भरतपुर । विश्व धुमपान रहित दिवस २०७१ को सन्दर्भ पारेर सुर्तीजन्य पदार्थको नियन्त्रणको सम्बन्धमा विभिन्न सरोकारवाला निकायले जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र पठाएका छन् ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि २०६८ मा लागू गरिएको ऐनको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागिसमेत ज्ञापनपत्रमा आग्रह गरिएको छ । ज्ञापनपत्र बुझाउने संस्थाहरुमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, नेपाल अर्बुद रोग निवारण संस्था, स्वास्थ्यअधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रण जिल्ला सञ्जाल चितवन र उपभोक्ताअधिकार संरक्षण मञ्च चितवन रहेका छन् ।
सुर्तीजन्य वस्तु नियन्त्रणका लागि आफूहरुले सरकारको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएको नेपाल अर्बुद रोग निवारण संस्था चितवनका अध्यक्ष दिनेशकुमार चुकेले बताउनुभयो ।
Discussion about this post