धेरै धेरै शुभकामना
चितवन पोष्ट तिमीलाई
ओहो अबदेखि त आफ्ना कलिला दिन
पार ग¥यौ तिमीले
अब त झनै मजबुत
र अब्बल बन्दै जाऊ है
यतिबेला त स्वर्गबाट
धर्मराज र जीवराज सर पनि
निकै खुसी हुनुहुन्छ होला
हामीले जन्माएको पत्रिका
अझै मजबुत बनोस् भन्नुहुन्छ होला
नयाँ उचाइमा पुगोस् भन्दै
आशीर्वाद दिँदै हुनुहुन्छ होला
चितवन, भरतपुर–१० मा
रहेको कार्यालयबाट
समाजमा बुलन्दरुपमा
आवाजविहीनका आवाज लिएर
एकाबिहानै रंगिएर
सूर्यको किरणसँगै छरिँदै जाऊ है
नारायणीको नदीझैँ
निरन्तर बगिरहनू है
सत्यतथ्य समाचारको खोजमा
दौडिएका पत्रकारका पाइला
र चलेका हातका कलम
अझै सशक्त बन्नू है ।
निकै खुसी छु तिमीसँग
जोडिन पाउँदा हृदयदेखि नै
२४औँ वसन्तमा लाग्दै गरेकोमा
उत्तरोत्तर प्रगतिको शुभकामना
पस्कन पाउँदा
धेरै त मैले जानेको छैन कति कुरा
शुभकामना दिँदै गर्दा
सेतो कागजभरि
हृदयका भावना पस्केकी छु
सत्यतथ्य समाचारले
पार्ने प्रभावले नै गर्दा
समाज आज सशक्त
र परिवर्तनशील पाएकी छु
धेरै धेरै शुभकामना
चितवन पोष्ट तिमीलाई !
(भरतपुर–४, बेलचोक, चितवन)
Discussion about this post