स्वयम्भुनाथ कार्की
मानवले केही स्वभाव जन्मजात पाएको हुन्छ । कहीँ पुख्र्यौली परम्परामा आउँछ, अनि एक ठूलो भाग शैशवकाल र बाल्यकालमा भोगेका भोगाइबाट आउने गर्दछ । शैशवको स्मरण त सामान्यतया कसैलाई रहन्न, तर बाल्यकालको स्मरण भने कुनै न कुनै रुपमा आउने गर्दछ । समान परिस्थितिमा एकै परिवारमा पालिएका एकै बाबुआमाका सन्तानहरुमा पनि स्वभावमा जुन अन्तर देखा पर्ने गर्दछ, त्यो त्यही जन्मजात स्वभावको असर हो । जन्मजात स्वभावको अनुमान गर्न नसके पनि कसैको व्यक्तित्व अध्ययन गर्नुपर्दा त्यसको आमाबाबु, शैशव र बाल्यकालको परिस्थितिले धेरै तथ्यहरु दिन्छ । किशोर अवस्थाका भोगाइ, शिक्षादीक्षा, तालिम आदि कुराहरुबाट निर्मित व्यक्तित्व तथा क्षमता बुद्धिको हैन ज्ञानको श्रेणीमा पर्दछ, जो मानवले जीवनपर्यन्त हासिल गरिरहेको हुन्छ । जन्मजात तथा पुख्र्यौली कारणबाट प्राप्त बुद्धि भने एकनाश रहन्छ । त्यसैले, बीपीको अध्ययनमा पिताजी कृष्णप्रसादका विभिन्न आयामहरु खोतल्न आवश्यक हुन्छ ।
यो लेखमालामा सन्दर्भ सामग्रीका रुपमा केवल ‘विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त’ मात्र लिइएको छ । केवल यसैमा आधारित भएर मात्र बीपीलाई बुभ्mने यो प्रयत्न केवल एकै पुस्तक मात्र आधार हुनका दुई कारण छन् । पहिलो कारण, बीपीले यो पुस्तक अभिलेख रहोस् भनेर गराएको रेकर्डमा आधारित छ । अनि दोश्रो, बीपीको सम्पूर्ण व्यक्तित्व निर्माण कसरी भएको रहेछ भन्ने तथ्य यति प्रचुर मात्रामा अन्यत्र एकै स्थानमा पाउन सकिन्न । अपवादबाहेक सन्तानले आफ्नो बाबुलाई आफ्नो आदर्श पुरूष मान्ने गर्दछन् । अवचेतनमा आफूलाई बाबुकै आदर्शमा ढाल्ने कोसिस गर्दछन्, जुन प्रकृतिको नियम हो । यसमा बीपी अपवाद थिएनन् ।
बीपीको सम्पूर्ण अस्तित्व निर्माण हु“दा उनको आदर्श पुरूषको खाका कस्तो थियो, त्यसको जवाफ यस पुस्तकमा पाइन्छ । कृष्णप्रसाद कोइरालाका अन्य पक्ष पनि होलान्, तर एक सन्तानले देखेको बाबुको प्रतिरुपकै आधारमा उनलाई हेर्ने प्रयत्न गरिएको छ । शुरूमै बीपी पिताजीलाई विलक्षण भनेर भन्छन् र कारण दिन्छन् ः
‘त्यस बखत उहा“को कुनै पृष्ठभूमि थिएन, गाउ“बाट आउनुभएको थियो । यी सबै गर्नका लागि कसरी प्रेरणा पाउनुभयो उहा“ले ?’
यस पुस्तकमा आएका धेरै कुराहरु र अन्यत्र उल्लेख कुराहरुमा विवाद गर्न सकिने बु“दाहरु पनि छन् । तर, यी कुराहरु बीपीले बालपनदेखि नै आफन्तका मुखबाट सुनेका, देखेका, भोगेका कुरालाई त्यसै आधारमा बुझेका हुनाले यी कुरामाथि विवाद गर्न आवश्यक छैन । किनभने, यी सबै कुराले बीपीको व्यक्तित्व निर्माणमा उपयोग भइसकेको छ र अहिले यो सत्य हो वा हैन, स्थापित तथ्यले भइसकेको काम उल्टाउने हैन ।
दुम्जाका प्रभावशाली ब्राम्हण परिवारको सदस्य कृष्णप्रसाद कोइराला बालिग भएपछि पहाड छोडेर मधेस लागे । संस्कृत र फारसीको अध्ययन त पारिवारिक पृष्ठभूमि र परम्पराले गरेकै थिए, काठमाडौँ बस्दा बृटिस लिगेसनको एउटा मद्रासी क्लर्कलाई ट्युटर राखेर अंग्रेजी सिके । व्यापार गरे, देशभरका भन्सार अड्डा ठेक्कामा लिए । कलकत्तामा पनि अफिस खोले, जे काम गरे त्यसमा सफल भए । ढुंगा छु“दा हीरा र माटो छु“दा सुन भयो । आसपास परेका सबैले मान्ने मान्छे भए । त्यस जमानामा लाखौँको कमाइ गरे, दुम्जाका एक बाहुन युवकको यो प्रगतिको कथा दन्त्यकथाभन्दा कम छैन । यस्तैमा उनले आफ्नो लागि मात्र कमाएर पुग्दैन, अरुका निमित्त पनि गर भन्ने आशयको आकाशवाणी सुने ।
