In