भरतपुर । राष्ट्रिय कृषक समूह महासंघ जिल्ला शाखा चितवनले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ध्यानाकर्षण ज्ञापनपत्र पठाएको छ ।
स्थानीय निकाय संचालन कार्यविधिमा व्यवस्था भएबमोजिम कृषि विकास समितिमा राष्ट्रिय कृषक समूह महासंघको प्रतिनिधिको व्यवस्था हुनुपर्ने, आर्थिक वर्ष ०६८÷०६९ को नीति तथा कार्यक्रममार्फत गाविसको बजेटको १५ प्रतिशत रकम कृषि क्षेत्रमा खर्च गर्ने व्यवस्था भएबमोजिम बजेट १० प्रतिशत थप वृद्धि गरी स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत गठित कृषि, वन तथा वातावरण समितिमार्फत कृषि क्षेत्रमा विनियोजन व्यवस्था हुनुपर्ने माग ज्ञापनपत्रमा रहेको छ ।
त्यस्तै प्रत्येक गाविसमा अधिकृत स्तरको कृषि प्राविधिकको व्यवस्था हुनुपर्ने माग गरिएको राष्ट्रिय कृषक समूह महासंघ चितवन शाखाका अध्यक्ष लेखनाथ पोखरेलले बताउनुभयो ।
Discussion about this post