बीपीको बुझाइमा पिताजी धार्मिक प्रवृत्तिका त थिए, तर कर्मकाण्डी होइनन् । त्यसैले, क्रान्तिकारी थिए । गान्धीजीसँग विचारधारा मात्र मिलेको हैन, अनुहार र व्यवहार पनि मिलेको जस्तो बीपीलाई लाग्दथ्यो भन्ने कुरा परिच्छेद १५ मा छ । बीपीले कर्मकाण्डी नदेखे पनि कलकत्ताको ठनठनिया कालीमन्दिरमा कालो र रातो टीका लगाएर काली स्तवन स्तोत्र गरेको सुनेर स्वामी विवेकानन्दका भाइले लिएर गएर अनुशीलन भन्ने आतंकवादीको संगठनमा लगाइदिएको कुरा त्यही परिच्छेदको अन्ततिर उल्लेख गरेका छन् ।
नेपाल छोड्नुभन्दा पहिला कलकत्ताको रेन्किन टेलर्सको लुगा तथा कलकत्तामै बनेको बृटिस बनोटको जुत्ता लगाउने पिताजीलाई बीपीले सौखिन भन्छन् । तर, सौख नदेखाउन लुगा खुजमुज्याएर र जुत्तामा धूलो लगाएर लाउने गरेको प्रसंग पनि छ । आकाशवाणीपछि हनुमानदासलगायतका सहयोगी साथीहरुले मनाही गर्दागर्दै विराटनगरमा अस्पताल र स्कुल खोलेको कुरा पनि बीपी भन्दछन् । यिनको बुझाइमा पिताजीले विराटनगरको स्थापना गरेका हुन्, कालीमन्दिर बनाएका हुन्, साथै सिराहामा चन्द्रगन्ज बजार पनि स्थापना गराएका हुन् ।
चन्द्रशमशेरकी रानीको संरक्षकत्वमा कालीदासकी पत्नीको अध्यक्षतामा गठित महिला समितिको सचिवका रुपमा बीपीकी आमा थिइन् । यस्तोमा चन्द्रगन्जबाट कृष्णप्रसादले चन्द्रशमशेरलाई भरियाको मैलो फाटेको लुगाको पार्सल उपहार पठाए । फर्केर विराटनगर जा“दासम्ममा ठेक्कामा हिनामिना गरेको भनेर पक्राउ पुर्जी पुगिसकेको थियो । यसलाई विराटनगरका बडाहाकिम कर्णेल जीतबहादुर केसीले पहिले आफ्नै घोडा दिएर कृष्णप्रसादलाई सपरिवार मुग्लान भगाएपछि मात्र जारी गरे । बडाहाकिमले राणा सरकारलाई यो धोका गरेर साथीलाई मद्दत गरेको कुरा सहजै पचाए । तर, कृष्णप्रसादको सम्पूर्ण सम्पत्ति जफत भयो । यहातक कि कलकत्ताको व्यापार पनि सायद खोसियो । किनभने, घा“टीमा नाङ्लो पसल लिएर गल्ली, ट्राममा समान बेचेर गुजारा गर्नुृ परेको, कपी किन्न नसकेर अखबारको कपी बनाएर छोरालाई पढाउन परेको कठिन अवस्थामा पनि कलकत्ताको त्यो व्यापार देखिएन ।
लुगाको पार्सल देखेर सम्पूर्ण खानदानको नै मुग्लानवास गराउने चन्द्रशमशेरलाई मुग्लानबाटै दासत्व उन्मूलन गर्न दबाब आएको कुरा पनि परिच्छेद १५ मा छ । चन्द्रशमशेरले दासत्व उन्मूलन गरेपछि काजी रत्नमानमार्फत यो दासत्व मोचन तिमीलाई कस्तो लाग्यो भनेर सोधेको प्रसंग पनि छ । चन्द्रशमशेरले कृष्णप्रसादलाई आयुर्वेदिक औषधि र नेपालमा प्रकाशित पुस्तकहरु नियमित पठाउने गरेका पनि रहेछन् ।
एक पटक कृष्णप्रसादले अब नेपाल आउन पाउ“m भनेर चिठ्ठी लेखेको तर हुलाकमा नखसाई फर्केको कुरा पनि रोचक छ । चन्द्रशमशेर मरेपछि भीमशमशेरले कृष्णप्रसादलाई नेपाल बोलाएर तिमीलाई फेरि पुनस्र्थापना हुन कति के चाहिन्छ भन्दा उनले केही चाहिन्न भनेका थिए । त्यसरी फुक्कादाम भएका कृष्णप्रसाद नेपाल आएपछि फेरि आफ्नै बलमा कारोबार गर्नमात्र हैन, राम्रो कमाउन पनि सफल भए । पिताजीको यो चमत्कारिक रुपले बीपीको व्यक्तित्व निर्माणमा धेरै असर गरेको छ । आफूमा त्यसको ठूलो प्रभाव परेको कुरा बीपीले शुरूमै भनेका छन् ।
Discussion about this post