बछौली । दलित अधिकारका बारेमा जानकारी गराउने उद्देश्यले पूर्वी चितवनको बछौलीमा दलित महिला सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ । दलित समुदायकै व्यवस्थापनमा बछौली गाविसले आयोजना गरेको सो कार्यक्रममा गाविसमा चार जना मुसहरसहित ३० जना महिलाहरुको सहभागिता रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गाविस सचिव तेजेन्द्रनाथ लामिछनेले दलित उत्थान र उनीहरुमा सचेतना जगाउने अभियानमा गाविस सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा दलित समुदायका अधिकार, स्थानीय निकायमा दलित समुदायको प्रतिनिधित्वका बारेमा अधिवक्ता गोपीलाल देवकोटाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम संयोजक गोविन्द विकको अध्यक्षतामा भएको सो कार्यक्रममा पारालिगल कमिटी बछौलीकी अध्यक्ष राममाया लामा, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासुदेव चापागाई, नेपाली काँग्रेसका केदारनाथ चापागाई, एनेकपा माओवादीका विनोद खनाल, मालेका बद्री रिजाल, राष्ट्रिय जनमोर्चाका दुर्गाप्रसाद घिमिरेलगायतले बोल्नुभएको थियो ।
Discussion about this post