वीरेन्द्रनगर । वीरेन्द्रनगर–१ मा रहेको मातृ सहयोग राप्रावि सिरकोटमा मंगलबार निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । भरतपुर आँखा अस्पताल, सामुदायिक स्वास्थ्य केन्द्र र खरेल कल्याण समाजले आयोजना गरेको शिविरमा १३० जनाको आँखा परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा २५ जना मातिया विन्दु भएका बिरामीहरुलाई शुक्रबार शल्यक्रिया गरिने सामुदायिक स्वास्थ्य केन्द्रका व्यवस्थापक दीपेन्द्र खरेलले जानकारी दिनुभयो ।
Discussion about this post