ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनका तीन पत्रकारको कृतिमाथि हेटौँडामा चर्चा

by चितवन पोष्ट
२०७७ पुष १९, आईतवार ०९:५९ गते
in समाचार, साहित्य
0
चितवनका तीन पत्रकारको कृतिमाथि हेटौँडामा चर्चा
5
SHARES
Share on FacebookShare on Twitter

हेटौँडा । चितवनका पत्रकारहरु बसन्त पराजुली, सूर्यप्रकाश कँडेल र बिनोदबाबु रिजालका पुस्तकहरुमाथि शनिबार हेटौँडामा परिचर्चा भएको छ । बसन्तको कुमाता, सूर्यप्रकाशको मोसो र विनोदबाबुको एकान्तबासको परिचर्चा भएको हो ।
हेटौँडामा शनिबार राउन्ड टेवल गसिपले आयोजना गरेको कार्यक्रममा पत्रकार बसन्तको कुमातामाथि निमेष निखिलले, सूर्यप्रकाश कँडेलको मोसोमाथि घनश्याम घिमिरे र विनोदबाबुको एकान्तबासमाथि शान्तिप्रिय बन्दनाले टिप्पणी गरेका हुन् ।
चितवनका पत्रकार विनोदबाबु रिजालले कोरोना भाइरसका कारण गरिएको लकडाउनका अनुभूति संगालेर लेखेको पुस्तक ‘एकान्तवास’ कृति युरेका पब्लिकेसनले प्रकाशन गरेको हो । उक्त कृतिमाथि चर्चा गर्दै साहित्यकार शान्तिप्रिय बन्दनाले पुस्तक कोरोना कालको दस्तावेज भएको बताइन् । उनले पुस्तकमा चैत ८ देखि असार १ गतेसम्मका मुख्य घटनाक्रम, तथ्याङ्क र अनुभूतिलाई समावेश गरिएको बताइन् । पुस्तकमाथि बोल्दै उनले भनिन् ‘घटनाक्रमका धेरै विषय दोहोरिएको र पुस्तकमा रोचकता कम पाइएता पनि एउटा ऐतिहासिक दस्तावेजको रुपमा भएकोले मह¤वपूर्ण हुनेछ ।’
त्यस्तै, सूर्यप्रकाश कँडेलद्वारा लेखिएको मोसो उपन्यास पत्रकारिताका नाममा हुने विकृतिका बारे विषय उठान गरिएको कृति हो । उपन्यास मोसोको घनश्याम घिमिरेले चर्चा गरेका हुन् । घिमिरेले पुस्तकको विषयवस्तु उत्कृष्ट रहेको तर कैयन स्थानमा विषय दोहोरिएका र भाषागत त्रृटि रहेको बताए । घिमिरेले पुस्तकमा पत्रकारिताभित्रका विकृतिबारे गहिरोमा जान नसकेको बताए । गम्भीर विषयलाई पक्रेर पनि गम्भीर ढंगले नै पस्कन नसकेकोले उपन्यास सोचेजति आकर्षक बन्न नसकेको घिमिरेले टिप्पणी गरे । ‘सामान्य पत्रकारको रिपोर्टिङको स्तरभन्दा माथिल्लो कलात्मकताको माग उपन्यासले गर्दछ जुन यस उपन्यासमा पाउँदैनौंँ ।’ घिमिरेले आलोचनात्मक टिप्पणी गरेका हुन् ।
यस्तै, चितवन बसेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका बसन्त पराजुलीको पहिलो कथासङ्ग्रह ‘कुमाता’ साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले टिप्पणी गरेका छन् । निमेष निखिलले सङ्ग्रहभित्रका सबै कथा सामाजिक यथार्थ परक र रोचक रहेको बताए । मन तान्ने र धेरै बेर सोच्न बाध्य बनाउनेसमेत रहेको उनले बताए । टिप्पणी गर्दै उनले भने, ‘कथासङ्ग्रहमा संग्रहित पहिलो कथामा एक पत्रकार रिपोर्टिङमा दिनरात नभनी खटिनुपर्ने, समाचार बनाउँदाका ज्यान मार्नेसम्मका धम्की र जोखिम, न्याय खोज्दा नपाउनु, न्यून पारिश्रमिक त्यो पनि समयमा नपाउनु आदि आम पत्रकारका वास्तविक पीडालाई देखाइएको छ ।’ उनले कृतिको शीर्षकअन्तर्गत रहेर टिप्पणी गरेका थिए । निखिलले कथामा नवीन प्रयोग नभएको भन्दै थोरै आलोचनासमेत गरेका छन् । परम्परागतरुपमा रहेका कथाका शैलीलाई आगामी कृतिमा नयाँ प्रयोग गर्न सुझाव दिएका हुन् ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले प्रमुख आतिथ्यता रहेको थियो । सञ्चारकर्मी तथा साहित्यकार राम अविकासको संयोजकत्वमा भएको कार्यक्रम र साहित्यकार छवि अनित्यले सञ्चालन गरेका थिए ।

Related Posts

बालसमयका विविध अनुभूति (ती दिनहरु)

बालसमयका विविध अनुभूति (ती दिनहरु)

मानवजीवनमा साहित्य (निबन्ध)

मानवजीवनमा साहित्य (निबन्ध)

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

Discussion about this post

अन‌ि यो पनि

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला
राजनीति

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

मोरङ, ३ माघ (रासस) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई...

Read more
रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In