ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पाँच गजल

–जमुना क्षेत्री

by गोविन्द अर्याल
२०७७ पुष १८, शनिबार १२:५५ गते
in साहित्य
0
पाँच गजल
95
SHARES
Share on FacebookShare on Twitter

१
रून्नँ भन्यो आँसुहरु सुकेन कहिल्यै प्रिय
शत्रुको सामु मेरो शिर झुकेन कहिल्यै प्रिय

खेदो खन्नेहरु खनिरहे जहाँको तहीँ रहिरहेँ
मेरा गन्तव्यका पाइला रूकेन कहिल्यै प्रिय

असल कर्म गर्ने नियत राखेर अघि बढेपछि
फोहोरी खेलमा हातहरु फुकेन कहिल्यै प्रिय

कहिले हार अनि कहिले जित रहेछ जीवन सधैँ
दुःखमा र पीडामा नि मुस्कान लुकेन कहिल्यै प्रिय

पत्थरजस्तै कठोर बनेर हिँडेको मान्छे भएपछि
चोटैचोटको खात दिए पनि दुखेन कहिल्यै प्रिय

२
हाँस्न भनी मुख खोलेँ आँसु नै पोखियो
चोखो मायालाई सस्तो भाउमा जोखियो

न्याय हराएर गयो अपराधीलाई भयो छूट
पैसाको बिटा फ्याँके दोषी पनि चोखियो

भूल गरेँ कि पाप तिमीसँग माया साटेँ मैले
सँगै जिउने मर्ने भनी हरेक सपना बोकियो

कहिल्यै नबिझाउने तिम्रो मायामा रमेछु सधैँ
मायामात्रै दियौ सँगै जिउने कसम रोकियो

तिमी र म एकै नदी दुई किनाराझैँ भयौँ
समयले चोट दिएपछि अनायासै ठोकियो

३
नदुखेको घाउ पनि दुखाएर गयौ तिमीले
नझरेको फूल पनि सुकाएर गयौ तिमीले

कतिसम्म घात दिन्छौ जीवन काँडा बन्यो
नभएको माया देखाई झुक्याएर गयौ तिमीले

सोझो भएछु क्यार कसैलाई कपट नदेख्ने
सोझोपनको फाइदा लुटाएर गयौ तिमीले

कहिल्यै नझर्ने आँसु पनि बग्न थाल्यो झरीझैँ
नछुट्ने सत्य बचनलाई टुटाएर गयौ तिमीले

भुल्न खोज्यो याद बनी आइदिने घरीघरी
सिसाझैँ भयो जीवन फुटाएर गयौ तिमीले

४
आउँदै हुन्छु म मूलबाटो कुरेर बस्नू तिमीले
सपनाको संसारमा मायाजाल बुनेर बस्नू तिमीले

समय अचेल खराब छ चोरी डकैती लाग्ला है
रातमा सतर्क भई झ्यालढोका थुनेर बस्नू तिमीले

गरेर मेलापात दिनभरि थाकेर बस्छौ होला
रातमा प्रीतको सुमधुर गीत सुनेर बस्नू तिमीले

जन्मघर छोडेर पराईघरमा आएर बसेकी छौ
पराई नै आफ्नो हो सबै कुरा भुलेर बस्नू तिमीले

५
देशमा कानुन फितलो भयो बर्दीको कुरा नगर्नु
कोरोनाको महामारी छ सर्दीको कुरा नगर्नु

जिन्दगी हरपल बाँच्नुपर्छ अरुकै अर्डरमा
सजिलो छैन याहाँ कतै मर्जीको कुरा नगर्नु

बाहिर भाषण छाँट्दै हिँडे पनि भित्र छ दुर्गति
तीता हुन्छन् औषधि अनि अर्तीको कुरा नगर्नु

स्वर्गझैँ सुन्दर छ प्रकृति छटा हेरिरहूँ लाग्ने
गीत गाउनुछ आकास अनि धर्तीको कुरा नगर्नु

 

 

Related Posts

Chitwan Post

नौ जना स्रष्टा सम्मानित हुने

बालसमयका विविध अनुभूति (ती दिनहरु)

बालसमयका विविध अनुभूति (ती दिनहरु)

मानवजीवनमा साहित्य (निबन्ध)

मानवजीवनमा साहित्य (निबन्ध)

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In