कठार । छात्रवृत्ति दिवसको अवसरमा पूर्वी चितवनको कठार–४ शान्तिबजारमा रहेकोराष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आइतबार छात्रवृत्ति तथा पोसाकवितरण गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयको वार्षिक कार्यक्रमअन्तर्गत छात्रवृत्ति वितरण गरिएको हो । पोसाक विभिन्न दाताको सहयोगमा वितरण गरिएको थियो । त्यस्तै विद्यालयमा अध्ययनरत ११४ जना विद्यार्थीलाई रु.६३ हजार रुपैयाँ बराबरको पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बाबुराम श्रेष्ठले जानकारी दिनुभयो ।
पोशाक काठमाडांै आइकन राउण्ड टेबल सेभेनको सहयोगमा तथा टाइ र बेल्ट दाता बोधराज पाण्डेको सहयोगमा वितरण गरिएको श्रेष्ठले बताउनुभयो । कार्यक्रमका प्रमुखअतिथि स्थानीय राजेन्द्रप्रसाद बुर्लाकाटीले छात्रवृत्ति र पोसाक वितरणगर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीराम सापकोटाको अध्यक्षतामा भएको थियो ।
यस्तै निम्न माध्यमिक विद्यालय रत्ननगर ३ वेल्सीले १७५ जना छात्रछात्रालाई छात्रवृत्तिबापत् पोसाक वितरण गरेको छ । विद्यालय व्यवस्थापक समितिका अध्यक्ष शिवप्रसाद ढकालको अध्यक्षता र शिक्षक अभिभावक संघका अध्यक्ष शम्भुभक्त थपलियाको प्रमुअ आतिथ्यतामा पोसाक वितरण कार्यक्रम सम्पन्न भएको हो ।
Discussion about this post