रत्ननगर । विश्व वातावरण दिवस तथा १५ औं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा खैरहनी नगरपालिका क्षेत्रभित्र रहेको पम्फा खोलाको अवलोकन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति खैरहनीको आयोजना तथा खैरहनी नगरपालिकाको संयोजनमा सम्पन्न अवलोकन तथा निरीक्षण कार्यक्रममा खैरहनीको बाबा ग्यास पछाडिको क्षेत्रदेखि गौचरनसम्मको खोला अवलोकन गरिएको पर्सा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका खैरहनी चितवनका प्रबन्धक राजकुमार चौधरीले जानकारी दिनुभयो ।
खैरहनी नगरपालिका, खैरहनी उद्योग वाणिज्य संघ, पर्सा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालगायतका विभिन्न संघ संस्थाको सहभागितामा अवलोकन तथा निरीक्षण कार्यक्रम गरिएको हो ।
अवलोकन तथा निरीक्षण कार्यक्रमपछि खोला दिनहुँ प्रदूषित बन्दै गएको तथा खोला किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
Discussion about this post