भरतपुर । नेकपा मालेले पनि उपनिर्वाचनको तयारी स्वरुप घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ ।
आगामी असार ८ गते हुने चितवन क्षेत्र नंं ४ को उपनिर्वाचनको प्रचारप्रसार अन्तर्गत सोमबार भनपा–९ मा घरदैलो कार्यक्रम गरेको छ । पार्टीका केन्द्रीय सदस्य भगवती घिमिरेको नेतृत्वमा रहेको टोलीले सो वडाको मिलनचोक र काँडाघारीमा घरदैलो कार्यक्रम गरेको थियो ।
घरदैलोपछि काँडाघारीमा आयोजित कोणसभामा केन्द्रीय सदस्य घिमिरेले आफ्ना उम्मेद्वार सिर्जना रुवालीलाई जिताउन आह्वान गर्नुभयो ।
जिल्लामा रहेका नेकपा मालेका अलावा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादीलगायत प्रमुख दलहरु यतिबेला निर्वाचन प्रचारको तीव्र अभियानमा छन् ।
Discussion about this post