ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

शैक्षिक सत्रको अन्योल हटोस्

–सन्तोष पन्त

by चितवन पोष्ट
२०७७ पुष २२, बुधबार १७:०५ गते
in विचार
0
शैक्षिक सत्रको अन्योल हटोस्
39
SHARES
Share on FacebookShare on Twitter

गत वर्ष पौषमा कोरोना भाइरस (कोभिड–१९) पहिचान भएको र विश्वलाई नै त्राहिमाम् बनाएको पनि एक वर्ष बितिसकेको छ भने यसको त्रास र महामारीको अवस्था कायमै छ । गत वर्ष माघ महिनामा नेपाल भित्रिएको उक्त भाइरसको सङ्क्रमणबाट जोगिन र जोगाउन सरकारले गत वर्षका विद्यालयस्तरका परीक्षाहरु हतारमा सक्न आदेश जारी ग¥यो भने चैत्र ६ गतेदेखि तय भएको एसइई परीक्षा पनि चैत्र ५ गते स्थगन गरी चैत्र ११ गतेदेखि करिब ४ महिना विभिन्न प्रकारले बन्दाबन्दीको आदेश जारी ग¥यो । सोही क्रममा वैशाख ८ गतेदेखिको कक्षा १२ र वैशाख २१ गतेदेखिको कक्षा ११ का परीक्षाहरु समेत स्थगित भए, जसबाट करिब १४ लाख विद्यार्थीहरुको परीक्षा लामो समयसम्म अन्योलमा रह्यो । लामो समयको अन्योल र पर्खाइपछि सरकारले २०७६ को एसइई परीक्षालगायत कक्षा ११ र १२ को परीक्षाका बारेमा निकास निकाल्यो, तर यसवर्षको शैक्षिक सत्र कस्तो हुने भन्नेसम्बन्धमा भने अझै अन्योल कायमै छ ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्ष जेठ १८ गते वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गरी विद्यालय तहको शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउनका लागि विभिन्न जिम्मेवारी तोके पनि शैक्षिक सत्रको सुरूआत नगरकोले त्यस समयमा आमविद्यार्थी तथा अभिभावकहरुले त्यति चासो राखेनन् । तर, जब मन्त्रालयले भाद्र १९ गते विद्यार्थीहरुको सिकाइ सहजीकरण निर्देशिका–२०७७ लागू गरी वैकल्पिक र दूरशिक्षाको माध्यमबाट रेडियो, एफएम, टेलिभिजन, अनलाइन तथा अफलाइन प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउने र आश्विन १ गतेदेखि शैक्षिक सत्र सुरू भएको भनी घोषणा गरेपश्चात् सिकाइ क्रियाकलाप केही अगाडि बढ्यो । यसका अतिरिक्त कार्तिक २० गते नेपाल सरकारले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ लागू गरेबाट कोरोनाको कहरका बीचमा त्रासबाट मुक्त हुँदै, सचेतनाको स्तर वृद्धि गर्दै बिस्तारै सहज बन्दै गएको जनजीवनमा विद्यार्थीहरुले विद्यालयमै उपस्थित भएर पठनपाठन गर्ने वातावरण बन्दै गयो । फलस्वरुप, यसवर्षको मंसिर महिनादेखि विद्यालयहरु सुरक्षा सजगताका बीचमा पूर्णरुपमा सञ्चालित छन् र प्ले ग्रुप, नर्सरी कक्षादेखि नै पठनपाठन सञ्चालन भइरहेको छ अहिले ।
२०७७ आषाढदेखि विभिन्न वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ सुरू गर्ने अनुमति दिँदा यसवर्षको शैक्षिक सत्र खेर जान दिइने छैन भन्ने प्रधानमन्त्रीको उद्घोष र सम्बद्ध निकायहरुको तयारीले विद्यालय तथा विद्यार्थीहरुमा यसै वर्ष चैत्रमा नै शैक्षिक सत्र समापन हुने आशाको सञ्चार भयोे । यसै क्रममा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमका पाठ्यवस्तुलाई एकीकरण, समूहीकरण, प्राथमिकीकरण र न्यूनीकरण गरी विद्यार्थीहरुमा न्यूनतम सिकाइ उपलब्धि हासिल गराउने