भरतपुर । चितवन साहित्य परिषद्ले स्थापना गरेका विभन्न तीन वटा साहित्यिक पुरस्कारको लागि स्रष्टा चयन गरिएको छ ।
परिषद्ले यसवर्षको चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार आख्यानकार प्राज्ञ माया ठकुरी, चिसाप कृष्णकुमारी गुरूङ साहित्य पुरस्कार आख्यानकार मीनराज वसन्त र चिसाप कृष्ण कृष्णा साहित्य पुरस्कार आख्यानकार नानी विभुलाई अर्पण गर्ने जनाएको छ ।
परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा बसेको बैठकले वसन्तको ‘पिपिरी’ र विभुको ‘अनुक्रोश’ उपन्यासका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको १३७औँ जन्मजयन्तीको अवसर पारेर आगामी शनिबार विशेष साहित्यिक कार्यक्रम गरी पुरस्कार समर्पण गरिने परिषद्ले जनाएको छ ।
ती पुरस्कारको राशि जनही रू १५ हजार पैँतालीस र सम्मानपत्र रहेको परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिए ।
Discussion about this post