कविलास । जिल्ला विकास समिति स्थानीय कोषको आयोजनामा सोमबारदेखि कविलास गाविसस्तरीय पाँच दिने उद्घोषण तालिम सुरु भएको छ ।
गाविस क्षेत्रका बासिन्दालाई समाजमा आफ्नो कुरा निर्धक्कका साथ राख्न सक्ने बनाउने उद्देश्यका साथ उक्त तालिम सुरु गरिएको हो । सोमबार सुरु तालिमको उद्घाटन कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिले आफ्नो भनाइ राखेका थिए ।
गाविस सचिव प्रद्युम्न खड्का प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेपाली काँग्रेसका नैखसिंह गुरुङ, नेकपा एमालेका धनकीलाल गुरुङ, एनेकपा माओवादीका रामबहादुर थापामगर, नेकपा–माओवादीका केशव पौडेल, राष्ट्रिय जनमोर्चाका पदममणि पौडेललगायतले तालिमको बारेमा बोल्नुभएको थियो ।
नेत्र आचार्यले संचालन र लालमाया गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा राजनीतिक दल महिला सञ्जालकी लक्ष्मी राना, पारालिगलकी यममाया थापा र स्थानीय सहजकर्ता सरस्वती अधिकारीले आफ्ना भनाइ राख्नुभएको थियो । तालिममा नौ वटै वडाको प्रतिनिधित्व हुनेगरी सहभागी गराइएको छ ।
Discussion about this post