उद्देश्यले पाठ्यवस्तु समायोजन ढाँचा–२०७७ जारी गरी कक्षा १ देखि कक्षा ३ सम्मको मौजुदा ८३२ वार्षिक कार्यघन्टालाई घटाएर ६९० कार्यघन्टा र कक्षा ४ देखि कक्षा १० सम्मका लागि मौजुदा १०२४ वार्षिक कार्यघन्टालाई घटाएर ८४८ कार्यघन्टा बनाई लागू गरेकोले राष्ट्रिय पाठ्यक्रम प्रारुप र कक्षागत एवं विषयगत पाठ्यक्रममा तोकिएका सिकाइ उपलब्धिहरु पूरा गराउने गरी शैक्षिक सत्रको व्यवस्थापनका लागि विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यवस्तु समायोजन ढाँचा–२०७७ बमोजिम सङ्क्रमणकालीन वार्षिक कार्यकालिका र सबै शिक्षकहरुले सङ्क्रमणकालीन वार्षिक शैक्षणिक योजना तयार गरी शिक्षण सिकाइलाई अगाडि बढाइरहेका छन् भने केही स्थानीय तहका विद्यालयहरुले चालीस प्रतिशत पूर्णाङ्कको परीक्षा सम्पन्न गरिसकेका छन् र केही अर्धवार्षिक परीक्षा सञ्चालनको तयारीमा छन् । समग्रमा भन्नुपर्दा यसै वर्ष चैत्र मसान्तसम्ममा सिकाइ क्रियाकलापहरु, परीक्षासमेत सम्पन्न गरी अर्को शैक्षिक सत्रमा पूरा कार्यघन्टा पठनपाठन सञ्चालन गर्ने तयारीमा छन्, विद्यालय तथा सम्बद्ध छाता संस्थाहरु ।
सामान्यतया श्रावण महिनामा खुलिसक्ने एसइई परीक्षाको फाराम कोभिड सङ्क्रमणको भय र बन्दाबन्दीका कारण पौषसम्म पनि खुल्ला नभएकोले यस शैक्षिक वर्ष अन्योलमै जाने भयो भन्ने आमबुझाइलाई चिर्दै राष्ट्रिय परीक्षा बोर्डले यही पौष १६ गतेदेखि माघ २१ गतेसम्म परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरुले फाराम भरिसक्नुपर्ने भनी रजिष्ट्रेसन फाराम खुल्ला गरेकोले परीक्षाको माहौल त बनेको देखिन्छ, तर परीक्षा कहिले हुने ? एसइईबाहेकका अन्य स्कुले विद्यार्थीहरुको परीक्षा कहिले हुने ? २०७७ को शैक्षिक वर्ष कहिलेसम्म रहने र २०७८ को शैक्षिक वर्ष कहिले सुरू हुने भन्ने कुरामा हालसम्म अन्यौल कायमै छ ।
बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र शैक्षिक सत्र खेर जान नदिने गरी यसवर्षको एसइई परीक्षा २०७८ को जेठमा सञ्चालन गर्ने भनी राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षले बताएको भन्ने खबर पत्रपत्रिकाहरुमा आए पनि आधिकारिकरुपले पुष्टि हुन भने सकेको देखिँदैन । अनि, जेठमै एसइई परीक्षा सञ्चालन भए पनि अन्य परीक्षा कहिलेदेखि हुने र नयाँ शैक्षिक सत्र कहिलेदेखि सुरूआत हुने भन्ने कुरा हालसम्म यकिन नहुनाले सबैलाई अन्यौल छ । कसैले अड्कल गर्छन्, यसवर्षको विद्यालयस्तरको अन्तिम परीक्षा चैत्रमै हुन्छ र २०७८ वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरू हुन्छ भने कसैले आर्थिक वर्ष र शैक्षिक वर्ष एउटै बन्छ अब भन्छन् । जेठमा एसइई परीक्षा हुन्छ अनि आषाढमा अन्य कक्षाको परीक्षा भई नयाँ शैक्षिक सत्र श्रावणदेखि, आर्थिक वर्षजस्तै गरी हुन्छ भन्नेहरु पनि छन्, अझै कसैले त यो वर्ष शैक्षिक सत्र तीन महिना लम्बिन्छ, अर्को वर्ष १ महिना घटाइन्छ र क्रमशः ३ वर्षमा साबिककै हिसाबमा नयाँ वर्षसँगै शैक्षिक वर्षसमेत बनाइन्छ भन्ने पनि पाइन्छन् । यस्ता यस्ता विविध अड्कलबाजीले गर्दा केही विद्यालयहरु तोकिएको पाठ्यक्रम सक्नुपर्ने, सिकाउनुपर्ने बाध्यतामा