जुटपानी । पूर्वी चितवनको ग्रामीण क्षेत्रमा रहेको खोलेसिमल बजारमा प्रहरी बिटको आवश्यकता औँल्याइएको छ । सिद्धि विनायक आमाविमा रहेको स्काउट ट्रुप र जुनियर रेडक्रस सर्कलले सोमबार आयोजना गरेको लागूऔषध दुव्र्यसनी एवम् ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रमममा बोल्ने वक्ताहरुले सो कुरा औल्याएका हुन् ।
सामुदायिक सेवा केन्द्र रत्ननगर र इलाका प्रहरी कार्यालय रत्ननगरको संयोजनमा भएको कार्यक्रममा उनीहरुले खोलेसिमल बजारमा आधा दर्जन वित्तीय संस्था, करिब २ सय व्यापारिक पसल र विभिन्न संघसंस्था रहेकोले सुरक्षाको दृष्टिकोणले खोलेसिमल बजारमा प्रहरी बिटको आवश्यकता रहेको बताएका हुन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्की र सामुदायिक सेवा केन्द्रका भूपेन्द्र अधिकारीले स्थानीयले गरेको मागलाई मध्यनजर गरी खोलेसिमल बजारमा प्रहरी बिट राख्न प्रयत्न गर्ने बताएका थिए ।
कार्यक्रममा खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि भण्डारी, सिद्धि विनायक आमाविका प्रिन्सिपल विष्णुमणि लामिछाने, स्काउटर साजन थापामगर, शिक्षक नवराज बन्जरालगायतले बोल्नुभएको थियो ।
Discussion about this post