ADVERTISEMENT
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जिल्लाभरका बोर्डिङ बन्द

by चितवन पोष्ट
२०७१ जेष्ठ २७, मंगलवार ०२:३० गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । नेपाल इस्टुले तलव वृद्धिको मागमो सोमबार जिल्लाभरका बोर्डिङ विद्यालयहरु बन्द ग¥यो । जिल्ला शिक्षा कार्यालयले बन्द नगर्न निर्देशन दिए पनि त्यसलाई इस्टुले लत्याइदिएको छ ।
जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सार्वजनिक सूचना नै जारी गरेर विद्यालय बन्द नगर्न र भएका समस्या छलफलद्वारा समाधान गर्न आग्रह गरे पनि त्यसलाई संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुले तुहाइदिएका छन् ।
विद्यालय बन्द हुँदा सुनौलो भविष्य कोर्न लागेका लाखौं विद्यार्थीहरु मारमा परेका छन् । चर्को शुल्क बुझाउँदै आएका अभिभावकहरु विद्यालय बन्द हुँदा आफ्नो सन्तानको भविष्यमाथि ठूलो खेलवाड् भएको बताउँछन् ।
आफ्नो संगठन शिक्षकहरुको हकहितमा लागेको दावी गर्दै आएको इस्टु नेपालले बन्दको विरोध गरेको छ । उसले विद्यालय सञ्चालन गर्न आग्रह गर्दै नेपाल इस्टु वैधानिक नरहेको समेत दावी गर्छ ।
दुवै संगठनको भूमरीमा यतिबेला विद्यार्थी र अभिभावक परेका छन् । ‘दुवै संगठनमा राजनीति छिरेको छ, जसले जे मन लाग्छ, त्यही गर्छन् यहाँ, ती संगठनलाई आफूलाई राजनेता भन्नेहरुले चलाएका छन्’ एक अभिभावकले भने, ‘शिक्षामा राजनीति छिर्दा हामी मारमा प¥यौँ ।
नेपाल इस्टुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउँछन् । भोको पेटमा अर्कोको छोरोछोरीको भविष्य कसरी कोर्न सकिन्छ भन्ने जवाफ बन्द कर्ताहरुले दिएका छन् ।
शिक्षा नियमावली, २०५९ संशोधनसहितको नियम ८५ तथा नियम १३३ को उपनियम १ खण्ड (ञ) अनुसार उल्लेख गरिएको बाहेक विद्यालय सञ्चालन गर्नुपर्ने र बन्द गर्न नपाइने नियम छ । यस नियमलाई ख्याल नगरी बन्द गर्न मिल्दैन, वार्ताबाट समाधान गर्नुपर्छ भन्दै जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले वार्तामा बस्न आह्वान गर्नुभएको छ । माग पूरा नभएसम्म नेपाल इस्टुका अध्यक्ष विष्णुबहादुर भुजेलले बन्द जारी रहने बताउँछन् ।
नेपाल इस्टुका सहसचिव सागर अधिकारीले अधिकारीको कुरालाई स्वीकार्नु भएको छैन । सोमबार राति ७ः३० बज्दा उहाँले भन्नुभयो, ‘अहिलेसम्म वार्तामा बोलाएको छैन, अब आज (सोमबार) बोलाइएन, भोलि (आज मंगलबार) पनि बन्द यथावत् रहन्छ’ अधिकारीले चितवन पोष्टलाई भने ।
आइतबार प्याव्सनसँग वार्ता बसे पनि विनानिष्कर्ष टुङ्गिएको थियो । विद्यार्थीको शुल्क नबढाइ तलव वृद्धि गर्न नसक्ने प्याव्सनको धारणा छ । प्याव्सनलाई शुल्क वृद्धि गर्दा अभिभावकको विरोध आउने डर पनि छ । विगतमा भएको सहमतिसमेत कार्यान्वयन नभएको आरोप नेपाल इस्टुले लगाएको छ । गत सालको मंसिरदेखि वृद्धि भएको तलबभत्ता नपाएकोले बाध्य भएर आन्दोलन गर्नु परेको नेपाल इस्टुले बताएको छ ।
विद्यालय बन्द हुँदा चितवनका १५५ वटा विद्यालयका ७० हजार विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् ।

Related Posts

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In