रत्ननगर । रत्ननगर–६ मा रहेको मोहना उच्च माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । चितवन क्षेत्र नम्बर २ का सभासद् शेषनाथ अधिकारी प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा विद्यालयमा प्राचार्य दयाराम दाहालले विद्यालयका आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयलाई सहयोग पु¥याएको भन्दै चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष अशोक चौधरीलाई सम्मान तथा विद्यार्थीहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद वाग्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगर वडा नम्बर ६ लाई साक्षर वडा घोषणा गर्नुभएको थियो । सो अवसरमा वडा सचिव राजशरण न्यौपानेले साक्षर वडा कायान्वयनको लागि तयार पारिएको प्रतिबद्धतापत्र पढेर सुनाउनुभएको थियो ।
Discussion about this post