ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

तँ र म [आजको कविता]

–राजन पराजुली

by चितवन पोष्ट
२०७७ पुष ११, शनिबार ११:०० गते
in साहित्य
0
Chitwan Post
4
SHARES
Share on FacebookShare on Twitter

तँ र ममा कति धेरै फरक छ
तँ जन्मिँदा नै
स्वतन्त्रताको ट्याग भिरेर
पृथ्वीमा पाइला टेकिस्
अनि म
एउटा बन्द पिँजडाभित्र
थुनिएको चरोझैँ
पखेँटा काटिएको सुगाझैँ
औँसीमा लागेको जूनझैँ
अन्धविश्वासको जडले घेरिएको
एउटा कालो संसारमा
पाइला टेक्न आइपुगेँ ।

तँ जन्म लिँदा
तँलाई छुन आउने कयौँ भए
बधाईको ओइरो हजारौँपटक पाइस्
च्याँ… आवाजसँगै
तेरो जिन्दगी सुन्दर भैदियो
तँ आफैँमा पूर्ण भएर
निर्धक्क रून पाइस्
मेरो जन्म आफैँमा
एक रोग साबित भएर उत्पत्ति भैदियो
मलाई छुन हत्तपत्त कोही आएनन्
बधाईको ओइरो
हातमा गन्न सक्नेमा सीमित भयो
मेरो च्याँ… आवाजसँगै
जिन्दगी हीनताबोधको बाटोमा
हिँड्न सुरूवात भैदियो ।

तँ आफ्ना पाइला ढुक्कसँग
हरेकका दैलामा पु¥याउन पाउँछस्
तँलाई कसैले रोक्दैन छेक्दैन
तँ समाजमा ठूलो मान्छेको
दर्जाले चिनिन्छस्
म मेरा पाइला चाल्न पनि
त्यही तँलाई ठूलो दर्जा दिनेहरुको
आँखा हेर्नुपर्छ
कसैको घरभित्र होइन
आँगनमा पुग्न पनि अगाडि
थर बताउनुपर्ने हुन्छ
तँलाई ठूलो दर्जा दिनेहरुले
मलाई सानो दर्जाले चिनाउँछन् ।

तँलाई हरेक ठाउँमा आउँदा
ताली पिटिएला
तेरो भव्य स्वागत होला
हरेकसँग टाँसिएर पेट भर्न सक्लास्
मलाई तँलाईजस्तो स्वतन्त्रता दिइँदैन
हरेक ठाउँमा पाइला टेक्नुभन्दाअगाडि
मेरा खुट्टाहरु काम्छन
मेरो आगमनले
ताली होइन गाली पिटिन्छ
स्वागतमा बस्नेहरुले
मलाई परपर भन्दै खेद्छन् ।

तेरो घरमा खसीबोका काट्दा
रौसीको बोतल फुटाउँदा
ठूला दर्जाहरुले
पाटी नामकरण गरिदिन्छन्
मेरोमा राँगा, भैँसी
रौसीको बोतल सकाउँदा
सिनो खायो
जात देखायो भन्दै नाक खुम्च्याउँछन्
मबाट बनाइएको
जुत्ता, हँसिया, कोदालो
मबाट सिलाइएको
लुगा, कोट केही नगरी
पवित्र चोखो भएर तेरो घर छिर्छ
मैले तेरो घरको दैलीमा
टेकेँ भनेमात्रै पनि
तैँले सुनपानीले चोखो बनाउँछस् ।

तँसँग कुम ठोकेर
सँगै बस्दै गफ पेल्न आउनेहरु
कयौँ हुन्छन्
घरमा केही चाहियो भने
भित्र छिरेर झिक्दै लाने हुन्छन्
म तेरै ठाउँमा बसेर पनि
मेरो घरमा
कसैले पाइला टेक्दैनन्
टाढाबाट के छ भन्दै निस्किन्छन्
तेरो घरमा अइँचोपइँचो चल्छ
मेरोमा चल्दैन
तैँले दिएको पानी मस्तले पिउनेहरु
मैले दही दिएँ भने पनि नहेरी हिँड्छन् ।

तँ र ममा
रगत उस्तै छ
छाला उस्तै छ
नाक, मुख, हातखुट्टा, आँखा
लिङ्ग, शरीर अनि जन्म उस्तै छ
हरेक चीज उस्तै भए पनि
तँ र ममा कति धेरै फरक छ !

 

rajan2048.rp@gmail.com

Related Posts

Chitwan Post

नौ जना स्रष्टा सम्मानित हुने

बालसमयका विविध अनुभूति (ती दिनहरु)

बालसमयका विविध अनुभूति (ती दिनहरु)

मानवजीवनमा साहित्य (निबन्ध)

मानवजीवनमा साहित्य (निबन्ध)

Discussion about this post

अन‌ि यो पनि

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
प्रमुख समाचार

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

हेटौँडा । सत्तारुढ नेकपामा देखिएको विवाद केन्द्र हुँदै प्रदेश तहदेखि स्थानीय तहसम्म देखिएको छ । नेकपाको विवादको सुरुवाती चरणदेखि नै...

Read more
बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In