भरतपुर । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) चितवन शाखाको आयोजनामा सोमबार भरतपुर चौबीसकोठीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ११ महिलासहित १०१ जनाले रक्तदान गरेका थिए ।
भरतपुर अस्पतालका वरिष्ठ ल्याब टेक्निसियन हरिबहादुर थापा प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन शर्मा, रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेल, मेलानका केन्द्रीय सदस्य सुरज अधिकारीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम मेलानका चितवन अध्यक्ष अष्टराम खागीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम संयोजक विश्वनाथ अधिकारी रहनुभएको थियो ।
Discussion about this post