हेटौँडा । मकवानपुर जिल्ला अदालतले पालुङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामबहादुर बस्नेतलगायत ११ जना सञ्चालकलाई जनही तीन वर्षको कैद सजाय र ६२ लाख ९०० बराबर दण्ड गर्ने फैसला गरेको छ ।
स्थानीय बचतकर्ताको तीन करोड ६२ लाख रूपैयाँ हिनामिना गरेको अभियोगमा जिल्ला न्यायाधीश वासुदेव पौडेलको एकल इजलाशले सो फैसला सुनाएको हो ।
विसं २०५९ वैशाखमा दर्ता मिति रहेको उक्त सहकारी संस्थामा करिब ५५० जना बचतकर्ताले बचत गरेको रु तीन करोड ६२ लाख अध्यक्ष बस्नेत र सञ्चालकहरुले हिनामिना गरेको आरोपमा स्थानीय वचतकर्ताले २०७० वैशाख २३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए ।
Discussion about this post