ADVERTISEMENT
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भरतपुरलाई उपमनपा बनाउने तयारी, फोटो केही गाविस सहमत, केही असहमत

by चितवन पोष्ट
२०७१ जेष्ठ २७, मंगलवार ०२:३३ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । भरतपुर नगरपालिकावरपरका तीन गाविसले यस नगरपालिकामा गाभिनका लागि लिखित सहमति जनाएका छन् । रत्ननगर नगरपालिकामा भने बछौली गाविसमात्र गाभिन तयार देखिएको छ ।
गीतानगर, मंगलपुर र फूलबारी गाविसले भरतपुर नगरपालिकामा गाभिने सहमति गरेको जिल्ला विकास समिति चितवनका प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले बताउनुभयो । त्यस्तै रत्ननगर नगरपालिकामा छिमेकी गाविस बछौली गाभिन तयार भएको उहाँको भनाइ छ । यी गाविसले जिल्ला विकास समितिमा सहमतिको पत्र बुझाएका छन् ।
रत्ननगर नगरपालिकालाई उपमहानगर बनाउने प्रस्तावका लागि बछौलीसहित पिठुवा र जुटपानी पनि गाभिन अनुरोध गर्दा यी दुई गाविसले सहमति दिएका छैनन् । यसअघि जिविसले दुई वटै नगरपालिकामा गाभिनका लागि छिमेकी ३÷३ वटा गाविसलाई अनुरोध गरेका थिए ।
हाल रु.नौ करोड बजेट रहेकोमा उपमनपा बनेपछि ३० करोड हुनेछ । विसं २०६८ सालमा नयाँ नगरका लागि खैरहनी र चित्रवन सिफारिस गरिएकोमा यस वर्षमात्र ती नगरपालिका घोषणा भएका छन् ।
सहमतिपत्र बुझाएपनि गाविसहरुले वडा नम्बर विभाजन भने आफूहरुले भनेअनुसार हुनुपर्ने बताएका छन् । गीतानगर गाविसको गत २२ गते बसेको पूर्ण बैठकले ३ वटा वडाको सिफारिस गरेको छ । वडा नम्बर १, २ र ३ लाई १ नम्बर, ४, ५ र ६ लाई २ नम्बर तथा ७, ८ र ९ लाई ३ नम्बर वडा बनाउनुपर्ने यस गाविसको माग छ ।
त्यस्तै फूलबारी गाविसले भने पुरै गाविसलाई एउटा वडा बनाउनुपर्ने माग अघि सारेको छ । त्यस्तै भरतपुर नगरपालिकासँग सिमाना जोडिएका कविलास, पदमपुर र केही दूरीमा रहेका शिवनगर र पटिहानी गाविसले गाभिने संकेत गरेको नगर प्रमुख नारायण सापकोटाले बताउनुभयो । गाविसहरुले स्थानीयस्तरमा जनतासँगको छलफलपछि उक्त सहमतिको चिठी जिविस चितवनमा पेश गरेका हुन् ।
यसअघि गीतनागर, मंगलपुर र फूलबारी फरक नगरपालिका बन्ने तयारीमा रहेपनि अन्ततः भरतपुर नगरपालिकासँग गाभिन तिनीहरु सहमत देखिएका छन् । जिल्ला विकास समितिले नगरपालिकामा गाभिन चाहनेको आवश्यक छलफलपछि मन्त्रालयमा सिफारिस गर्नेछ ।
निकट भविष्यमै उपमहानगरपालिका बन्ने तयारीका साथ अघि बढेको यस भरतपुर नगरपालिकामा अन्य गाविसले पनि समाहित हुने इच्छा देखाएको कार्यकारी अधिकृत नारायण सापकोटाले बताउनुभयो । नगरपालिकाले उपमहानगरपालिका हुनका लागि सम्पूर्ण पूर्वाधार तयार भएको जनाएको छ ।
विश्वविद्यालय, साक्षरता दर, आन्तरिक आय, विद्युतीकरणलगायतका सूचक आवश्यकभन्दा माथि रहेको प्रमुख सापकोटाले बताउनुभयो । हाल जिल्लामा भरतपुर, रत्ननगर, चित्रवन र खैरहनी नगरपालिका छन् । चित्रवन र खैरहनी एक महिनाअघिमात्रै नयाँ नगरपालिका घोषणा भएका हुन् । नयाँ नगरपालिकामा कार्यालय स्थापना र केही कामसमेत सुरु भइसकेको छ ।

Related Posts

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

Chitwan Post

माडीमा ७५ जना विद्यार्थीलाई झोला वितरण

माडीका युवाहरु पशुपालन व्यवसायमा अग्रसर

माडीका युवाहरु पशुपालन व्यवसायमा अग्रसर

Discussion about this post

अन‌ि यो पनि

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा
राजनीति

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा

रत्ननगर । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण उपसमितिको अध्यक्षमा विष्णु थापा चयन भएका...

Read more
गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन गरेँ : प्रधानमन्त्री

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

Chitwan Post

माडीमा ७५ जना विद्यार्थीलाई झोला वितरण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In