ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अविश्वासको डरले बसेन प्रदेश सभा : बागमती सरकार ‘धराप’मा

अमृत चिमरिया

by गोविन्द अर्याल
२०७७ पुष ७, मंगलवार १४:०९ गते
in प्रमुख समाचार, वाग्मती
0
अविश्वासको डरले बसेन प्रदेश सभा : बागमती सरकार ‘धराप’मा
10
SHARES
Share on FacebookShare on Twitter

हेटौंडा /  बागमतीमा प्रदेश सभाको वैठक लामो समय देखि बस्न सकेको छैन । गत साउन ८ गते देखि चल्न सकेको छैन। ८ गते प्रदेशसभा सचिवालयको छैटौं अधिवेशन अन्त्य भए पनि अहिलेसम्म संसद बैठक बस्न सकेको छैन । सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवादको प्रभाव प्रदेश तहमा समेत देखापरेको हो ।

बागमती प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य भए पनि अहिलेसम्म संसद् बैठक बस्न सकेको छैन । संसद चल्ने वित्तिकै नेकपाको किचलो संसदमा प्रवेश गर्ने डरले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदमा वैठक बोलाउन नसकेका नेकपाका एक सांसदले बताए । नेकपाको किचलो संसदमा बहस मात्रै नभई सरकारलाई नै अविश्वासको प्रस्ताव सम्म आउन सक्ने भन्दै मन्त्रिपरिषद् वैठकबाट प्रदेश प्रमुखलाई अधिवेशन आह्वानको घोषणा गर्न सकेको छैन । बागमती प्रदेशका एक मन्त्रीका अनुसार आन्तरिक विवाद कायमै रहेका कारण मुख्यमन्त्रीलाई आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव आउने डरले तत्काल बैठक नडाकेको देखिन्छ ।

नेकपा फुटे बागमती सरकार ढल्ने निश्चित
संसद भंग भए सँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदा प्रदेश सरकारको अंकगणित सुरु भईसकेको छ । नेकपा फुटेमा बागमती प्रदेश सरकार ढल्ने निश्चित देखिएको छ ।

संविधानको धारा १ सय ८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासका मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ। मुख्यमन्त्रीको प्रस्ताव बहुमतले पारित हुन नसकेमा आफ्नो पदबाट मुक्त हुने उपधारा ३ मा रहेको छ । यस्तै धारा १ सय ८८ को उपधारा ४ अनुसार एक चौथाइ सांसदले अविश्वासको प्रस्ताव पनि पेश गर्न सक्ने व्यवस्था छ । यसकारण पनि नेकपा विभाजन भए बागमती प्रदेश सरकार ढल्ने निश्चित देखिएको हो ।

डोरमणिको पक्षमा ३३ मात्रै सांसद
ओली निकट सांसदहरु बाहेक बागमती प्रदेश सरकारमा मुख्यमन्त्री डोरमणि पौडेललाई कसैको साथ छैन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफ्नै संसदीय दल भित्र अल्पमतमा देखिएका छन् । सत्तारुढ नेकपा बागमती प्रदेशको संसदीय दलमा रहेका ८० जना नेकपा सासंद मध्ये मुख्यमन्त्री डोरमणि पौडेललाई अहिले ३३ सांसदको मात्रै साथ छ । केपी ओली निकट सांसदहरुले मात्रै मुख्यमन्त्री पौडेललाई समर्थन गरेका छन् ।

तर केपी ओली निकट मानिने पुर्वमन्त्री केशव स्थापित पनि मुख्यमन्त्री डोरमणि पौडेलको विपक्षमा रहेका छन् । प्रचण्ड र माधव नेपाल पक्षमा बागमती संसदीय दलमा ४७ जना रहेको छ । नेकपाका प्रभावशाली मानिने नेताहरु स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाई लगायत मुख्यमन्त्री डोरमणि पौडेलको विपक्षमा रहेका छन् ।

यस्तै सरकारमै रहेका केन्द्रीय सदस्यहरु शालिकराम जम्मकट्टेल, अरुण नेपाल, युवराज दुलाल मुख्यमन्त्री पौडेल विरुद्धमै छन् । यस्तै सरकारमा रहेका केन्द्रीय सदस्यहरु कैलाश ढुंगेल, रामेश्वर फुँयाल भने मुख्यमन्त्री डोरमणि पौडेलको पक्षमा रहेका छन् ।

तत्कालिन एमालेमा संसदीय दलमा ओली पक्षका सांसदहरुको बहुमत भएपछि पौडेल मुख्यमन्त्री भएका थिए । पौडेल संग प्रतिष्पर्धामा थिईन एमाले नेतृ अष्टलक्ष्मी शाक्य । उनी माधव नेपाल पक्षबाट उम्मेद्वार बनेकी थिईन् । उक्त समयमा माओवादी संग सांगठनिक एकता नभएकोले एमाले भित्रै माधव नेपाल गुट र ओली गुटमा मात्रै प्रतिष्पर्धा भएको थियो । तर अहिले अवस्था फेरिएको छ ।

तत्कालिन एमाले भित्र रहेको ५८ मत मध्ये मुख्यमन्त्री डोरमणि पौडेललाई ३४ मत आएको थियो भने शाक्यलाई २४ मत आएको थियो । अहिले तत्कालिन माओवादी २२ मत र माधव नेपाल पक्षको २४ मत तथा मुख्यमन्त्री पौडेल संग चिडिएका केशव स्थापित सहित पौडेल इतरमा ४७ मत भएको हो ।

 

Related Posts

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप

इच्छाकामना र गढीलाई एउटै बाटोले जोड्दै गाउँपालिका

इच्छाकामना र गढीलाई एउटै बाटोले जोड्दै गाउँपालिका

भरतपुर महानगरको बजेट खर्चको स्थिति : मंसिर मसान्तसम्मको बजेट खर्च न्यून

हेलो सरकारमा महानगरका आठ उजुरी

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In