छन् र शनिबारसमेत नभनी शैक्षिक कार्यक्रमहरु अगाडि बढाएका छन् भने केहीले फेरि नयाँ स्वरुपको कोरोना भित्रिने डर छ, बन्द हुने हल्ला पनि छ त्यसैले यो शैक्षिक वर्ष सकिने पनि होइन भन्ने अड्कल गरेर पठनपाठन सञ्चालन गर्न सकिने अवसरलाई पनि बेवास्ता गर्दै विभिन्न बहानामा पाठ्यक्रमलाई अगाडि नबढाएको अवस्था पनि देखिएको छ । चैत्रसम्ममै तोकिएका विषयवस्तुहरु सिकाइसकेका विद्यालयहरुलाई अन्तिम अवस्थामा शैक्षिक सत्र तन्किँदा हुने पीडा र सिकाउँदै नसिकाएका वा भर्खरै पठनपाठन सुरू गरेका विद्यालयहरुलाई चैत्रमै अन्तिम परीक्षा भई नयाँ वर्षदेखि नयाँ शैक्षिक सत्र सुरू हुने भनी अन्तिम अवस्थामा घोषणा हुँदा हुने शैक्षिकस्तरलाई अनुमान गर्दा अवस्था जटिल देखिन्छ । यस्तो विषम परिस्थितिमा पनि विद्यालय खुलेको समयावधिलाई अवसरका रुपमा प्रयोग गरी पठनपाठन सञ्चालन गर्नु, लक्षबमोजिम सिकाइ सहजीकरण गर्नु विद्यालयको दायित्व हो भने शैक्षिक सत्रका सम्बन्धमा रहेका भ्रमलाई समयमै चिर्नु र उचित निकास दिनु राज्यको कर्तव्य हो ।
सञ्चालन हुन सक्ने अवस्थामा रहेको गत वर्षको एसइईलगायत कक्षा ११ र कक्षा १२ का परीक्षाहरु अन्तिम अवस्थामा आएर स्थगन गर्नाले र यसै वर्ष आषाढदेखि वैकल्पिक विधिबाट सिकाइ सहजीकरण गर्ने भनी विधि खुल्ला गर्दा पनि शैक्षिक सत्र सुरू भएको नभन्दा शिक्षामा जुन क्षति व्यहोर्नु परेको छ, यसवर्षको शैक्षिक सत्रको अवधिका सम्बन्धमा समयमै निक्र्योल नगर्दा त्योभन्दा ठूलो क्षति व्यहोर्नुपर्ने हुन सक्छ । चैत्रभित्रै तोकिएका कार्यघन्टा पठनपाठन सञ्चालन गरी न्यूनतम सिकाइ सहजीकरण गर्ने, चैत्रमै एसइईलगायतका अन्य तल्लो कक्षाका परीक्षा सञ्चालन गर्ने र नयाँ वर्षदेखि विद्यालय शिक्षालाई पूर्ववत् अवस्थामा सुचारू गर्ने वा यो वर्षको शैक्षिक सत्रलाई आषाढसम्म लम्ब्याउने र प्रत्येक शैक्षिक वर्षलाई श्रावणदेखि आर्थिक वर्षजस्तै गरी सञ्चालन गर्ने वा यो वर्षको शैक्षिक सत्रलाई आषाढसम्म लम्ब्याउने र क्रमशः एक–एक महिना घटाएर तीन वर्षमा साबिकको शैक्षिक वर्षजस्तै गरी नयाँ वर्षमै शैक्षिक वर्ष ल्याउने भन्नेमध्येका कुन विकल्प वा अन्य कुनै समयसापेक्ष विकल्प शीघ्र ल्याई अन्योल हटाउनु अहिलेको आवश्यकता हो र सरकारको कर्तव्य हो । तसर्थ, शैक्षिक सत्रका सम्बन्धमा भएको अन्योल शीघ्र हटोस् ।
(लेखक पूर्वप्रहरी अधिकृत तथा लाइसियम स्कुल रत्ननगर चितवनका प्रबन्ध निर्देशक हुन् ।)
pantasantosh23@gmail.com

Related Posts

त्याग र भोगका कुरा (लक्ष्मणरेखा)

त्याग र भोगका कुरा (लक्ष्मणरेखा)

कम्युनिस्ट एक हुँदैमा कांग्रेस हार्दैन : कोइराला

गैँडालाई चरनको अभाव

योगमा सूर्य नमस्कार आसनको महत्त्व

योगमा सूर्य नमस्कार आसनको महत्त्व

Discussion about this post

अन‌ि यो पनि

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर
राजनीति

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै बुधबारका लागि तय भएको छ ।...

Read more
पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रतिनिधिसभा विघटन : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In