काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय पुरूष क्रिकेटको लागि बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि चितवनले जितेको छ ।
काठमाडौँ जिल्लालाई १९३ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो । मूलपानी क्रिकेट मैदानमा भएको प्रतियोगितामा चितवनका संघर्ष पौडेल फाइनल खेलको ‘म्यान अफ दी म्याच’ घोषित भएका थिए । उपविजेता बनेको काठमाडौँका इशान पाण्डे प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
Discussion about this post