भरतपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु नेपाल) को आयोजनामा भएको शैक्षिक गोष्ठी शनिबार सकिएको छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको संस्थागत एवम् पेसागत विकासमा जोड दिने कार्यपत्र तयार पारी गोष्ठी सकिएको हो ।
नारायणगढमा शुक्रबारदेखि भएको ‘युनाइटेड फर क्वालिटी एजुकेसन’ विषयक गोष्ठीमा गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको शैक्षिक गुणस्तर उकास्न देशभरबाट सहभागी शिक्षक प्रतिनिधिहरुले समूहगत छलफल गर्दै सो प्रतिवेदन तयार पारेका हुन् । गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा युनियनबादलाई बाधकका रुपमा नभई साधकका रुपमा उपयोग गर्नेसमेत उनीहरुको निष्कर्ष रहेको छ ।
गोष्ठीमा भोला चालिसे, अन्जु गौतम, अम्विका ओली तथा मोतिराम फुँयालले विभिन्न विषयगत कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।
गोष्ठीबाट तयार पारिएको प्रतिवेदनलाई शिक्षकहरुको अन्तर्राष्ट्रिय संस्था एजुकेसन इन्टरनेसनल तथा नेपाल सरकारलाई बुझाइने इष्टु नेपालका अध्यक्ष मुकुन्द गौतमले बताए । कार्यपत्रलाई कार्यान्वयनका लागि शिक्षा दिवसको अवसर पारेर भदौ २३ गते देशका पाँच वटा विकास क्षेत्रमा अन्तरत्र्रिmया गर्ने इष्टु नेपालले तयारी गरेको छ ।
गोष्ठीमा देशैभरबाट ८० जना शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीको क्षेत्र नं २ बाट निर्वाचित सभासद शेषनाथ अधिकारीले उद्घाटन गरेका थिए ।
Discussion about this post