नारायणगढ । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष खिलाराज भण्डारीले शैक्षिक विकासका मुद्दाहरुलाई प्राथमिकतामा राखेर कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।
चितवनको नारायणगढमा आयोजना गरिएको दुई दिने ‘शैक्षिक सुधारका लागि सञ्चारकर्मीको भूमिका’ विषयक कार्यशाला गोष्ठीको समापन कार्यक्रममा उहाँले नेपालको शैक्षिक क्षेत्रलाई उचाईमा पु¥याउन पत्रकारहरुले भूमिका खेल्न आवश्यक रहेको बताउनुभयो ।
शैक्षिक विकास हुन सकेमात्र मुलुक समृद्ध हुने भन्दै उहाँले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहँुचमा ल्याउन मद्दत पुग्ने खालका सामग्रीहरुलाई समाचारको विषय बनाउन आग्रह गर्नुभयो । जिल्ला शिक्षा कार्यालयको सहयोगमा पत्रकार महासंघ चितवनले कार्यशालाको आयोजना गरेको हो । पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । पत्रकार नारायण सापकोटा, जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, पत्रकार प्रकाश सिलवालले सहजीकरण गर्नुभएको थियो ।
Discussion about this post