ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सर्पदंशका बिरामीलाई बचाऊ

by चितवन पोष्ट
२०७१ जेष्ठ २८, बुधबार ०२:५० गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

गर्मी महिना सुरू हुनासाथ सर्पदंशका बिरामी बढिरहेका छन् । मध्य तराईका बासिन्दा सर्पले डस्ने डरले हिँड्डुल गर्नसमेत डराउनु पर्ने स्थिति छ । नवलपरासी, कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र चितवनमा सर्पको बिगबिगी छ । यस्तै, गोरखा, तनहुँ, लमजुङलगायतका जिल्लामा पनि सर्पको त्रास कायमै छ । सर्पदंशका कारण बर्सेनि दर्जनौँ सर्वसाधारणको ज्यान जाने गरेको छ । तर, सर्पदंशको खतरा भएका जिल्लाहरुमा उपचार सेवा र औषधि अभाव कहिल्यै हट्न सकेको छैन । भरतपुर अस्पताल सर्पदंशका बिरामीहरुको उपचार गर्ने प्रमुख केन्द्र मानिन्छ । यस अस्पतालमा सर्पदंशका बिरामीकै लागि १० शैया छुट्याइने गरिन्छ । सर्पदंशका लागि प्रमुख केन्द्र मानिएको अस्पतालमा औषधि अभावले गर्दा धेरैको ज्यान जाने गरेको पाइएको छ । गत वर्ष औषधि अभावकै कारण एक जनाको ज्यान गएको थियो । प्रायः एउटा सर्पदंशका बिरामीको उपचार गर्न औसत २० देखि ३० भायलसम्म एन्टीस्नेक भेनम चाहिन्छ । तर, चितवनमा अहिले करिब ३०० भायल औषधिमात्र जगेडा छ । जगेडा औषधि करिब तीन साताभित्र खपत हुने गरेको छ ।
भरतपुर अस्पतालका सर्पदंश विशेषज्ञका अनुसार बर्सेनि ५०० देखि ७०० जना सर्पको डसाइबाट घाइते हुन्छन् । तीमध्ये एक तिहाइलाई विषालु सर्पले डस्ने गर्दछ । करिब तीस जना बिरामीले ज्यान गुमाउने गर्दछन् । सर्पको डसाइबाट घाइते हुने क्रम नघटे पनि मृत्युदरमा भने ७५ प्रतिशतले कमी आएको छ । मध्य तराईमा करेत, गोमनजस्ता विषालु सर्पको खतरा छ । रौतहट जिल्लामा हरेक दिनजसो ५÷७ सर्पदंशका बिरामी थपिन्छन् । रौतहटमा एक सिजनमा एक हजारभन्दा बढी भायल ‘एन्टीस्नेक भेनम’ खपत हुँदै आए पनि औषधि अभावमा बिरामीले ज्यान गुमाउनु पर्ने नियति छ । नवलपरासीमा सर्पको डसाइबाट अस्पताल आउने बिरामीको चाप बढे पनि औषधि र उपकरण अभावले गर्दा प्राथमिक उपचार गरी लुम्बिनी अञ्चल अस्पताल र भरतपुर अस्पतालमा ‘रिफर’ गर्नुपर्ने स्थिति देखिएकोे छ ।
सर्पदंशका घटना बढी हुने गर्मी मौसममा कम्तीमा पनि २५० भायल औÈधि मौज्दात हुनुपर्ने भए पनि स्वास्थ्य सेवा विभागबाट आपूर्ति नहु“दा मौज्दात घटेकाले बिरामीलाई समस्या पर्दै आएको छ । मध्य तराईमा अहिले दैनिक अस्पताल आउने चार÷पा“च जनामध्ये एक जना सर्पदंशका बिरामी रहने गरेको पाइन्छ । करेत, गोमनजस्ता विÈालु सर्पले डस्ने बिरामी अस्पतालमा आउने हो भने धेरै बिरामीले औषधि अभावमा ज्यान गुमाउनु पर्ने स्थिति छ । इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा सर्पदंशको सिजनमा २५ हजारदेखि ३० हजार भायल एन्टीस्नेक भेनम आवश्यक पर्छ । तर, ५ हजार भायलमात्र मौज्दात रहेको छ, जुन विराटनगर, बुटवल र भरतपुरमा पठाइने गरेको छ । अपुग एन्टीस्नेक भेनम ल्याउने प्रक्रिया प्रभावकारी नहुँदा खतरा बढेर गएको छ । सरकारले समयमै औषधि आपूर्ति गरी सर्वसाधारणको ज्यान बचाउनु आवश्यक देखिएको छ ।

Related Posts

Chitwan Post

आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्दै

Chitwan Post

वार्ताको पहल स्वागतयोग्य

Chitwan Post

विश्व वन्यजन्तु दिवसको सन्दर्भ

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
खेलकुद

फागुन २५ गतेदेखि नवलपुरमा राष्ट्रपति रनिङ शिल्ड हुने

कावासोती । पूर्वी नवलपरासीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २५ गतेबाट हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरका...

Read more
शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

प्रमुख प्रशिक्षक अरुणा गुरूङलाई सम्मान

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

पश्चिम चितवनका पत्रकारलाई प्रेस ज्याकेट

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

Chitwan Post

रामकृष्ण टोलमा श्रेष्ठको नेतृत्व

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In